२० मंसिर २०८२, शनिबार
,
Latest
सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ हेटौँडा मुख्य सडक विस्तारका लागि भौतिक संरचना भत्काउन सुरु ज्यान जोखिममा राखेर विद्यालय पुग्छन् ढेबुवाका विद्यार्थी, सुनकोशीमा ‘रबरबोट’ को सहारा एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्सबीच प्रतिस्पर्धा बजार अनुमगनमा विभाग थप सक्रिय कान्ति राजमार्ग मर्मतका लागि आजदेखि बन्द हुने एनपिएल : आज दुई खेल हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

जनस्वराज पार्टी मधेस प्रदेशमा तटस्थ बस्ने



अ+ अ-

जनस्वराज पार्टी मधेस प्रदेशमा तत्काल तटस्थ बस्ने भएको छ ।

जनमत पार्टी छोडेर नवगठित जनस्वराज पार्टीमा लाग्नुभएका मधेस प्रदेशका निःवर्तमान मुख्यमन्त्री सतिशकुमार सिंहले तत्काल तटस्थ बस्ने बताउनुभएको हो ।

जनकपुरधाममा पत्रकार सम्मेलनको आयोजना गरेर निःवर्तमान मुख्यमन्त्री सिंहले अहिले आफ्नो दल तटस्थमा बस्ने जानकारी दिनुभयो । अहिले सनाखत पक्रिया चलिरहेको समयमा कुनै एक पक्षलाई समर्थन दिने पक्षमा आफूहरु नरहेको बताउनु भयो ।

सिंहले आफूहरु अहिले तत्काल कुनै पक्षमा नरहेपनि रचनात्मक भुमिका खेल्ने कुनैपनि पक्षलाई समर्थन जनाउन आफूहरु तयार रहेको बताउनु भयो । साथै आफ्नो कार्यकालमा भएका कामहरुको फेहरिस्त सुनउँदै युवाहरुमा देखिएको आक्रोश र उनीहरुको अपेक्षा पूरा गर्नतर्फ सरकार लाग्नुपर्ने सुझाव समेत दिनुभयो ।

निःवर्तमान मुख्यमन्त्री सिंहसँगै प्रदेश सभा सदस्य त्रिभूवन साहले जनस्वराज पार्टीको पक्षमा बुधवार सनाखत गराउनुभएको थियो ।