१९ मंसिर २०८२, शुक्रबार
,
Latest
चुरे क्षेत्रको अवैध उत्खनन रोक्न अनुगमन भदौमा त्यो स्थिति जे आयो, त्यो त न तपाईँको हातमा थियो, न हाम्रो हातमा थियो कांग्रेस सुधार अभियानद्वारा ७७ वटै जिल्लामा संयोजक चयन स्थानियतह देखी प्रदेश तथा संघलाई कानून निर्माणका सहजीकरण गर्दे कानून समाज छ दिनमा १२ जना फरार प्रतिवादी पक्राउ सहरी क्षेत्रको माटोको गुणस्तर अभिवृद्धि गर्नु जरुरी छः मन्त्री परियार मुस्ताङ भन्सारमा चार अर्ब ४१ करोड बढी राजस्व सङ्कलन कारागारमा सुरक्षाकर्मीसँग चिनजान, घरमा गएर विभत्स हत्या हेटौँडाको मुख्य सडक विस्तारको सूचना कार्यान्वयन नगर्न सर्वाेच्च अदालतको अन्तरिम आदेश विदेशमा रहेका नेपालीको मताधिकार सुनिश्चित गर्न माग
तपाईं के खोज्दै हुनुहुन्छ ?

आजको लागि विदेशी मुद्राको विनिमय दर



अ+ अ-

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज सोमवारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ ।

राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिदर एक सय ४१ रुपैयाँ ७४ पैसा र बिक्रीदर एक सय ४२ रुपैयाँ ३४ पैसा कायम भएको छ । युरोपियन युरो एकको खरिदर एक सय ६६ रुपैयाँ ४४ पैसा र बिक्रीदर एक सय ६७ रुपैयाँ १४ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिदर एक सय ९१ रुपैयाँ ६ पैसा र बिक्रीदर एक सय ९१ रुपैयाँ ८७ पैसा, स्वीस फ्रयाङ्क एकको खरिदर एक सय ७८ रुपैयाँ २१ पैसा र बिक्रीदर एक सय ७८ रुपैयाँ ९७ पैसा कायम गरिएको छ ।

अष्ट्रेलियन डलर एकको खरिदर ९३ रुपैयाँ ६१ पैसा र बिक्रीदर ९४ रुपैयाँ ९१, क्यानेडियन डलर एकको खरिदर १०१ रुपैयाँ ५९ पैसा र बिक्रीदर १०२ रुपैयाँ २ पैसा, सिङ्गापुर डलर एकको खरिदर एक सय ९ रुपैयाँ ९७ पैसा र बिक्रीदर एक सय १० रुपैयाँ ४४ पैसा निर्धारण गरिएको छ ।

जापानी येन १० को खरिदर नौ रुपैयाँ ६१ पैसा र बिक्रीदर नौ रुपैयाँ ६५ पैसा, चिनियाँ युआन एकको खरिदर १९ रुपैयाँ ९१ पैसा र बिक्रीदर १९ रुपैयाँ ९९ पैसा, साउदी अरेबियन रियाल एकको खरिदर ३७ रुपैयाँ ७९ पैसा र बिक्रीदर ३७ रुपैयाँ ९५ पैसा, कतारी रियाल एकको खरिदर ३८ रुपैयाँ ८९ पैसा र बिक्रीदर ३९ रुपैयाँ ५ पैसा कायम भएको छ ।

केन्द्रीय बैंकका अनुसार थाइ भाट एकको खरिदर चार रुपैयाँ ३९ पैसा र बिक्रीदर चार रुपैयाँ ४० पैसा, युएई दिराम एकको खरिदर ३८ रुपैयाँ ५९ पैसा र बिक्रीदर ३८ रुपैयाँ ७६ पैसा, मलेसियन रिङ्गेट एकको खरिदर ३३ रुपैयाँ ६८ पैसा र बिक्रीदर ३३ रुपैयाँ ८३ पैसा, साउथ कोरियन वन एक सयको खरिद १० रुपैयाँ ७ पैसा र बिक्रीदर १० रुपैयाँ ११ पैसा, स्वीडिस क्रोनर एकको खरिदर १५ रुपैयाँ १२ पैसा र बिक्रीदर १५ रुपैयाँ १९ पैसा र डेनिस क्रोनर एकको खरिदर २२ रुपैयाँ  २९ पैसा र बिक्री दर २२ रुपैयाँ ३९ पैसा तोकिएको छ ।

राष्ट्र बैंकले हङकङ डलर एकको खरिदर १८ रुपैयाँ २२ पैसा र बिक्रीदर १८ रुपैयाँ २९ पैसा, कुवेती दिनार एकको खरिदर चार सय ६४ रुपैयाँ ९५ पैसा र बिक्रीदर चार सय ६६ रुपैयाँ ९२ पैसा, बहराइन दिनार एकको खरिदर तीन सय ७५ रुपैयाँ ९८ पैसा र बिक्रीदर तीन सय ७७ रुपैयाँ ५७ पैसा, ओमनी रियाल एकको खरिदर तीन सय ६८ रुयैयाँ १४ पैसा र विक्रिदर तीन सय ६९ रुपैयाँ ७० पैसा रहेको छ ।

भारतीय रुपैयाँ एक सयको खरिदर एक सय ६० रुपैयाँ र बिक्रीदर एक सय ६० रुपैयाँ १५ पैसा तोकेको छ । राष्ट्र बैंकले यो विनिमय दरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ । रासस