३१ श्रावण २०८३, आईतवार
,
Latest
नागदहमा नागपञ्चमी मेलाको तयारी पूरा भारतका स्थल सेनाध्यक्ष सेठ काठमाडौँमा अस्ट्रेलियाली भूमिमा बंगलादेशको जित, अस्ट्रेलिया ९ विकेटले पराजित एनएसजेएफ पल्सर स्पोर्ट्स २०८२ को पिपल्स च्वाइसको मनोनयन सार्वजनिक अस्ट्रेलिया भ्रमणका लागि नेपाली ‘ए’ टोलीको तयारी पूराः उत्कृष्ट प्रदर्शन गर्ने कप्तान र प्रशिक्षकको लक्ष्य कम्युनिष्टहरु संघर्ष र क्रान्तीका कुरामा उद्वेलित हुँदा रहेछौँ, समाजवाद निर्माणमा नराम्रोसँग चुक्यौँः महासचिव पोखरेल पोखरामा अवैध घरेलु मदिरा उत्पादन गर्ने कच्चा पदार्थ बरामद गरी नष्ट पछिल्लो तीन दिनमा सबैभन्दा बढी गाली खाएको छुः गगन थापा नाइमा अटो शोमा उत्साहजनक सहभागिताः १ लाख ६५ हजार बढी दर्शकले अवलोकन गरे सत्तामा पुग्नु मात्रै राजनीतिको सफलताको मापदण्ड बन्योः गगन थापा
तपाईं के खोज्दै हुनुहुन्छ ?

अब इजरायली युद्ध रोक्ने बेला भयो, वेस्ट बैंकलाई इजरायली कब्जामा जान दिँदैनौँः ट्रम्प



अ+ अ-

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायललाई वेस्ट बैंक कब्जामा लिन अनुमति नदिने बताउनुभएको छ । इजरायलले यसबारे नसोचे नै राम्रो हुने उहाँको चेतावनी छ । अब इजरायलको युद्ध रोक्ने बेला आइसकेको र धेरै भइसकेको उहाँको भनाइ छ ।

ट्रम्पले मंगलबार संयुक्त राष्ट्र महासभाको बैठकमा अरब र मुस्लिम नेताहरूलाई विलय अनुमति नदिने प्रतिवद्धता जनाउनु भयो । इजरायल–हमास द्वन्द्व अन्त्य गर्न र गाजालाई शासन गर्न गैर–हमास निकाय स्थापना गर्न ट्रम्प प्रशासनले प्रश्तुत गरेको २१–बुँदे योजनाबारे पनि छलफल भएको छ ।

गाजामा बढ्दो मानवीय संकटको बीचमा इजरायलमाथि अन्तर्राष्ट्रिय दबाब बढ्दै जाँदा पछिल्लो योजना आएको हो। साउदी अरब, संयुक्त अरब इमिरेट्स, कतार, इजिप्ट, जोर्डन, टर्की, इन्डोनेसिया र पाकिस्तानका नेताहरू र वरिष्ठ अधिकारीहरूले बैठकमा भाग लिएका थिए । संयुक्त अरब इमिरेट्सले पहिले नै चेतावनी दिएको छ कि इजरायलीले गाभेको कुनैपनि कदम रातो रेखा हुनेछ ।