२ भाद्र २०८३, मंगलवार
,
Latest
एनएसएसएफ र कराते महासंघबीच सम्झौता भारतको कर्नाटक विरुद्ध नेपालको सानदार जित सरकार र दुर्गा प्रसाईं नेतृत्वको महाअभियानबीच औपचारिक वार्ता सुरु सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार सरकारको प्राथमिकतामा छ : शिक्षामन्त्री पोखरेल रेडक्रस सोसाइटीको जग्गा खरिदमा अनियमितता, ठगी गरेको आरोपमा ५ जना पक्राउ प्रदेशसभा सदस्य देउवा पदमुक्त ‘गण्डकी क्षेत्रका पर्यटनको प्रचुर सम्भावनालाई उजागर गरौँ’ स्थानीय निर्वाचनको तयारीमा रास्वपा, भाद्र ५ मा केन्द्रीय समिति बैठक खार्किभमा रुसी हमलामा १० जनाको मृत्यु टर्कीमा मिनीबस दुर्घटना हुँदा चार जनाको मृत्यु, १० घाइते
तपाईं के खोज्दै हुनुहुन्छ ?

फ्रान्सको लकडाउन ११ मेसम्म



अ+ अ-

काठमाडौं । फ्रान्सले कोरोना भाइरस (कोभिड १९) रोकथाम तथा नियन्त्रणका लागि मे महिनाको ११ तारिखसम्म लकडाउन लम्ब्याएको छ । जनअपेक्षा अनुरुप नै राष्ट्रपति इम्मानुएल म्याक्रोनले लकडाउनको समय अवधि बढाएका हुुन् । यससँगै कोरोनाबाट ज्यान गुमाउनेहरुको संख्या फ्रान्समा करिब १५ हजार पुगेको छ । फ्रान्समा ४ हजार १ सय भन्दा बढी नयाँ संक्रमित फेला परेका छन् । फ्रान्समा गत २४ घण्टामा मात्रै ५७४ जनाको मृत्यु भएको छ ।

टेलिभिजन सम्बोधनको क्रममा राष्ट्रपति म्याक्रोनले कोरोनाविरुद्ध लड्नका लागि फ्रान्ससँग पूर्वतयारी नभएको स्वीकार गरे । उनले भने, ‘अन्य देशहरुमा जस्तै हामीसँग पनि पीपीई, मास्क जस्ता अत्यावश्यक सामानको अभाव थियो । धेरै स्थानका अस्पतालहरुमा अझैसम्म पनि अभाव’ छ ।

उनले ११ मे पछि स्कुलहरु भने खोल्न सकिने बताएका छन् । फ्रान्सको सिमाना गैरयुरोपेली देशका लागि अर्को निर्णय नभएसम्मका लागि बन्द रहने जानकारी उनले दिए ।