७ पुष २०८२, सोमबार
,
Latest
‘समयमै निर्वाचन हुनेमा नागरिक अगुवाहरुको आशंका’ ठूला आयोजनाले अझै गति लिन सकेनन् देशभर १० लाख १६ हजार बढी मतदाता थपिए, ११४ दलले प्रतिनिधि सभा निर्वाचनमा प्रतिष्पर्धा गर्ने विदेशमा रहेका नेपाली नागरिक र अन्तरजिल्ला मतदानको व्यवस्था गर्न चार वटा ऐन संशोधन हुँदै अमेरिकामा भएको नेपाली गायन र नृत्य प्रतियोगितामा आर्या र खुसी विजयी मनाइयो ७०औँ बार स्थापना दिवस हायु हत्या प्रकरणः दुई जनाको हत्या भएको पुष्टि, दुई जना पक्राउ प्रतिनिधिसभा निर्वाचनबारे निर्वाचन आयोगसहित दल र नागरिक प्रतिनिधिसँग छलफलमा सरकार म्याग्दीमा ‘कालाहारी बोयर’ जातको बाख्रा भित्रियो नबिल बैंकले चीनमा त्रिशूली जलविद्युत्सम्बन्धी मुद्दा जित्यो
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपालले विश्व भोकमरी सूचाङ्कमा उल्लेख्य प्रगति गरेको छः कृषिमन्त्री परियार



अ+ अ-

काठमाडौँ । कृषि तथा पशुपंक्षी विकासमन्त्री डा. मदन परियारले नेपालले विश्व भोकमरी सूचाङ्कमा उल्लेख्य प्रगति गरेको बताउनुभएको छ ।

४५ औँ खाद्य दिवसको अवसरमा बिहीवार आयोजित कार्यक्रममा उहाँले यस्तो बताउनुभएको हो । पछिल्लो वर्षहरुमा नेपालले खाद्य सुरक्षा प्रवद्र्धनमा महत्वपूर्ण भुमिका निर्वाह गरिरहेको उहाँले बताउनु भयो । भोकमरी सूचाङ्कमा सन् २००० मा ३७ अंक प्राप्त गरेको नेपालले सन् २०२५ मा आईपुग्दा १४ दशमलव ८ अंक प्राप्त गरी उल्लेख्य सुधार गरेको उहाँले जानकारी दिनुभयो । अझैपनि नेपाल मध्यम जोखिमयुक्त मुलकमा रहेको उहाँको भनाई छ ।

हिमाली क्षेत्रमा रहेका जनतामा बढी खाद्य असुरक्षा रहेको उहाँले बताउनु भयो । हिमाली क्षेत्रमा खाद्यन्नको पहुँच वृद्धि गर्नसके अझ सुधार ल्याउन सकिने अवस्था रहेको उहाँको भनाई छ । उहाँले हाल वर्षभर खान नपुग्ने कृषक परिवारको संख्या करिव ५५ प्रतिशत रहेको बताउनु भयो । करिव ५८ प्रतिशत जनसंख्या कृषि पेशामा नै संलग्न भएपनि यस क्षेत्रमा भूमी तथा श्रमिकको उत्पादकत्व न्युन रहेको उहाँको भनाई छ । उहाँका अनुसार कृषि क्षेत्रले नेपालको अर्थतन्त्रमा करिव २५ प्रतिशत योगदान गरेको छ ।

उहाँले भन्नुभयो, ‘पछिल्लो वर्षहरुमा नेपालले खाद्य सुरक्षा प्रवद्र्धनमा महत्वपूर्ण भुमिका निर्वाह गरिरहेको छ । फलस्वरुप विगत २५ वर्षमा नेपालले विश्व भोकमरी सूचाङ्कमा उल्लेख्य प्रगति गरेको छ । सन् २००० मा ३७ अंक प्राप्त गरेको नेपालले सन् २०२५ मा आईपुग्दा १४ दशमलव ८ अंक प्राप्त गरी भोकमरी सूचाङ्कमा उल्लेख्य सुधार गरेको छ । तथापि अझैपनि नेपाल मध्यम जोखिमयुक्त मुलकमा रहेको छ । खासगरी हिमाली क्षेत्रमा जनतामा बढी खाद्य असुरक्षित जनसंख्या रहेको सन्दर्भमा खाद्यन्नको पहुँच वृद्धि गर्नसके सो मा सुधार ल्याउन सकिने अवस्था छ । नेपालको विद्यमान अवस्थालाई हेर्दा कृषि गणना २०७८ अनुसार नेपालमा किसान परिवारको संख्या ४९ लाख ३० हजार रहेकामध्ये वर्षभरि खान नपुग्ने कृषक परिवारको संख्या करिब ५५ प्रतिशत रहेको छ । कृषि क्षेत्रले नेपालको अर्थतन्त्रमा करिव २५ प्रतिशत योगदान गरेको भएतापनि करिब ५८ प्रतिशत जनसंख्या कृषि पेशामा नै संलग्न हुनुपर्ने अवस्थाले गर्दा यस क्षेत्रमा भुमी तथा श्रमिकको उत्पादकत्व असाध्यै न्युन रहेको छ ।’

उहाँले बसाईंसराई, अव्यवस्थित सहरीकरण लगायतका कारण खेतीयोग्य जमिनमा ह्रास आउने क्रम बढेको पनि बताउनु भयो ।