१२ भाद्र २०८३, शुक्रबार
,
Latest
बाढी प्रभावितलाई पत्रकार महासङ्घ गुल्मीद्वारा एक लाख सहयोग एक्स्ट्रिम इनर्जी ड्रिङ्क्सद्वारा भोटेकोशी बाढीपीडितलाई एक करोड सहयोग रोजगारीका लागि रसुवा पुगेका १२ झापाली बाढीपछि सम्पर्कविहीन परराष्ट्रमन्त्री खनाल र अस्ट्रेलियाकी विदेशमन्त्री वङबीच टेलिफोन वार्ता रसुवा बाढीपीडितलाई बैतडीका चार स्थानीय तहले नौ लाख सहयोग गर्ने रसुवा बाढीः वीर अस्पतालबाट पाँच घाइते डिस्चार्ज, दुई जनाको उपचार जारी नेपाल–चीन सीमा क्षेत्रमा बाढीको जोखिम कायमै, चिनियाँ दूतावासद्वारा उच्च सतर्कता अपनाउन आग्रह प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३६ घण्टामै एक अर्ब ९१ करोड रुपैयाँभन्दा बढी सहयोग बाढी प्रभावित क्षेत्रमा नेपाल टेलिकमको सेवा पुनः सञ्चालनमा तीव्रता रसुवा बाढीमा मृत्यु हुनेको संख्या ५३८ पुग्यो, ९७७ जना अझै सम्पर्कविहीन
तपाईं के खोज्दै हुनुहुन्छ ?

अमेरिकी र साउदी हवाई आक्रमणमा मारिएका सुरक्षाकर्मीको इराकमा अन्त्येष्टि



अ+ अ-

काठमाडौँ। इराकको अर्धसैनिक बल ‘पपुलर मोबिलाइजेसन फोर्सेस’ (पिएमएफ) ले बुधवार बगदादमा आफ्ना सदस्यहरूको सम्मानमा अन्त्येष्टि जुलुस निकालेको छ ।

अमेरिकी र साउदी अरबको संयुक्त हवाई आक्रमणमा मारिएका आफ्ना सदस्यहरूको सम्झनामा पिएमएफले उक्त शोक सभा तथा अन्त्येष्टि आयोजना गरेको हो ।

बुधवारै इराकका विभिन्न प्रान्तहरूमा रहेका पिएमएफका सैन्य ठेगानाहरूलाई लक्षित गरी अमेरिका र साउदी अरबले गरेको हवाई आक्रमणमा कम्तीमा २० जना सदस्यको मृत्यु भएको छ भने ३२ जना अन्य घाइते भएका छन् । अमेरिकी सेन्ट्रल कमाण्डले एक विज्ञप्ति जारी गर्दै उक्त सैन्य कारबाहीको पुष्टि गरेको छ ।

अमेरिकी सेना र साउदी ऊर्जा पूर्वाधारहरूलाई लक्षित गरी भएका पछिल्ला ड्रोन आक्रमणहरूको जवाफमा मंगलबार इरान समर्थित लडाकुहरू विरुद्ध ‘प्रिसिजन’ (सटिक) हवाई आक्रमण गरिएको कमाण्डले जनाएको छ ।

पिएमएफ इराकको राज्य–प्रायोजित छाता संगठन हो, जसमा दर्जनौँ अर्धसैनिक समूहहरू आबद्ध छन् । चरमपन्थी समूह इस्लामिक स्टेट (आईएस) विरुद्धको सैन्य अभियानपछि यस संगठनलाई औपचारिक रूपमा इराकी सशस्त्र बलमा समाहित गरिएको थियो ।

यसैबीच, इराकको राष्ट्रिय सुरक्षाका लागि मन्त्रीस्तरीय परिषद्ले बुधवार एक विज्ञप्ति जारी गर्दै अर्धसैनिक बलका ठेगानाहरूमा गरिएको हवाई आक्रमणको कडा निन्दा गरेको छ ।

परिषद्ले देशको सार्वभौमिकताको रक्षा गर्न र सुरक्षा व्यवस्थामा राज्यको नियन्त्रण सुदृढ बनाउन एक विस्तृत सुरक्षा योजना समेत पारित गरेको छ । सिन्ह्वा/न्युज एजेन्सी नेपाल