१५ आश्विन २०८३, बिहीबार Thursday, October 1, 2026
१५ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar परराष्ट्रमन्त्री खनाल ‘प्रि–कोप लिडर्स इभेन्ट’मा भाग लिन फिजी र टुभालु जाँदै News Polar वन व्यवस्थापनबाट तनहुँमा तीन हजार ३३४ क्युफिट काठ उत्पादन News Polar सीमा अपराध नियन्त्रणमा निर्मम हुन सशस्त्र प्रहरी महानिरीक्षक पौडेलको निर्देशन News Polar सरकारले निजी क्षेत्रलाई विद्युत प्रसारण लाइन प्रयोग गर्न खुला गर्‍यो, ईआरसीद्वारा `ह्वीलिङ चार्ज´ सार्वजनिक News Polar मनाङमा अलपत्र १६ पर्यटकको उद्धार News Polar हाम्रो सनसाइन स्कुल फाउन्डेसनद्वारा बाढी पीडितका लागि रु २५ लाख सहयोग News Polar राष्ट्रिय जलवायु नीति २०८३ बहसमा, हानी–नोक्सानी अभिलेखीकरणमा जोड News Polar धनुषामा दुर्घटनामा दुई जनाको मृत्यु News Polar निजी क्षेत्रलाई विद्युत् प्रसारण लाइन प्रयोग गर्ने बाटो खुल्यो News Polar बाढीपीडितका लागि हाम्रो सनसाइन स्कुल फाउन्डेसनको २५ लाख सहयोग News Polar दुर्गा प्रसाईंलाई थप एक दिन हिरासतमा राख्न अदालतको अनुमति News Polar पूर्ण तथा अति अशक्त अपाङ्गता भएका व्यक्तिलाई व्यक्तिगत सहयोगी सेवा दिने तयारी News Polar भोटेकोशी–कालीगण्डकी विपद् अध्ययन गर्न राष्ट्रिय सभाले गठन गर्‍यो विशेष समिति News Polar पहिरोले बेनी बजारका १२ घरमा क्षति News Polar राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयक राष्ट्रिय सभामा फिर्ता News Polar हिमालमा जलवायु परिवर्तन र भोटेकोशी–त्रिशूली विपद्सम्बन्धी संसदीय समितिको पहिलो बैठक News Polar मोटरसाइकल दुर्घटनामा रौतहटका २८ वर्षीय दासको मृत्यु News Polar करदाता प्रोत्साहन उपहारका लागि असोज १५ गतेभित्र खरिद बिल प्रविष्ट गर्न आग्रह News Polar जडीबुटीको दिगो संकलन र वैद्यखानाको उत्पादन बढाउन कार्यदल गठन हुने News Polar राष्ट्रियसभामा विपद् अध्ययन गर्न विशेष समिति गठन

कोरोना संक्रमणको आयु यसकारण घटिरहेको छ: डा. रवीन्द्र पाण्डे, जनस्वास्थ्य विज्ञ

कोरोना संक्रमणको आयु यसकारण घटिरहेको छ: डा. रवीन्द्र पाण्डे, जनस्वास्थ्य विज्ञ
अ अ+ अ-

कोरोना संक्रमणको विश्ब्यापी महामारी तथा सुचनाको झन् ठूलो महामारीको कारण संसारभर यसको त्रास छ । यसको फैलाबाट तीब्र भएपनि कोरोना कमजोर भाइरस हो । हामीले तथ्य बुझ्यौं भने यो संक्रमणबाट डराउनु पर्दैन, केवल सतर्क भए पुग्दछ । यसको लागि केहि तथ्य उल्लेख गरेको छु ।

  • कोरोना भाइरसबाट संक्रमित १९४६४३७ मध्ये १२१७०९ को मृत्यु भएको छ, यो २.३ ५ हो, जबकी मर्सको मृत्युदर ३४ ५, सार्सको ११ ५ र इबोला संक्रमणको ५१ ५ मृत्युदर थियो ।
  • बालबालिकाको मृत्युदर निकै कम छ , तसर्थ बुवाआमाहरु चिन्तित हुनु पर्दैन ।
  • चीनको बुहानमा ७६ दिनपछि लक डाउन खुल्यो । अहिले चीनमा कोरोना संक्रमण लगभग नियन्त्रणमा आयो । अहिले युरोप र अमेरिकाम पनि नयाँ संक्रमितको संख्या घटिरहेको छ । दक्षिण एसिया र अफ्रिकामा पिकमा आउन बाँकी छ । यो तथ्यले ले भन्छ भने कोरोना संक्रमणको पनि आयु छ । कोरोना भाइरसको मुहान सुक्न लागेको, आयातित भाइरस क्रमशः कमजोर हुँदै गएको तथा संसारभर लक डाउनदेखि टेस्ट, क्वारेन्टाइन, आइसोलेसन आदिको कारण भाइरस संक्रमण अब निश्चित पकेटमा सिमित हुँदै हट्दै जाने विश्वास लिइएको छ ।
  • अमेरिकाको ब्ददयतत प्रयोगशालाले ५ मिनेटमा परिणाम दिने परिक्षणको बिकास गरेको छ । त्यस्तै धेरै देशले ५ मिनेटदेखि १ घन्टामा रिपोर्ट आउने परिक्षण विधिको बिकास गरेका छन् । जसले गर्दा रोग छिटो पत्ता लागेर संक्रमितलाई आइसोलेसनमा राख्ने काम भइरहेको छ ।
  • यसभन्दा पहिले फैलिएका सार्स तथा मर्स पनि कोरोना संक्रमण नै थिए । ती रोग नियन्त्रण गर्न प्रयोग गरिएका एन्टी भाइरल औषधि, मलेरियाको औषधि तथा एन्टिबायोटिक नोबेल कोरोना भाइरस संक्रमणमा पनि निकै प्रभाबकारी देखिएका छन् ।
  • भिटामिन सि, भिटामिन डी तथा जिंक सप्लिमेन्ट कोरोना संक्रमणमा प्रतिरोधी देखिएको छ । जुन बजारमा उपलब्ध छ ।
  • प्राय स् सबै नेपालीले बिसिजी खोप लगाएका छौं, जुकाको औषधि नियमित खाने गरेका छौं, पोलियो सुई वा थोपाको प्रयोग गरेका छौं तथा बिभिन्न रुघाखोकीको इम्युन छौं । हाम्रो आहारविहार , आचार तथा ब्यबहार रोग प्रतिरोधात्मक क्षमता बढाउने खालको छ । तसर्थ हामी थप सुरक्षित छौं ।
  • इन्टरनेटको पहुँचको कारण संसारभरका सफलताका कथा, तरिका तथा उपाय थाहा भइरहेको छ । जसले गर्दा सामाजिक दुरी मात्र हैन सामाजिक तथा मेडिकल कनेक्सन पनि बढाएको छ । आइसोलेसन तथा क्वारेन्टाइनमा बसेका व्यक्तिसंग प्रविधिको सहायताले कुराकानी तथा देखभेट भएको छ । यसले चिन्ताको स्तर निकै घटाएको छ ।
  • लक डाउनको कारण प्रदुषण स्तर न्यून भएको छ । यसकारण पनि रोग प्रतिरोधात्मक क्षमता बढिरहेको छ । ताजा घरेलु खानपिन, आराम तथा भागदौडमुक्त जीवनशैलीले थप निरोगी बनाएको छ ।
  • चीन, इटली, भारत लगायत देशमा ८०-१०३ बर्षका दीर्घरोगी संक्रमित निको भएर फर्किएका छन् । यस्ता उदाहरण हरेक अति संक्रमित देशमा उपलब्ध छन् ।
  • चीन र जापानका चिकित्सकले निको भएका संक्रमितको प्लाज्मा नयाँ संक्रमितलाई दिएर उनीहरुको इम्युनिटी बुस्ट गरिरहेका छन् । यो स्थापित बिधि नै हो ।
  • भबिष्यमा यस्ता अन्य महामारी भएमा संसार सजग भएको छ । यसले गर्दा आगामी महामारी छिटो नियन्त्रणमा आउनेछ । हरेक महामारीले ठूलो पाठ सिकाएका हुन्छन् । हामीले हाम्रो सोंच, ब्यबहार , जीवनशैली, परिवारको महत्व आदिलाई यो महामारीले सकारात्मक परिवर्तन गर्नेछ ।
  • बिकसित देशको ठूलो बजेट र बैज्ञानिकहरु कोरोना संक्रमणबिरुद्ध खोप तथा औषधिको लागि खटिरहेका छन् । बिभिन्न देशमा खोपको मानवमा परिक्षण सुरु गरिएको छ । उक्त खोपको प्रतिक्रिया अध्ययन भइरहेको छ । चीन, कोरिया, सिंगापुर, जापान, भारत, इजरायल, फ्रान्स, नेदरल्याण्ड, बेलायत, अमेरिका, क्यानडा लगायतका देश छिट्टै खोप प्रमाणित गर्न अग्रसर छन् ।
  • होम क्वारेन्टाइन तथा होम आइसोलेसन बिभिन्न देशमा चलिरहेको छ । यसबाट अस्पताल बस्नुपर्ने तनाब निकै कम भएको छ ।
  • हरेक देशमा स्वयंसेवी भएर काम गर्न अधिकांश युवा तयार छन् ।
  • स्वास्थ्यकर्मीहरु बिदामा नबसेर तथा लगातार ड्युटीमा रहेर लाखौँ संक्रमितलाई सेवा दिइरहेका छन् ।
  • कोरोना संक्रमणमा सहयोग गर्न चीन, क्युबा लगायतको टोली इटालीमा परिचालित छ, फ्रेन्च तथा स्पेनिश संक्रमितलाई एयर चार्टर गरेर जर्मनी तथा अस्ट्रियामा ल्याइएको छ । यस्ता उदाहरण अहिले विश्वभरी पाइन्छ ।
  • विपदको समयमा सरकारी, गैह्रसरकारी निकाय, पेशागत समुह, ब्यबसायी, कलाकार, खेलाडी आदिले सहयोग गर्ने, सरकारले निशुल्क परिक्षण तथा उपचार गर्ने जस्ता सकारात्मक पक्षको बिकास भएको छ । त्यस्तै आफ्नो आर्थिक स्तर अनुसार राष्ट्रले राहत कार्यक्रम ल्याएर जनतालाई बचाउँछन् भन्ने सन्देश दिएका छन् । (स्रोत: बिभिन्न आधिकारिक रिपोर्ट, डा. रवीन्द्र पाण्डेको फेसबुकबाट )