११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar पाल्पामा पहिरोले घर पुरिँदा वृद्धको मृत्यु News Polar सुनको मूल्य तोलामा ७०० रुपैयाँले बढ्यो News Polar क्यानडामा हेलिकोप्टर दुर्घटना, चार जनाको मृत्यु News Polar जबराको पक्राउप्रति एमाले महासचिव पोखरेलको आपत्ति, भने– ‘विधिको शासनको मर्मविपरीत’ News Polar मनाङमा पहिरोले ३३ केभी विद्युत् लाइन अवरुद्ध News Polar नारायणीसहित विभिन्न नदीमा बाढीको उच्च जोखिम, सतर्क रहन आग्रह News Polar पाल्पा पहिरोमा दुईको मृत्यु, तीन जना बेपत्ता News Polar बागलुङमा पहिरोमा पुरिएर एकै परिवारका चार जनाको मृत्यु News Polar मध्यरातमा चोलेन्द्रमाथि देखिएको सुरक्षा ‘थ्रेट’ News Polar सिद्धार्थ राजमार्गका विभिन्न स्थानमा पहिरो, सडक आंशिक रूपमा सञ्चालनमा News Polar बागलुङमा पहिरोमा पुरिएर चार जनाको मृत्यु News Polar कालीगण्डकीले पोखरेबगरको पुल बगायो News Polar ३९८ किलो गाँजासहित विराटनगरमा स्कार्पियो नियन्त्रणमा News Polar मध्यपहाडी लोकमार्ग अवरूद्ध News Polar नारायणी नदीमा खतरा तह पार, चितवन र नवलपरासीका तल्लो क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह News Polar कालीगण्डकी नदी बस्तीमा पस्दा पर्वतमा २५ घर बगे News Polar बाढी–पहिरो र वर्षाका कारण विभिन्न स्थानमा इन्टरनेट सेवा अवरुद्ध News Polar १३ जिल्लामा आज कांग्रेसको क्षेत्रीय अधिवेशन, २९ जिल्लामा भोलि News Polar तिनाउ बाढीमा ६ घर बगे News Polar तनहुँका ६७ हजार परिवारको जीविकासँग जोडिँदै सामुदायिक वन

मुलुक रूपान्तरणका लागि शिक्षा क्षेत्रमा बौद्धिक आन्दोलन आवश्यक : परराष्ट्रमन्त्री खनाल

मुलुक रूपान्तरणका लागि शिक्षा क्षेत्रमा बौद्धिक आन्दोलन आवश्यक : परराष्ट्रमन्त्री खनाल
अ अ+ अ-

 

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले मुलुकको रूपान्तरणका लागि शिक्षा क्षेत्रमा बौद्धिक बहस र आन्दोलन आवश्यक रहेको बताउनुभएको छ।

ग्रामीण आदर्श बहुमुखी क्याम्पसको प्रथम क्याम्पस सभाको आज उद्घाटन गर्दै मन्त्री खनालले समाज र देशलाई सही दिशामा अघि बढाउन प्राज्ञिक क्षेत्रको महत्वपूर्ण भूमिका रहने बताउनुभयो।

उहाँले अबको नेपालको शिक्षा कस्तो हुनुपर्छ भन्ने विषयमा गम्भीर बौद्धिक बहस आवश्यक रहेको उल्लेख गर्नुभयो। तलबभत्ता र सेवा–सुविधाका लागि मात्र गरिने आन्दोलनले मुलुकको रूपान्तरण गर्न नसक्ने उहाँको भनाइ थियो।

“मुलुकको रूपान्तरणका लागि बौद्धिक आन्दोलन आवश्यक छ,” मन्त्री खनालले भन्नुभयो।

कार्यक्रममा पूर्वमन्त्री राजेन्द्र श्रेष्ठले युवालाई स्वदेशमै बस्ने वातावरण निर्माण गर्न सरकारले प्राथमिकता दिनुपर्नेमा जोड दिनुभयो। उहाँले रोजगारी तथा अवसरको अभावमा युवाहरू विदेशिनुपर्ने अवस्थाको अन्त्य गर्न राज्यले दीर्घकालीन नीति बनाउनुपर्ने बताउनुभयो।

क्याम्पस सञ्चालक समितिका अध्यक्ष रामेश्वर बोहराले समयअनुकूल तथा व्यावहारिक शिक्षालाई केन्द्रमा राखेर गुणस्तरीय शिक्षा प्रदान गर्न क्याम्पस प्रतिबद्ध रहेको बताउनुभयो। उहाँले बदलिँदो आवश्यकता र श्रम बजारअनुसार शिक्षालाई व्यवहारमुखी बनाउनुपर्नेमा जोड दिनुभयो।