२० मंसिर २०८२, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

युएईविरुद्ध नेपालले पहिले ब्याटिङ गर्ने



अ+ अ-

काठमाडौँ । आईसीसी टी–२० विश्वकप एसिया एण्ड इएपी छनोट अन्तर्गत सुपर सिक्सको पहिलो खेलमा नेपालले युएईविरुद्ध टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ ।

ओमानको अल अमारत ग्राण्ड मैदानमा हुने खेल नेपाली समयअनुसार साँझ सवा ४ बजे सुरु हुनेछ ।

नेपालले यसअघि समूह चरणमा जापानविरुद्ध खेलेको टोलीमै विश्वास कायम राखेको छ । युएईविरुद्ध पनि सोही ११ खेलाडी मैदान उत्रने छन् ।

सुपर सिक्स चरणको यो खेल नेपालको विश्वकप यात्रा निर्धारणमा महत्वपूर्ण मानिएको छ ।