१९ आश्विन २०८३, सोमबार Monday, October 5, 2026
१९ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar मन्त्रिपरिषद्को बैठक सुरु News Polar रोल्पामा ओडारभित्र लुकाइराखिएका ६ नाल भरुवा बन्दुक बरामद News Polar सञ्चार क्षेत्रलाई व्यवस्थित बनाउन अधिकारसम्पन्न नियामक संयन्त्र बनाइने News Polar प्रदेश सरकारको केन्द्रबिन्दु दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता: मुख्यमन्त्री शाही News Polar फास्टट्रयाक निर्माणमा सेनाबाट गम्भीर त्रुटि भएको योजना आयोग सदस्य थापाको आरोप News Polar चाडपर्वमा भाटभटेनीबाट किनमेल गर्दा दुई वटा टाटा पन्च ईभी जित्ने अवसर News Polar कांग्रेसले शहीद तथा द्वन्द्वपीडित परिवारका लागि १० करोडको अक्षय कोष बनाउने News Polar रौतहट–लक्ष्मीपुरस्थित इटाँभट्टामा अलपत्र ४२ भारतीय नागरिकको उद्धार News Polar निगम सुधारका लागि तीन वर्षे रणनीतिक कार्ययोजना आवश्यक : सांसद रेग्मी News Polar अत्यावश्यकबाहेक भोटेकोशी–त्रिशूली बाढीको खोज तथा उद्धार स्थगित गर्ने सरकारको निर्णय News Polar कांग्रेसमा टिकट र नेतृत्व चयनको अधिकार तल्लो तहमा लैजाने गगनको प्रस्ताव News Polar वायुसेवा निगमको ऋण व्यवस्थापन गर्न ब्याजदर पुनरावलोकनको गृहकार्य हुँदैछः पर्यटनमन्त्री पौडेल News Polar ब्याजदरको भारले थिचिएको वायुसेवा निगम, सरकारबाटै उठ्न बाँकी छ साढे १३ करोड News Polar जलवायु परिवर्तनले पुल निर्माणको पुरानो मापदण्ड बदल्नुपर्ने अवस्था आयो : सडक महानिर्देशक जैसी News Polar रुग्ण परियोजनाको प्रगतिमा तीव्रता, ६ महिनामै भौतिक प्रगति ५० प्रतिशत नाघ्यो News Polar विपद्पछि पुनर्निर्माणको मापदण्ड फरक–फरक हुनुपर्छ : डा. उप्रेती News Polar गुल्जार हुने कागबेनीधाम गुमनाम News Polar कांग्रेसको १५औँ महाधिवेशनको बन्दसत्र सुरु, तीन क्लस्टरमा प्रतिनिधि विभाजन News Polar दसैँअघि वेत्रावतीमा बेलीब्रिज सञ्चालन गर्ने तयारी News Polar बिजुलीको बिल मोबाइलबाटै तिर्ने प्रणाली प्रभावकारी होस्ः ऊर्जामन्त्री श्रेष्ठ

बागलुङमा कोभिड–१९ को जोखिम घट्दै

बागलुङमा कोभिड–१९ को जोखिम घट्दै
अ अ+ अ-

बागलुङ । कोभिड–१९ को पाँचौँ र छैटौँ सङ्क्रमित रहेको बागलुङमा बिहीबारसम्ममा ६२ जनामा ‘पिसिआर’ र एक हजार ३० मा दु्रत जाँच (आरडिटी) गरिएको छ ।

सम्भावित सङ्क्रमितमा कोरोना भाइरस जाँच गरिएकामा सबैको रिपोर्ट नेगेटिभ आएको छ । पाँचौँ सङ्क्रमित बागलुङ नगरपालिका–४ की १९ वर्षीया युवतीमा कोभिड–१९ देखिएको २० दिन पुग्यो भने छैटौँ सङ्क्रमित सोही नगरपालिका–३ की ६५ वर्षीया महिलामा १५ दिन ।

सङ्क्रमित दुवै बेल्जियमबाट दोहा हुँदै कतार एयरको क्यूआर ६५२ मा गत चैत ४ गते नेपाल आएका थिए । उनीहरुसँगै कोरोना भाइरसको सङ्क्रमण भित्रिएको पनि बिहीबार एक महिना नाघ्यो ।

यसबीचमा दुवै सङ्क्रमितको ‘कन्ट्याक ट्रेसिङ’ सकिएको छ । जाँचका क्रममा दुवै परिवारका सदस्यमा कोरोना भाइरस भने देखिएन । स्वास्थ्य कार्यालका अनुसार छैटौँ सङ्क्रमितको ‘कन्ट्याक्ट टेसिङ’ गरी कोरोना जाँचिएकामा सबैको रिपोर्ट नेगेटिभ आएको छ ।

“छैटौँ सङ्क्रमितको परिवारका सदस्य, आफन्त र बसोबास क्षेत्रमा जाँच गरिएकामा कसैमा पनि सङ्क्रमण देखिएन”, कार्यालय प्रमुख सुरज गुरौले भन्नुभयो । पाँचौँ सङ्क्रमित युवतीसँग सम्पर्कमा आएका थप २१ जनाको स्वाब सङ्कलन गरी जाँचका लागि पोखरास्थित प्रादेशिक जनस्वास्थ्य प्रयोगशालामा पठाइएको छ ।

पाँचौँ सङ्क्रमितसँग सम्पर्कमा आएका थप २१ जनाको जाँचको रिपोर्ट आएपछि जिल्लामा जोखिमको अवस्थाबारे थप आँकलन गर्न सकिने उहाँले बताउनुभयो । “पाँचौँ सङ्क्रमितबाट पनि बुबालगायत घरका सदस्यमा भने कोरोना सरेको देखिएन”, प्रमुख गुरौले भन्नुभयो ।

अहिलेसम्म गरिएका जाँचका आधारमा सङ्क्रमितबाट समुदायमा कोरोना भाइरस नसरेको पाइएको उहाँले बताउनुभयो । सङ्क्रमितका परिवारका सदस्य र भौतिक सम्पर्कमा आएका व्यक्तिमा ‘पिसिआर’ विधिबाटै कोरोना जाँच भइरहेको छ ।

धवलागिरि अञ्चल अस्पतालका प्रमुख चिकित्सक शैलेन्द्र विक पोखरेलले शुरुका दिनका तुलनामा त्रास र जोखिम केही घटेको बताउनुभयो । “अहिलेसम्म सङ्क्रमितबाट अन्य व्यक्तिमा सरेको पाइएको छैन, यही अवस्था कायम राख्न सक्यौँ भने त्यो हाम्रा लागि ठूलो सफलता हो ।”

पाँचौँ सङ्क्रमितसँग सम्पर्कमा आएका २१ जना व्यक्तिको जाँचको रिपोर्टपछि जिल्लामा सङ्क्रमणको स्थितिबारे थप केही भन्न सकिने उहाँको भनाइ छ । “अस्पतालमा पनि कोरोनासँग मिल्दाजुल्दा लक्षण भएका बिरामी आउनुभएको छैन”, चिकित्सक पोखरेलले भन्नुभयो, “यसले समुदायमा फैलिएको छैन भन्ने देखाउँछ ।”

उहाँले जिल्लामा सङ्क्रमणको जोखिम विश्लेषण गरी रोकथाम र नियन्त्रणको योजना बनाइएको बताउनुभयो । सङ्क्रमण फैलिएर बिरामी बढ्न सक्ने अवस्थालाई दृष्टिगत गरी अस्पतालमा सुविधा थपदेखि जनशक्ति व्यवस्थापनको कामलाई चुस्त बनाइएको छ ।

अहिले चार वटा मात्रै रहेको आइसोलेशन बेडलाई थपेर आठ पुर्याउन लागिएको छ । सघन उपचार कक्ष निर्माणको काम अघि बढेको छ । भेन्टिलेटरलगायतका अत्यावश्वक स्वास्थ्य उपकरण र सामग्रीको जोहो गरिएको छ । अस्पतालको आइसोलेशन कक्षमा अहिले जिल्लाका दुवै सङ्क्रमित उपचाररत छन् ।

“दुवै बिरामीको अवस्था सामान्य नै छ, छैटौँ सङ्क्रमित महिलालाई पुरानै उच्च रक्तचाप र दमको औषधि दिइरहेका छौँ”, प्रमुख चिकित्सक पोखरेलले भन्नुभयो । उहाँका अनुसार दुवै सङ्क्रमितमा कोरोना भाइरसको थप जाँचका लागि स्वाब पोखरा पठाइएको छ । यसअघि युवतीको तेस्रो र महिलाको दोस्रो जाँचमा पनि रिपोर्ट पोजेटिभ आएको थियो ।

लगातार दुई पटक नेगेटिभ रिपोर्ट आएपछि मात्र बिरामी घर फर्कन पाउनेछन् । काठमाडौँस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुका निर्देशक चिकित्सक सागर राजभण्डारीले सङ्क्रमित व्यक्तिबाट परिवार र छिमेकमा रोग नसरेकामा सुखद् मान्नुपर्ने बताउनुभयो ।

उहाँले जिल्लाबाट वैदेशिक रोजगारीमा जानेको सङ्ख्या ठूलो भएकाले उच्च सतर्कता र निगरानी बढाउनुपर्ने उल्लेख गर्नुभयो । “पछिल्लो छ हप्ताभित्रमा विदेशबाट आएका सबैलाई जाँचको दायरामा ल्याउनुपर्छ”, उहाँले भन्नुभयो, “समुदायमा कहीँ कतै शङ्कास्पद बिरामी भेटिएमा तुरुन्त अस्पताल ल्याई उपचार थाल्नुपर्छ ।”

निर्देशक राजभण्डारीले आरडिटी गर्दा कसैमा पोजेटिभ देखिएमा ‘कन्ट्र्याक्ट ट्रेसिङ’ गरी सम्पर्कमा आएका सबैमा ‘पिसिआर’ विधिबाट जाँच गर्नुपर्ने बताउनुभयो । “आरडिटी पोजेटिभ आउनु भनेको उसमा पहिले कोरानो थियो भन्ने बुझ्नुपर्छ”, उहाँले भन्नुभयो, “त्यस्तो व्यक्तिले समुदायका अरुलाई सारेको हुन सक्छ ।”

जिल्लाको काठेखोला गाउँपालिका–६ की ६५ वर्षीया महिलामा दु्रत जाँच ९आरडिटी० गर्दा कोरोना भाइरसको ‘एन्टीबडी’ पोजेटिभ देखिएको थियो । ‘पिसिआर’ विधिबाट पुनः जाँच्दा भने उहाँमा कोरोना भाइरस नभएको पुष्टि भएको थियो । स्वास्थ्य कार्यालयका प्रमुख गुरौले पनि ‘आरडिटी’ पोजेटिभ देखिएको ठाउँमा निगरानी बढाइएको बताउनुभयो ।

“उहाँ भारतबाट आएको पनि महिना दिन हुन लाग्यो, कोरोनाको कुनै लक्षण पनि छैन”, प्रमुख गुरौले भन्नुभयो, “परिवारका सदस्यमा पनि जाँच गर्दा देखिएन, लकडाउनमा घरमै बसेकाले उहाँबाट अरुमा सरेको छैन भन्ने आधार छ ।” प्रमुख गुरौले ‘आरडिटी’ जाँचमा नेगेटिभ रिपोर्ट आए पनि सबैलाई २१ दिनसम्म होम क्वारेन्टाइनमा बस्न लगाइएको बताउनुभयो ।

सरकारले दुईजना सङ्क्रमित भेटिएसँगै बागलुङलाई कोभिड–१९ को जोखिमयुक्त जिल्ला किटान गरी र्यापिड टेस्ट गर्ने निर्णय गरेको थियो । कोरोना परीक्षणको दायरालाई थप बढाइने स्वास्थ्य कार्यालयले जनाएको छ । जारी परीक्षणका बीच पनि समुदायमा सङ्क्रण फैलने जोखिमबाट भने बागलुङ मुक्त छैन ।

जिल्लामा भेटिएका दुवै सङ्क्रमणका घटना आयातित भएकाले विदेशबाट आएका सबैलाई निगरानीमा राखिएको छ । चैत महिना लागे यता करिब ८०० भन्दा बढी विदेशबाट जिल्ला भित्रिएको तथ्याङ्क छ । स्थानीय तहले विदेशबाट आएकाको लगत राख्ने र क्वारेन्टाइनको प्रबन्ध मिलाएका छन् ।