२२ असार २०८३, सोमबार
,
Latest
ज्येष्ठ नागरिक–दिवा सेवा केन्द्रलाई थप व्यवस्थित गर्छौँ : मन्त्री वादी देउवा समूहले वीपी स्मृति दिवस छुट्टै मनाउने तनहुँका दुई स्थानीय तहको बजेट पारित बालबालिकालाई दण्ड होइन, सुधार, शिक्षा, सीप र सकारात्मक व्यवहार आवश्यक बैतडीमा घर भत्किँदा तीन जना घाइते रास्वपाले बनायो २८ केन्द्रीय विभाग, मनोनयन हुन बाँकी विज्ञान र प्रविधिका क्षेत्रमा नयाँ कार्यक्रम तय हुँदैछ : मन्त्री पुन नेपाल विशेष सेवा ऐन, २९४२ को साविकको व्यवस्था जगाउने सम्बन्धि विधेयक, २०८३ प्रतिनिधि सभामा पेश गृहमन्त्री गुरुङ झापाको सीमा सुरक्षा र हात्ती प्रभावित क्षेत्रमा रास्वपासँग निकटताबारे प्रश्न गर्नेलाई बाबुरामको जवाफ: ‘म विकास र समृद्धिकै खोजीमा छु’
तपाईं के खोज्दै हुनुहुन्छ ?

मलाइका अरोरासँगको सम्बन्धलाई लिएर अर्जुन कपुरले तोडे मौनता



अ+ अ-

अर्जुन कपुर र मलाइका अरोरा लभ बर्ड हुन् । सुरुमा दुवैले आफ्नो प्रेमलाई संसारसँग धेरै लुकाए तर अहिले दुवैले एकअर्काको प्रेम सबैका अगाडि व्यक्त गर्न हिचकिचाउँदैनन् । मलाइका अर्जुनभन्दा १२ वर्ष जेठी छिन् । जसका कारण अर्जुन कपुर प्रायः ट्रोलिङको सिकार हुने गरेका छन् । विशेषगरी जब माल्दिभ्सदेखि गोवासम्म दुवैको छुट्टी मनाउने तस्बिरहरू सार्वजनिक हुन्छन्। अब अर्जुन कपुरले पहिलो पटक यस विषयमा मौनता तोडेका छन् । उनले भनेका छन् कि उनलाई मानिसहरूले के भन्छन् (उमेर अन्तर) भन्ने कुराले कुनै फरक पार्दैन। उनी भन्छन्, “जबसम्म मानिसहरूले मेरो कामलाई ध्यान दिइरहेका छन्, अरू सबै हल्ला मात्रै हुन्।”

‘त्यस्ता टिप्पणी झुटो हुन्, केही फरक पर्दैन’

अर्जुन कपुर ३६ वर्षका भइसकेका छन् । जबकि मलाइका अरोरा ४८ वर्षकी छिन् । मलाइका कुनै समय अरबाज खानकी श्रीमती थिइन् तर दुवैको सम्बन्धविच्छेद भएको थियो । यो सम्बन्धविच्छेदको एउटा कारण उनको अर्जुन कपुरसँगको बढ्दो निकटता रहेको मानिन्छ । अर्जुन भन्छन्, “सबैभन्दा पहिले मलाई लाग्छ कि मिडियाले मानिसको कमेन्टमा ध्यान दिन्छ। हामीले ९० प्रतिशत कमेन्टमा पनि ध्यान दिदैनौँ। त्यसैले ट्रोलिङलाई धेरै महत्त्व दिनु पर्दैन किनकि तीमध्ये अधिकांश फेक हुन्छन्।”

‘यो मेरो व्यक्तिगत जीवन हो’

अर्जुनका अनुसार सत्य के हो भने ट्रोल गर्ने मानिसमध्ये सबैले सेल्फी लिन मात्र उनलाई भेट्न खोज्छन् त्यसैले यस्ता कुरामा विश्वास गर्न सकिँदैन । अर्जुन भन्छन्, “व्यक्तिगत जीवनमा के गर्छु त्यो मेरो व्यक्तिगत कुरा हो र यो मेरो विशेषाधिकार हो। जबसम्म मानिसहरूले मेरो कामलाई ध्यान दिइरहेका छन्, अरू सबै हल्ला मात्र हो।”

प्रेममा उमेरको केटाकेटी कुरा

अर्जुनले भने, “तपाईं यी कुराबाट विचलित हुन सक्नुहुन्न । चाहे कोही उमेरको कुरा होस् वा अरू केही। हामी आफ्नो जीवन मात्र बाँच्दछौँ र अरूलाई बाँच्न दिन्छौँ। कसैको सम्बन्धमा उमेरको भिन्नता हेरेर बस्नु एकदमै केटाकेटी कुरा हो जस्तो लाग्छ।”

एकअर्कालाई पाँच वर्षदेखि डेट

अर्जुन कपुर र मलाइका अरोरा विगत पाँच वर्षदेखि रिलेशनशिपमा छन् । दुबैले हालै इन्स्टाग्राममा समुद्र तटमा छुट्टी मनाएका तस्विर शेयर गरेका छन् । साथै फ्यानहरुलाई नयाँ वर्षको शुभकामना पनि दिएका छन् । अर्जुन कपुरले यसअघि आफ्नो एक अन्तर्वार्तामा प्रेम सम्बन्धका बारेमा कुरा गरेका थिए । उनले बुबा बोनी कपुर र आमा मोना शौरीको सम्बन्धका बारेमा कुरा गरेका थिए । अर्जुनले आफ्नो बुबाको श्रीदेवीसँगको दोस्रो विवाहका बारेमा भनेका थिए कि त्यो समयमा आफ्नो परिवारमा के भयो वा बोनी कपूरले आमालाई छोडेर गएको कुरालाई उनले कहिल्यै ‘राम्रो’ वा ‘ठीक’ भन्न सक्दैनन्।

‘प्रेम एकपटक मात्रै हुनुपर्छ भन्ने छैन’

एक अन्तर्वार्तामा अर्जुनले ‘प्रेम’को बारेमा कुरा गर्दै भनेका थिए, “म मेरो बुबालाई जीवनमा फेरि प्रेममा परेकोमा सम्मान गर्छु । तर प्रेम धेरै जटिल छ। आज २०२१ मा यहाँ बसेर मान्छेलाई एकपटक मात्रै माया गर्छ भनौँ भने हामी मूर्ख हुनेछौँ। यो बलिउडको कुरा हो । वास्तवमा प्रेम धेरै जटिल छ। प्रेमको अर्थ सधैँ प्रेममा पर्नु होइन। प्रेम भनेको अनुकूलता, मित्रता, संतृप्ति हो। प्रेममा परेका मानिसहरु विभिन्न चरणबाट गुज्रिरहेका हुन्छन् । हुनसक्छ तपाइँ कसैलाई माया गर्नुहुन्छ र त्यसपछि तपाइँ कुनै अर्को दिन अरू कसैलाई माया गर्नुहुन्छ। यसलाई बुझ्न आवश्यक छ।”