१५ आश्विन २०८३, बिहीबार Thursday, October 1, 2026
१५ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar राईको सरकारलाई प्रश्न–‘सुशासन नारामै सीमित, जनताका मुद्दामा परिणाम खोइ?’ News Polar दूध ट्याङ्कर दुर्घटनाः सहचालकको मृत्यु News Polar कृषिको व्यावसायिकताका माध्यमबाट समृद्धिको लक्ष्यमा मकवानपुरको बकैया News Polar  प्रधानमन्त्रीज्यू, संसद् तपाईंको अनुकूलतामा चल्ने संस्था होइन News Polar धानखेती भरपर्दो नहुँदा किसान अन्योलमा News Polar प्रधानमन्त्री शाहसँग अष्ट्रेलियाका राजदूत अर्न्स्टको शिष्टाचार भेट News Polar गल्छी–बेत्रावती सडकको ट्रयाक खुल्यो, बेलिब्रिज जडानको तयारी News Polar दूरसञ्चार सेवाको गुणस्तर सुधार्न मन्त्री तिमिल्सिनाको निर्देशन News Polar कांग्रेस नेता आङदेम्बेको टिप्पणी : ‘बलियो जनमत पाए पनि सरकारको शासन सञ्चालन कमजोर’ News Polar काँग्रेस विरोधी गतिविधिमा लाग्नेलाई अनुशासन समितिले कारबाही गर्ने News Polar २० वर्षदेखि थन्किएका संक्रमणकालीन न्यायका फाइल तत्काल अघि बढाउन सांसद बास्कोटाको माग News Polar नियुक्ति प्रक्रियामा ढिलाइ र निमित्तको निरन्तरतामाथि एमाले सांसद सिद्धिकीको प्रश्न News Polar सुनचाँदीको मूल्य बिहीबार पनि स्थिर News Polar सङ्घीय संसद्‌का दुवै सदनको चालु अधिवेशन असोज १६ गते मध्यरातिदेखि अन्त्य News Polar महाधिवेशन निर्वाचनपछि पार्टीविरोधी गतिविधि गर्नेलाई कारबाही गर्ने कांग्रेसको चेतावनी News Polar नेपाली रुपैयाँका लागि छुट्टै मुद्रा चिह्न बनाउन विपिन आचार्यको माग News Polar सङ्घीय निजामती सेवा विधेयक संसद्‌मा दर्ता News Polar संघीय निजामती सेवा विधेयक संसद्मा, प्रशासन सुधारको बलियो आधार बन्ने मन्त्रीको विश्वास News Polar सभामुखले बोल्न समय दिएपछि सांसद राईको छोटो जवाफ– ‘कुरा त्यही हो हजुर’ News Polar स्वदेशमै उत्पादित रासायनिक मलको खरिद सुनिश्चित गर्न अध्ययन कार्यदल गठन

अस्ट्रेलिया गएका हजारौ नेपाली विद्यार्थी समस्यामा

अस्ट्रेलिया गएका हजारौ नेपाली विद्यार्थी समस्यामा
अ अ+ अ-

काठमाडौं । अध्ययनका लागि अस्ट्रेलिया गएको एक वर्ष नपुगेका करिब आठ हजार नेपाली विद्यार्थी समस्यामा पर्ने देखिएका छन् । कोरोना भाइरसको महामारी चलिरहेका वेला यस्ता विद्यार्थीलाई अस्ट्रेलियन सरकारले कुनै राहत नदिने बताएको छ । एक वर्षभन्दा बढी भएका विद्यार्थीका लागि भने प्याकेजको घोषणा गरिसकेको छ ।

अस्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनले आफ्ना नागरिकलाई बढी प्राथमिकता दिनुपर्ने भएकाले एक वर्ष नपुगेका विदेशी विद्यार्थीलाई सरकारले हेर्न नसक्ने बताएका छन् । यस्तो अवस्थामा अप्ठ्यारो महसुस गर्ने विद्यार्थीलाई स्वदेश फर्कन उनले आह्वान गरेका छन् । अस्ट्रेलियन प्रधानमन्त्रीको यस्तो घोषणाले काम गरेर अध्ययनखर्च जुटाउने उद्देश्यसहित त्यहाँ पुगेका विद्यार्थी समस्यामा पर्ने देखिएका छन् । अस्ट्रेलियामा एक वर्ष नपुगेका करिब आठ हजार नेपाली विद्यार्थी रहेको अनुमान गरिएको छ । शिक्षा मन्त्रालयका अनुसार ०७६ वैशाखयता अस्ट्रेलिया अध्ययनका लागि १६ हजार सात सय ६८ ले नो अब्जेक्सन लेटर लगेका छन् । ०७० साउनयता एक लाख ३४ हजार तीन सय ८४ विद्यार्थीले अस्ट्रेलिया अध्ययनका लागि एनओसी लगेका छन् । सबैभन्दा धेरै ०७५ मा ४१ हजार चार सय ८० विद्यार्थीले एनओसी लगेका थिए । अस्ट्रेलियास्थित नेपाली राजदूतावासले समस्यामा परेका विद्यार्थीलाई सहयोग गर्न ‘इमर्जेन्सी रजिस्ट्रेसन फर्म’ भराउन सुरु गरेको छ ।

विदेशी विद्यार्थीका सम्बन्धमा अस्ट्रेलियन सरकारको नीतिले नेपाली विद्यार्थीमा कस्तो असर गर्छ भन्ने विषयमा अध्ययन गरी आवश्यक निर्णय लिन शिक्षा मन्त्रालयले सहसचिव रामशरण सापकोटाको संयोजकत्वमा कमिटी बनाएको छ । ‘अस्ट्रेलियन प्रधानमन्त्रीले एक वर्ष नपुगेका विद्यार्थीलाई अप्ठ्यारो परेमा आफ्नो देश फर्कन सक्ने भन्नुभएको छ, एक वर्ष नपुगेका कति छन्, के प्रभाव पर्छ र मन्त्रालयले के निर्णय लिनुपर्छ भनेर कमिटी बनाएका छौँ,’ शिक्षासचिव महेशप्रसाद दाहालले भने ।

कमिटीलाई समस्याको विश्लेषण गर्ने, शैक्षिक परामर्श व्यवसायी संस्थाका पदाधिकारीसँग छलफल गर्ने र आवश्यक निर्णय लिन जिम्मेवारी दिइएको उनले बताए । अस्ट्रेलियाका कुन विश्वविद्यालयरकलेजमा कति नेपाली विद्यार्थी गएका छन् भन्ने विवरण पनि कमिटीले तयार गर्नेछ ।

नेपाली विद्यार्थीले एक वर्षका लागि खान, बस्न, ट्युसन फीलगायतका खर्चको सुनिश्चितता गरेर जाने भएकाले अस्ट्रेलियन सरकारले एक वर्ष पुगेका विद्यार्थीलाई मात्रै सहयोग हुने निर्णय गरेको सचिव दाहालले बताए । मन्त्रालयले अस्ट्रेलियास्थित नेपाली राजदूतावासबाट पनि ‘अपडेट’ मागेको छ । त्यस्तै, एनआरएन र विद्यार्थी संगठनहरूसँग पनि सहयोग लिन पहल भइरहेको सचिव दाहालले बताए ।

मन्त्रालयका सहसचिव तथा अध्ययन कमिटीका संयोजक रामशरण सापकोटाले कन्सल्टेन्सीलगायत सरोकारवालाहरूसँग सहयोग लिएर काम गर्ने बताए । नेपाल शैक्षिक परामर्श संघ ९इक्यान०का अध्यक्ष प्रकाश पाण्डेले अस्ट्रेलियामा खान नपाएर मर्ने स्थिति नभएको बताए । आफूहरूले पनि सक्ने सहयोग गर्ने उनको भनाइ छ ।
एसोसिएसन अफ अस्ट्रेलियन एजुकेसन रिप्रिजेन्टेटिभ्स इन नेपाल ९ऐरी नेपाल०का अध्यक्ष द्विराज शर्मा विद्यार्थीले जाँदा एक वर्षमा लाग्ने शुल्कको प्रतिबद्धता लिएर गएकाले सम्भवतः समस्या नहुने बताए । खान नपाउने समस्या भएमा समाधानका लागि आफूहरूले समेत पहल गर्ने उनले बताए ।

एक वर्ष पुगेकालाई यस्तो छ राहत

अस्ट्रेलिया आएको एक वर्ष पुगेका नेपाली विद्यार्थीका लागि भने सरकारले राहतको प्याकेज ल्याएको छ । विद्यार्थीको कर जम्मा भएको सुपर एनुयसन (नेपालको सञ्चय कोषजस्तै) बाट १० हजार डलरसम्म निकाल्न पाउने निर्णय अस्ट्रेलियन सरकारले गरेको छ । भाडामा बसेका विद्यार्थीलाई भाडा नतिरेको भन्दै निकाल्न नपाउने, सुपरमार्केटमा जति समय पनि काम गर्न पाउने, नर्सिङ अध्ययन गरेकालाई वृद्धाश्रम र घर हेरचाहमा काम गर्न पाउने निर्णय पनि भएको छ । त्यस्तै, भिसाको कन्डिसनअनुसार रकम तिर्न ढिलाइ भए पनि भिसा रद्द नहुने, भिसा अवधि बढाउन समस्या नहुने, कलेज जान नसके घरबाटै अनलाइन कक्षा लिन सक्ने, कुनै कलेजले पढाउन नसकेमा र विद्यार्थीले रकम फिर्ता चाहेमा दिने निर्णय सरकारले गरेको छ ।, समाचार नयाँ पत्रिका दैनिकमा प्रकाशित छ ।