१४ श्रावण २०८३, बिहीबार
,
Latest
मधेस प्रदेशको वर्तमान परिस्थितिबारे कोशी र मधेसका सांसदसँग रास्वपा सभापति रवि लामिछानेको छलफल आपसी सद्भाव र राष्ट्रिय एकता कायम राख्न राष्ट्रपति पौडेलको अपिल सिरहाको गोलबजारस्थित एबी मलमा तोडफोडपछि आगजनी मधेसको सुरक्षा अवस्थाप्रति रास्वपा सांसद झाको चिन्ता, सरकारको सक्रियता पर्याप्त नभएको आरोप प्रदेश सरकार ‘सरकार’जस्ता नभई ‘ईकाई’ जस्ता भएः सिटौला स्थानीय तह निर्वाचन ‘गैरदलीय’ बनाउनु हुँदैनः अध्यक्ष दाहाल सरकार र डा. केसीबीचको सहमतिको विरोधमा निजी मेडिकल कलेजद्वारा रेसिडेन्ट चिकित्सकको स्टाइपेन्ड स्थगन मन्त्री यादवद्वारा शासकीय सुधारका १०० बुँदा कार्यान्वयनमा तीव्रता दिन निर्देशन सिरहाको गोलबजारमा प्रदर्शनका क्रममा गोली लागेर एक युवकको मृत्यु पूर्वराजा शाहद्वारा सुनसरी घटनाप्रति दुःख व्यक्त, नेपालीलाई मिलेर बस्न आग्रह
तपाईं के खोज्दै हुनुहुन्छ ?

पानीजन्य रोग बढ्न सक्ने भएकाले सचेत रहन स्वास्थ्य मन्त्रालयको आग्रह



अ+ अ-

काठमाडौँ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले प्राकृतिक विपद्मा पानीजन्य रोग देखिने भएकाले सचेत रहन आग्रह गरेको छ ।

मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीले प्राकृतिक विपद्मा तत्काल चोटपटक लाग्ने र अन्य भौतिक क्षति देखापरे पनि त्यसपछि पानीजन्य रोग देखिने भएकाले त्यसबाट बच्न आग्रह गर्नुभएको हो ।

उहाँका अनुसार प्राकृतिक विपद्का बेला पानी प्रदूषित भई निम्त्याउन सक्ने पानीजन्य रोग पखाला, हैजा तथा कीटजन्य रोग डेङ्गी, मलेरिया पनि बढ्न सक्ने हुनाले सबैलाई सतर्कता अपनाउन आग्रह गरिएको हो । त्यस्ता लक्षण देखिएमा तुरुन्तै स्वास्थ्य संस्थामा जानसमेत अनुरोध गरिएको छ ।

यस्तै, हाल प्राकृतिक विपद्मा परेकाहरूले राम्रोसँग खान, बस्न पाउने अवस्था नबने पछि खानासम्बन्धी रोग, आँखा पाक्ने रोग र मानसिक रोग पनि देखिने डा बुढाथोकीको भनाइ छ । प्राकृतिक विपद्पछि मन्त्रालयले स्वास्थ्य स्वयंसेविका, स्थानीय स्वास्थ्यकर्मी र जनप्रतिनिधिमार्फत शुद्ध उमालेको पानी पिउन र सरसफाइमा ध्यान दिन आवश्यक सचेतना फैलाउन आग्रह गरिएको उहाँले जानकारी दिनुभयो ।

मन्त्रालयले आपत्कालीन अवस्थामा आइपरी स्वास्थ्य संस्थामा जानु परेमा तालिम प्राप्त चालक र स्वास्थ्यकर्मीसहितको एम्बुलेन्सको व्यवस्था रहेकाले हटलाइन १०२ मा सम्पर्क गर्न अनुरोधसमेत गरेको छ ।

यस्तै, आपत्कालीन अवस्थामा स्वास्थ्यसम्बन्धी कुनै समस्याबारे जानकारी आवश्यक परेमा १११५ मा सम्पर्क गर्न पनि आग्रह गरिएको छ । मन्त्रालयले निरन्तर वर्षाका कारण पहिरो र तथा अन्य प्राकृतिक प्रकोप उत्पन्न भई दुर्घटना, चोटपटक र जनस्वास्थ्यमा नकारात्मक प्रभाव पर्न सक्ने भएकाले अस्पताललाई तयारी अवस्थामा रहन निर्देशनसमेत दिएको छ । रासस