२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
बजेट सुन्दा कर्णप्रिय छ, तर भित्र रूपान्तरणकारी सोचको अभाव छः पूर्वअर्थमन्त्री पुन एनआरएनए पोर्चुगलद्वारा आर्थिक पारदर्शिताका लागि सङ्कलित रकम बैंक खातामा जम्मा गर्न आह्वान संसदको गतिरोध: विपक्षीको विरोध, सरकारको बिजनेस प्रभावित प्रधानमन्त्री जिम्मेवार नभएकाले संसद सुचारु हुन सकेनः काँग्रेस शिक्षा र स्वास्थ्यमा प्रस्तावित कर नीति उपयुक्त नभएको करविद् चन्द्रमणि अधिकारीको टिप्पणी एमाले अध्यक्ष ओलीको आग्रह : एकताबद्ध भएर जनतामाझ सक्रिय हुनुस् बीवाईडी कर छली प्रकरण छानविनका लागि तत्काल संसदीय छानविन समिति गठन गर्नुपर्दछः हर्कराज राई प्रधानमन्त्रीलाई नेकपा सांसद चन्दको प्रश्नः हामीले भारतको सीमा मिचेका छौँ, भन्ने जानकारी कसले दियो ? दुग्ध विकास बोर्डलाई प्रभावकारी र परिणाममुखी बनाउन मन्त्री चौधरीकाे आग्रह पूर्वअर्थमन्त्री महतले भने: २१ खर्ब २४ अर्बको बजेट महत्वाकांक्षी तर कार्यान्वयनयोग्य
तपाईं के खोज्दै हुनुहुन्छ ?

युवामैत्री काँग्रेस निर्माण गर्न माग गर्दै काँग्रेस मुख्यालयमा युवाहरुको धर्ना



अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसको विद्यार्थी संगठन नेपाल विद्यार्थी संघले युवामैत्री काँग्रेस निर्माण गर्न माग गर्दै पार्टी कार्यालयमा धर्ना दिएका छन् ।

शनिवार बिहान पार्टी केन्द्रिय कार्यालय सानेपामा नेविसंघका केही सदस्यहरुले युवामैत्री काँग्रेसको माग गर्दै धर्ना दिएका हुन् । उनीहरुले पार्टी एकता आजको आवश्यकता, हरेक पदमा ४० प्रतिशत युवा सुनिश्चित गर, परिमार्जन बिनाको महाधिवेशन अमान्य, नेपाली काँग्रेसको विधान परिवर्तन गर, युवालाई क्रियाशिल विधान संशोधन अनि मात्र अधिवेशन, कि सरकार कि पार्टी, एक व्यक्ति एक पद लगायतका प्लेकार्ड बोकेर प्रदर्शन गरेका हुन् ।

धर्ना कार्यक्रममा बोल्दै नेपाल विद्यार्थी संघका केन्द्रिय सदस्य आकाश उप्रेतीले पार्टी कार्यालयमा युवा उमेर समूहका व्यक्तिहरले पदाधिकारी र कार्य सम्पादन बैठकको पूर्वसन्ध्यामा पार्टीले लिने दिशा र युवाको भुमिकाबाट पार्टीसम्म आफूहरुको धारणा पुगोस् भनेर धर्ना दिएको बताउनु भयो । पार्टीमा युवाहरुको क्रियाशिल सदस्यहरुको संख्या ३० प्रतिशतसम्म पु¥याउनुपर्ने माग गर्नुभयो । पार्टीमा युवाहरुको प्रवेश सहज नबनाइ युवा शब्दको सार्थकता दिन नसक्ने बताउनु भयो । युवामैत्री, चलायमा युवा संगठनका लागि विधान संशोधन अनिवार्य रहेको बताउनु भयो । सबै तहका निर्वाचनहरुमा कम्तिमा ४० प्रतिशत युवाहरुलाई पार्टीको आधिकारिक रुपमा अघि बढाउनुपर्ने व्यवस्था विधानमै उल्लेख गर्नुपर्ने माग राखेका छन् ।

उहाँले जेन जी आन्दोलनपश्चात नेपाली काँग्रेसले आम युवाको विचारलाई पार्टी संगठनमा अटाउने, आम युवाको लागि काँग्रेस खुला छ भन्ने सन्देश दिन सक्नुपर्ने बताउनु भयो । उहाँले युवामैत्री काँग्रेस निर्माण गर्न आगामी केन्द्रिय समितिको बैठकले निर्णय गरेर अघि बढ्न सुझाव दिनुभयो । विधानमा व्यवस्था भएका सबै तहका प्रतिनिधिमुलक पदहरु, सबै तहका समिति, संसदीय समिति, पार्टीकोविभागमा अनिवार्य रुपमा ४० प्रतिशत युवाको प्रतिनिधित्व सुनिश्चित हुनेगरी विधान संशोधन गर्नुपर्ने माग राखेका छन् ।




भर्खरै