२१ मंसिर २०८२, आईतवार
,
Latest
गृहमन्त्री अर्यालद्वारा निर्माणाधीन संसद् भवनको निरीक्षण संसद सचिवालयको पदाधिकारी नियुक्तिमा खुला बहस आवश्यक छः सभामुख घिमिरे कर्णालीद्वारा जनकपुरसामु १३० रनको लक्ष्य प्रस्तुत पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा भ्रष्टाचारः ५५ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर (पूर्णपाठ) सरकारले लोकप्रिय हुने नाममा अनुचित ढंगले खर्च कटौति गर्योः उपसभामुख राना कार्यकारी अध्यक्ष झा र क्युएनए अधिकारीबीच भेटवार्ता १०२ वटा दल एक्लाएक्लै निर्वाचनमा जाने जेन–जी आन्दोलनका हिंसात्मक घटना इतिहासकै दुःखद्: पूर्वराष्ट्रपति भण्डारी घोषित मितिमै निर्वाचन सम्पन्न गर्न प्रधानमन्त्री कार्कीलाई पूर्वराष्ट्रपति भण्डारीको आग्रह कांग्रेस केन्द्रीय निर्वाचन समिति सदस्यमा अधिकारी र कटुवाल मनोनित
तपाईं के खोज्दै हुनुहुन्छ ?

युवामैत्री काँग्रेस निर्माण गर्न माग गर्दै काँग्रेस मुख्यालयमा युवाहरुको धर्ना



अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसको विद्यार्थी संगठन नेपाल विद्यार्थी संघले युवामैत्री काँग्रेस निर्माण गर्न माग गर्दै पार्टी कार्यालयमा धर्ना दिएका छन् ।

शनिवार बिहान पार्टी केन्द्रिय कार्यालय सानेपामा नेविसंघका केही सदस्यहरुले युवामैत्री काँग्रेसको माग गर्दै धर्ना दिएका हुन् । उनीहरुले पार्टी एकता आजको आवश्यकता, हरेक पदमा ४० प्रतिशत युवा सुनिश्चित गर, परिमार्जन बिनाको महाधिवेशन अमान्य, नेपाली काँग्रेसको विधान परिवर्तन गर, युवालाई क्रियाशिल विधान संशोधन अनि मात्र अधिवेशन, कि सरकार कि पार्टी, एक व्यक्ति एक पद लगायतका प्लेकार्ड बोकेर प्रदर्शन गरेका हुन् ।

धर्ना कार्यक्रममा बोल्दै नेपाल विद्यार्थी संघका केन्द्रिय सदस्य आकाश उप्रेतीले पार्टी कार्यालयमा युवा उमेर समूहका व्यक्तिहरले पदाधिकारी र कार्य सम्पादन बैठकको पूर्वसन्ध्यामा पार्टीले लिने दिशा र युवाको भुमिकाबाट पार्टीसम्म आफूहरुको धारणा पुगोस् भनेर धर्ना दिएको बताउनु भयो । पार्टीमा युवाहरुको क्रियाशिल सदस्यहरुको संख्या ३० प्रतिशतसम्म पु¥याउनुपर्ने माग गर्नुभयो । पार्टीमा युवाहरुको प्रवेश सहज नबनाइ युवा शब्दको सार्थकता दिन नसक्ने बताउनु भयो । युवामैत्री, चलायमा युवा संगठनका लागि विधान संशोधन अनिवार्य रहेको बताउनु भयो । सबै तहका निर्वाचनहरुमा कम्तिमा ४० प्रतिशत युवाहरुलाई पार्टीको आधिकारिक रुपमा अघि बढाउनुपर्ने व्यवस्था विधानमै उल्लेख गर्नुपर्ने माग राखेका छन् ।

उहाँले जेन जी आन्दोलनपश्चात नेपाली काँग्रेसले आम युवाको विचारलाई पार्टी संगठनमा अटाउने, आम युवाको लागि काँग्रेस खुला छ भन्ने सन्देश दिन सक्नुपर्ने बताउनु भयो । उहाँले युवामैत्री काँग्रेस निर्माण गर्न आगामी केन्द्रिय समितिको बैठकले निर्णय गरेर अघि बढ्न सुझाव दिनुभयो । विधानमा व्यवस्था भएका सबै तहका प्रतिनिधिमुलक पदहरु, सबै तहका समिति, संसदीय समिति, पार्टीकोविभागमा अनिवार्य रुपमा ४० प्रतिशत युवाको प्रतिनिधित्व सुनिश्चित हुनेगरी विधान संशोधन गर्नुपर्ने माग राखेका छन् ।