५ आश्विन २०८३, सोमबार Monday, September 21, 2026
५ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar कोशी प्रदेशमा डेंगुको संक्रमण उच्च, झापा सबैभन्दा जोखिममा News Polar दमौली–भरतपुर २२० केभी प्रसारण लाइन : रुख कटानको स्वीकृति News Polar झापामा आजदेखि जापानिज इन्सेफलाइटिस विरुद्ध खोप दिइने News Polar डेङ्गु नियन्त्रण र अनुसन्धानका लागि विज्ञ समूह बागलुङमा News Polar सहयोग जुट्दै, आफ्नै भवनमा सर्दै मानवसेवा आश्रम News Polar एक महिनामा ५६ फरार प्रतिवादी पक्राउ News Polar साउदी छाडेर गाईभैँसीपालन, दूध बेचेरै मासिक एक लाख आम्दानी News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar बेतबाँसको सीपले अपाङ्गता भएका परिवारमा आयआर्जनको आशा News Polar कालीगण्डकी करिडोरकेन्द्रित पशुपालन प्रवर्द्धन News Polar सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै News Polar ‘ठूलो बाढी आउँदैछ’ भन्ने सूचना पत्याउन नसक्दा धेरै क्षति News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा

जाजरकोट पहिरोः मृत्यु हुनेकाे सङ्ख्या ४ पुग्याे

जाजरकोट पहिरोः मृत्यु हुनेकाे सङ्ख्या ४ पुग्याे
अ+ अ-

काठमाडाैँ । जाजरकोटको भेरी नगरपालिकामा लगातारको वर्षापछि गएको पहिरोमा परी मृत्यु हुनेको संख्या चार पुगेको छ। शनिबार साँझ पहिरोमा परेर बेपत्ता भएका तीन जनाको शव आइतबार बिहान फेला परेपछि मृतकको संख्या चार पुगेको हो।

पहिरोमा परी भेरी नगरपालिका–२ चिसापानीका ७० वर्षीय भीमबहादुर कार्की, करिब ८७ वर्षीया रती खत्री र उनका ५४ वर्षीय छोरा उमासिंह खत्रीको मृत्यु भएको प्रहरीले जनाएको छ। यसअघि पहिरोमा परी घाइते भएका सोही वडाका करिब ५२ वर्षीय केदार कार्कीको उपचारका क्रममा मेडिकल कलेज कोहलपुरमा मृत्यु भएको थियो।

जाजरकोटका डीएसपी बुद्धिसागर पुरीका अनुसार पहिरोमा परी अन्य ६ जना घाइते भएका छन्। घाइतेमध्ये भेरी नगरपालिका–२ रिसाङका ६० वर्षीय रामबहादुर शाहीको अवस्था गम्भीर छ। आरनमा काम गरिरहेका बेला माथिबाट पहिरो खसेपछि उनको छाती, टाउको र हातमा चोट लागेको थियो। जिल्ला अस्पताल जाजरकोटमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि उनलाई मेडिकल कलेज कोहलपुर लगिएको छ।

आरन सञ्चालक ४५ वर्षीय सिद्धिबहादुर कामीको ढाडमा चोट लागेको छ। उनलाई पनि जिल्ला अस्पतालमा उपचारपछि थप उपचारका लागि कोहलपुर रिफर गरिएको छ। भेरी नगरपालिका–२ चिसापानीकी ५७ वर्षीया भद्राकली कार्की पनि शरीरका विभिन्न भागमा चोट लागेर गम्भीर घाइते भएकी छन्।

त्यस्तै, भेरी नगरपालिका–१ डौरीकाँडाका ४५ वर्षीय मनवीर चदरा, १६ वर्षीया मनिषा विक र ४७ वर्षीया मोतीकला विक पनि पहिरोमा परी घाइते भएका छन्। उनीहरूको स्थानीय तथा जिल्ला अस्पतालमा उपचार भइरहेको छ। पहिरोमा घाइते भएका भेरी नगरपालिका–२ का २३ वर्षीया अनिता कार्की, १० वर्षीय युनिश शाही र ४५ वर्षीया सुन्तली चदरालाई भने उपचारपछि डिस्चार्ज गरिएको छ।

पहिरोले भेरी नगरपालिका–३ स्यालाका पूर्णबहादुर विकको दुई तले कच्ची घर पूर्ण रूपमा भत्काएको छ। घरमा रहेका पाँच जना परिवारका सदस्य अहिले आफन्तको घरमा आश्रय लिएर बसेका छन्। सोही ठाउँका भैरवी केसीका दुईवटा टिनका अस्थायी टहरा पनि पहिरोले पूर्ण रूपमा क्षति भएका छन्।

पहिरोको जोखिम बढेपछि भेरी नगरपालिका–२ रिसाङ क्षेत्रका ६० देखि ७० घरपरिवारका करिब १५० देखि २०० जनालाई त्रिभुवन आधारभूत विद्यालयमा सारिएको छ। यसबाहेक झ्यालीखेत डाँडाका १६, चिसापानीका २०, राउटेरे डाँडाका १५ र रिसाङ फारुलाका तीन जनालाई समेत सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ।

अविरल वर्षाका कारण सडक तथा पैदलमार्ग अवरुद्ध भएपछि उद्धारमा कठिनाइ भएको छ। नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको टोली जोखिमपूर्ण बाटो हुँदै पैदल प्रभावित क्षेत्रमा पुगेर बेपत्ताको खोजी, घाइतेको उद्धार तथा स्थानीयलाई सुरक्षित स्थानमा सार्ने काममा परिचालित छ।

गत ३० साउन दिउँसो करिब ४ बजेदेखि परेको लगातारको वर्षाका कारण भेरी नगरपालिका–२ रिसाङलगायत आसपासका क्षेत्रमा पहिरो गएको हो। वर्षा अझै जारी रहेकाले प्रभावित क्षेत्रमा थप पहिरोको जोखिम रहेको छ। स्थानीय प्रशासन र सुरक्षाकर्मीले जोखिमयुक्त क्षेत्रका नागरिकलाई सुरक्षित स्थानमा बस्न र आवश्यक सावधानी अपनाउन आग्रह गरेका छन्।