१४ श्रावण २०८३, बिहीबार
,
Latest
पूर्वराजा शाहद्वारा सुनसरी घटनाप्रति दुःख व्यक्त, नेपालीलाई मिलेर बस्न आग्रह सामुदायिक तनाव र हिंसाप्रति पूर्वराष्ट्रपति भण्डारीको चिन्ता, संयमता अपनाउन आग्रह प्रतिनिधि सभा बैठक साउन १९ गतेसम्म स्थगित सुनसरीको घटनाको प्रभाव सिरहामा, दुई समूहबीच झडपपछि ११ भन्दा बढी मोटरसाइकलमा आगजनी स्वास्थ्यकर्मीको सुरक्षा र ऐन कार्यान्वयन गर्न सांसद तोषिमा कार्कीको माग धनुषाका विभिन्न क्षेत्रमा अनिश्चितकालीन कर्फ्यू आदेश महोत्तरीमा वन कर्मचारीमाथी भएको आक्रमणको विरोधमा माईतीघरमा प्रदर्शन यो वर्ष दूरसञ्चार सेवामा अभूतपूर्व सुधार गर्ने सरकारको लक्ष्य : सञ्चारमन्त्री तिमिल्सिना माईतीघरमा लघुवित्तपीडितको सामुहिक आमरण अनशन तेस्रो दिन पनि जारी प्रतिपक्षी दलले मात्र होइन सिंगो देशवासीले सरकार खोजिरहेको छः आर्यन राई
तपाईं के खोज्दै हुनुहुन्छ ?

स्थायित्वका लागि प्रत्यक्ष निर्वाचित कार्यकारी आवश्यकः अध्यक्ष यादव



अ+ अ-

सिरहा। जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले देशको समृद्धि, जनआकांक्षा सम्बोधन र राजनीतिक स्थायित्वका लागि सङ्घीय लोकतान्त्रिक गणतन्त्रको पुनःसंरचना आवश्यक रहेको बताउनुभएको छ ।

आज लहानमा जसपा जिल्ला समितिद्वारा आयोजित पार्टी प्रवेश तथा शुभकामना आदानप्रदान कार्यक्रममा उहाँले प्रत्यक्ष निर्वाचित कार्यकारी व्यवस्था र पूर्ण समानुपातिक निर्वाचन प्रणाली अपरिहार्य भएको बताउनुभयो । वर्तमान प्रणालीले भ्रष्टाचारलाई मलजल गरेकाले यसको पुनःसंरचनाको विकल्प नरहेको उहाँको भनाइ थियो ।

यादवले भन्नुभयो,“हाल चुनाव जित्न करोडौँ खर्च गर्नुपर्ने बाध्यता छ । यस्तो प्रणालीमा निर्वाचित हुने प्रतिनिधिहरू जनताको सेवा होइन, भ्रष्टाचार गरेर लगानी असुल गर्न थाल्छन् । त्यसैले भ्रष्टाचारको मूल नास गर्न निर्वाचन प्रणाली परिवर्तन गरेर पूर्ण समानुपातिक बनाउनु आवश्यक छ ।”

पछिल्लो १० वर्षमा ११ पटक सरकार परिवर्तन हुनु संसदीय व्यवस्थाको अस्थिरता र असफलताको प्रमाण भएको बताउँदै उहाँले यस्तो व्यवस्थाले नीति निर्माणमा स्थायित्व दिन नसक्नुका साथै जनताको विश्वास पनि जित्न नसक्ने दाबी गर्नुभयो ।

अध्यक्ष यादवले संसद्ले कानुन मात्रै बनाउने र प्रत्यक्ष निर्वाचित राष्ट्रपतिलाई कार्यकारिणी प्रमुख बनाउने प्रणालीले मात्र स्थायित्व र जवाफदेहिता आउन सक्ने धारणा राख्नुभयो ।

उहाँले जनसङ्ख्याको आधारमा प्रतिनिधिसभा र राष्ट्रियसभामा प्रतिनिधित्व हुनुपर्ने माग गर्दै वर्तमान प्रतिनिधित्व प्रणालीले विशेष वर्ग र शक्तिशाली दलहरूलाई मात्र लाभ पुर्याएको आरोप लगाउनुभयो । ‘जेनजी’ का आवाज सम्बोधनका लागि संविधान पुनर्लेखन गर्न आवश्यक रहेको पनि उहाँको जोड थियो । रासस