२० मंसिर २०८२, शनिबार
,
Latest
दाङको लमही बजारमा दिनदहाडै सुनचाँदी पसलमा गोली प्रहार पोखराविरुद्ध टस जितेर चितवन ब्याटिङमा दोहा फोरम: वैश्विक चुनौतीको सामना गर्न संवादको मञ्च टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै विपद्मा दमकल र एम्बुलेन्ससँगै परिचालन हुने व्यवस्था गरेका छौंः चिरिबाबु महर्जन सुदूरपश्चिममाथि सानदार जितका साथ विराटनगरले पहिलो क्वालिफायर खेल्ने नेपालको साना तथा मझौला व्यवसायमा चिनियाँ चासोः दुईपक्षीय व्यापार प्रवर्द्धनमा सहकार्य गर्न इच्छुक निर्माण व्यवसायी महासंघद्वारा एफक्यान रोड रेस आयोजना, धावकहरूको उत्साहजनक सहभागिता सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

समाजवादी मोर्चाबीचको एकता यथाशीघ्र हुन्छः संयोजक दाहाल



अ+ अ-

चितवन । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सामाजवादी मोर्चाको बीचमा यथाशीघ्र एकता हुने बताउनुभएको छ । आज यहाँ आयोजित कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले समाजवादी मोर्चामा रहेका दलहरूका बीचमा एकताको प्रक्रिया अन्तिम चरणमा पुगेको जानकारी दिनुभयो ।

संयोजक दाहालले भन्नुभयो, “यस पटक धेरै वामपन्थी पार्टीहरूका बीचमा एकता समाजवादी मोर्चाबाट सुरु गर्छौ”, सबै वामपन्थी दललाई एक ठाउँमा ल्याएर अघि बढ्ने योजनाका साथ आफूहरू अघि बढेका छौँ ।” सामाजवादी मोर्चामा रहेका दलहरूबीच एकता केही दिनमा हुने भन्दै उहाँले यो एकताले राजनीतिक दलहरूको ध्रुवीकरणको सुरुआत गर्दै राजनीतिक शक्ति सञ्चय गरी समाजवादी क्रान्तिको सुरुआत गर्ने विश्वास व्यक्त गर्नुभयो । पार्टी एकता एमालेसम्म पुगेर रोकिने उहाँको भनाइ छ ।

संयोजक दाहालले पछिल्लो समय सामाजिक सञ्जालमार्फत सङ्गठित भएको युवाको आन्दोलनलाई ‘नयाँ राजनीतिक चेतना’को सङ्केतका रूपमा लिँदै यसले विगतदेखि उठाउँदै आएका माओवादीका मागहरूसँग मेल खाने धारणा राख्नुभयो । उहाँले भन्नुभयो, “युवाहरूले भ्रष्टाचार विरोधी माग उठाएका छन् । अहिलेको पुस्ताले भ्रष्टाचार अन्त्य र सुशासनको मार्ग खोज्नु गौरवको विषय हो ।”