१४ श्रावण २०८३, बिहीबार
,
Latest
मधेस प्रदेशको वर्तमान परिस्थितिबारे कोशी र मधेसका सांसदसँग रास्वपा सभापति रवि लामिछानेको छलफल आपसी सद्भाव र राष्ट्रिय एकता कायम राख्न राष्ट्रपति पौडेलको अपिल सिरहाको गोलबजारस्थित एबी मलमा तोडफोडपछि आगजनी मधेसको सुरक्षा अवस्थाप्रति रास्वपा सांसद झाको चिन्ता, सरकारको सक्रियता पर्याप्त नभएको आरोप प्रदेश सरकार ‘सरकार’जस्ता नभई ‘ईकाई’ जस्ता भएः सिटौला स्थानीय तह निर्वाचन ‘गैरदलीय’ बनाउनु हुँदैनः अध्यक्ष दाहाल सरकार र डा. केसीबीचको सहमतिको विरोधमा निजी मेडिकल कलेजद्वारा रेसिडेन्ट चिकित्सकको स्टाइपेन्ड स्थगन मन्त्री यादवद्वारा शासकीय सुधारका १०० बुँदा कार्यान्वयनमा तीव्रता दिन निर्देशन सिरहाको गोलबजारमा प्रदर्शनका क्रममा गोली लागेर एक युवकको मृत्यु पूर्वराजा शाहद्वारा सुनसरी घटनाप्रति दुःख व्यक्त, नेपालीलाई मिलेर बस्न आग्रह
तपाईं के खोज्दै हुनुहुन्छ ?

बाढी तथा डुबानबाट एक हजारभन्दा बढी मानिस प्रभावित



अ+ अ-

सप्तरी। अविरल वर्षापछि आएको बाढीले यहाँको जनजीवन प्रभावित बनाएको छ । भीषण वर्षासँगै जिल्लाका त्रियुगा, खाँडो, कोशी र जिता नदीमा आएको बाढीले झण्डै पाँच सयभन्दा बढी घर डुबानमा परेका छन्भने एक हजार एक सय ५६ जना प्रभावित भएका छन् ।

जिल्लाका तटीय र नदी किनारका बस्तीमा बाढी पस्दा स्थानीयवासीको जनजीवन अस्तव्यस्त बनेको छ । त्रियुगा नदीमा आएको बाढीले सप्तकोसी नगरपालिकाका विभिन्न वडाका दुई सयभन्दा बढी घर डुबानमा पारेका छन् ।

भीषण वर्षापछि नदी ‘ओभरफ्लो’ हुँदा वडा नं ६ बोचही गाउँ नै जलमग्न बनेको छ । उक्त वडाका छ घर भत्किएपछि ती परिवारलाई राष्ट्रिय आधारभूत विद्यालय बोचहीमा सुरक्षित राखिएको प्रमुख जिल्ला अधिकारी टुवराज पोखरेलले जानकारी दिनुभयो ।

 जिल्ला प्रहरी कार्यालयका अनुसार जिल्लाका अरू नौ स्थानमा बाढीबाट दुई सय ५६ परिवार प्रभावित भएका छन् । जिल्लाको डाक्नेश्वरी नागरपालिका वडा नं ९ मा १५ घरमा पानी पसेको छ।

हनुमाननगर कङ्कालिनी नगरपालिका— १२ मा ४०, राजगढ गाउँपालिका–६ मा एउटा घर भत्किएको छ भने तिलाठी कोइलाडी गाउँपालिका–१ मा खाँडो नदीको बाढी पसेर गाउँ नै जलमग्न भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक डम्बरबहादुर पुरीले जानकारी दिनुभयो ।

तिलाठी कोइलाडी—४ मा १५ हनुमाननगर कंकालिनी—१४ मा ११ घर डुबानमा परेका छन् ।  प्रहरी उपरीक्षक गोतम केसीको नेतृत्वमा खटिएको टोलीले जिल्लाका  विभिन्न ठाउँबाट बाढीमा फसेका ३८ जनालाई उद्धार गरेको छ  ।

टोलीले जिल्लाको सप्तकोशी नगरपालिका—६ बाट १२ जना, हनुमाननगर कङ्कालिनी–१२ बाट आठ जना, राजगढ गाउँपालिका–६ बाट सात र तिलाठी कोइलाडी–४ बाट ११ जनालाई उद्धार गरिएको प्रहरी नायब उपरीक्षक पुरीले जानकारी दिनुभयो ।