३१ श्रावण २०८३, आईतवार
,
Latest
फरक विचारको सम्मान नै लोकतन्त्रको शक्ति शशांक कोइरालाले भने– कांग्रेसको आन्तरिक एकताका लागि सबै पक्ष एकताबद्ध हुनुपर्छ नयाँ टाटा पन्च ईभीको विशेष अफर आज अन्तिम, भोलिबाट मूल्य बढ्ने नागपञ्चमीमा ८३ वर्षीया देवकुमारीको नाग दर्शनको धोको पूरा हुँदै गृहमन्त्री गुरुङद्वारा गोरखाका मतदातासँग भेटघाट, स्थानीयका समस्या समाधान गर्ने प्रतिबद्धता नेपाल अर्थोपेडिक अस्पतालको २८औँ वार्षिकोत्सव सम्पन्न लघुवित्त पीडित र सरकारबीच ७ बुँदे सहमति, राजधानी केन्द्रित आन्दोलन स्थगित कैलालीका १३ स्थानीय तहमा ‘एक स्थानीय तह दुई उत्पादन’ अभियान, रु. ५ करोड ५० लाख… देउवाले भनेः ‘म हिन्दू हुँ, हिन्दू धर्म मान्न पाउने अधिकार हुनुपर्छ’ विदेशी उपाधिको समकक्षता निर्धारण गर्न विश्वविद्यालय अनुदान आयोगले थाल्यो प्रक्रिया
तपाईं के खोज्दै हुनुहुन्छ ?

चङ्खेलीमा जिप दुर्घटना, ११ जना घाइते



अ+ अ-

अदानचुली । हुम्लाको चङ्खेली गाउँपालिकाको पिप्लाङ नजिकै बोलेरो जिप दुर्घटना हुँदा ११ जना घाइते भएका छन् ।

आज सोही गाउँपालिकाको मेल्छामबाट पिप्लाङ आउँदै गरेको कर्णाली प्रदेश ०२००१ च १०९१ नम्बरको जिप बेसी खोलाको गोरुठेक्ना भन्ने ठाउँमा दुर्घटना हुँदा जीपमा सवार १२ जनामध्ये ११ घाइते भएका जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक जङ्गबहादुर सिंहले जानकारी दिनुभयो ।

जिप सडकबाट अन्दाजी ३०० मिटर तल खसेको जनाइएको छ । घाइते हुनेमा चङ्खेली(६ की १४ वर्षीया बिमला बुढा, २४ वर्षीय दिपेन्द्र सिंह, सोही ठाउँका अन्दाजी आठ वर्षीया अनुपमा रोकाया, दुई वर्षीय दिवाङ्स बुढा, सिमकोट(८ का अन्दाजी चार वर्षीया जागृति रोकाया, सोही ठाउँका अन्दाजी २९ वर्षीय मनवीर बुढा, ३६ वर्षीय महेन्द्र रोकाया, करिब २९ वर्षीया वसन्ती रोकाया, सोही गाउँपालिकाकी अन्दाजी २६ वर्षीया पार्वती सिराहा, २४ वर्षीय हँस लामा, करिब २९ वर्षीय कैलाश सिराहा र २९ वर्षीय बहादुर लामा घाइते भएका छन् ।

घाइतेमध्ये केहीको स्थानीय स्वास्थ्य चौकीमा उपचार भइरहेको र केहीलाई थप उपचारका लागि हेलिकप्टरमार्फत अन्यत्र पठाउन लागिको गाउँपालिकाका शिक्षा, युवा तथा खेलकुद शाखाप्रमुख टिका उपाध्यायले जानकारी दिनुभयो ।