८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar नियमित पानी पर्न थालेपछि पहिचान गरिएका जोखिमयुक्त स्थान र विद्यालयहरुमा काठमाडौँ महानगरपालिकाको निगरानी News Polar वर्षाको जोखिमसँगै सरकारलाई सांसद श्रेष्ठको चेतावनीः ‘विपत्ति नआउँदै पूर्वतयारी गर’ News Polar विपद् प्रभावितको मर्यादा र गोपनीयता सम्मान गर्न मन्त्री वादीको आग्रह News Polar बाढी प्रभावित बालबालिकाको १८ वर्षसम्मको शिक्षा र स्वास्थ्यको जिम्मा सरकारले लिने News Polar संघीय संसद्को क्यान्टिन महँगो भएको सांसद भण्डारीको गुनासो News Polar एचपीभी खोपपछि बालिकाको स्वास्थ्यमा गम्भीर समस्या देखिएको भन्दै छानबिन र उपचार माग News Polar विपद्पछिको मानसिक स्वास्थ्य र राज्यको दायित्व News Polar अर्घाखाँचीमा ट्याक्टर ५०० मिटर तल खस्दा चालकको मृत्यु News Polar रास्वपा सांसदले सरकारलाई सोधिन्ः जेन–जी आन्दोलनमा पक्राउ परेकाहरु छोड्न कसको निर्णय कुरेको ? News Polar जेन–जी घाइते र शहीद परिवारको अवस्था सुधार्न सरकारसँग सांसद ढकालको माग News Polar प्रधानमन्त्री राहत कोषमा रु १५ अर्ब नाघ्यो News Polar घट्यो सुनचाँदीको मूल्य News Polar बैंकिङ क्षेत्रलाई ‘मुटु’ भन्दै संवेदनशील रूपमा व्यवहार गर्न सिबिफिन अध्यक्ष उपाध्यायको आग्रह News Polar आपत्कालीन हवाई उद्धारमा कानूनी जटिलता देखिनु दुःखद् : सांसद महता News Polar सरुवा–बढुवाको विकृतिः सभामुखमार्फत महामन्त्री आचार्यले मागे ‘नातागोताको सराप’बाट मुक्ति News Polar निवारण घोषणा भएको वर्षौं बित्दा पनि कुष्ठरोग प्रभावितमाथि विभेद कायमै News Polar पहाडी क्षेत्रमा पहिरोको उच्च जोखिमः ‘घर बाहिर ननिस्कनु मात्रै समाधान होइन, पूर्वसंकेत बुझ्न जरुरी’ News Polar भन्सार अधिकृतले सशस्त्र प्रहरी एसपीलाई धम्क्याएको अडियोबारे छानबिन गर्न सांसद संग्रौलाको माग News Polar भोटेकोशी बाढीपीडित क्षेत्रमा उद्धार तथा पुनःस्थापनाका लागि डुसान बोबक्याटद्वारा १० करोडभन्दा बढीका उपकरण सहयोग News Polar ओलीबिनाको एमाले किमार्थ सम्भव छैन : सूर्य थापा

नेपालले विश्व भोकमरी सूचाङ्कमा उल्लेख्य प्रगति गरेको छः कृषिमन्त्री परियार

नेपालले विश्व भोकमरी सूचाङ्कमा उल्लेख्य प्रगति गरेको छः कृषिमन्त्री परियार
अ+ अ-

काठमाडौँ । कृषि तथा पशुपंक्षी विकासमन्त्री डा. मदन परियारले नेपालले विश्व भोकमरी सूचाङ्कमा उल्लेख्य प्रगति गरेको बताउनुभएको छ ।

४५ औँ खाद्य दिवसको अवसरमा बिहीवार आयोजित कार्यक्रममा उहाँले यस्तो बताउनुभएको हो । पछिल्लो वर्षहरुमा नेपालले खाद्य सुरक्षा प्रवद्र्धनमा महत्वपूर्ण भुमिका निर्वाह गरिरहेको उहाँले बताउनु भयो । भोकमरी सूचाङ्कमा सन् २००० मा ३७ अंक प्राप्त गरेको नेपालले सन् २०२५ मा आईपुग्दा १४ दशमलव ८ अंक प्राप्त गरी उल्लेख्य सुधार गरेको उहाँले जानकारी दिनुभयो । अझैपनि नेपाल मध्यम जोखिमयुक्त मुलकमा रहेको उहाँको भनाई छ ।

हिमाली क्षेत्रमा रहेका जनतामा बढी खाद्य असुरक्षा रहेको उहाँले बताउनु भयो । हिमाली क्षेत्रमा खाद्यन्नको पहुँच वृद्धि गर्नसके अझ सुधार ल्याउन सकिने अवस्था रहेको उहाँको भनाई छ । उहाँले हाल वर्षभर खान नपुग्ने कृषक परिवारको संख्या करिव ५५ प्रतिशत रहेको बताउनु भयो । करिव ५८ प्रतिशत जनसंख्या कृषि पेशामा नै संलग्न भएपनि यस क्षेत्रमा भूमी तथा श्रमिकको उत्पादकत्व न्युन रहेको उहाँको भनाई छ । उहाँका अनुसार कृषि क्षेत्रले नेपालको अर्थतन्त्रमा करिव २५ प्रतिशत योगदान गरेको छ ।

उहाँले भन्नुभयो, ‘पछिल्लो वर्षहरुमा नेपालले खाद्य सुरक्षा प्रवद्र्धनमा महत्वपूर्ण भुमिका निर्वाह गरिरहेको छ । फलस्वरुप विगत २५ वर्षमा नेपालले विश्व भोकमरी सूचाङ्कमा उल्लेख्य प्रगति गरेको छ । सन् २००० मा ३७ अंक प्राप्त गरेको नेपालले सन् २०२५ मा आईपुग्दा १४ दशमलव ८ अंक प्राप्त गरी भोकमरी सूचाङ्कमा उल्लेख्य सुधार गरेको छ । तथापि अझैपनि नेपाल मध्यम जोखिमयुक्त मुलकमा रहेको छ । खासगरी हिमाली क्षेत्रमा जनतामा बढी खाद्य असुरक्षित जनसंख्या रहेको सन्दर्भमा खाद्यन्नको पहुँच वृद्धि गर्नसके सो मा सुधार ल्याउन सकिने अवस्था छ । नेपालको विद्यमान अवस्थालाई हेर्दा कृषि गणना २०७८ अनुसार नेपालमा किसान परिवारको संख्या ४९ लाख ३० हजार रहेकामध्ये वर्षभरि खान नपुग्ने कृषक परिवारको संख्या करिब ५५ प्रतिशत रहेको छ । कृषि क्षेत्रले नेपालको अर्थतन्त्रमा करिव २५ प्रतिशत योगदान गरेको भएतापनि करिब ५८ प्रतिशत जनसंख्या कृषि पेशामा नै संलग्न हुनुपर्ने अवस्थाले गर्दा यस क्षेत्रमा भुमी तथा श्रमिकको उत्पादकत्व असाध्यै न्युन रहेको छ ।’

उहाँले बसाईंसराई, अव्यवस्थित सहरीकरण लगायतका कारण खेतीयोग्य जमिनमा ह्रास आउने क्रम बढेको पनि बताउनु भयो ।