२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
न्युजिल्याण्डले ऊर्जा सुरक्षा मजबुत बनाउन ‘एलएनजी’ सुविधा अघि बढाउने श्रीलङ्कामा तीन दिने डेङ्गु नियन्त्रण कार्यक्रम सुरु, पहिलो दिनमै व्यापक निरीक्षण मध्यपूर्व तनाव घट्ने सङ्केतसँगै लगानीकर्तामा उत्साह वसन्त ऋतुको हिमाल आरोहण मैझारो, एक अर्ब २६ करोड राजस्व संकलन शैय्या सङ्ख्याअनुसार शुल्क नतिर्ने स्वास्थ्य संस्था कारबाहीमा अदालतको लेटरप्याड र न्यायाधीशकै दस्तखत किर्ते गरेपछि… कामपा नगरसभाको १९औँ अधिवेशन आगामी ३१ मा पोखरा–भरतपुर–लुम्बिनीबीच पर्यटन प्रवर्द्धनका लागि ‘सिल्भर ट्रयाङ्गल’ समझदारी योग्य, सक्षम इमान्दारी नेतृत्व आवश्यक छ: महामन्त्री बुर्लाकोटी पशुपतिनाथ मन्दिर क्षेत्रमा सिक्री लुटपाट गर्ने पाँच भारतीय पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

दुग्ध र उखु किसानका समस्याहरु समाधान गर्छुः कृषिमन्त्री परियार



अ+ अ-

काठमाडौँ । कृषि तथा पशुपंक्षी विकासमन्त्री मदन परियारले पदभार ग्रहण गर्नुभएको छ ।

शितल निवासमा शपथ ग्रहण समारोहपछि सिंहदरबारस्थित मन्त्रालयमा पुगेर उहाँले पदभार ग्रहण गर्नुभएको हो । पदभार ग्रहण गर्दै उहाँले दुग्ध र उखु किसानका समस्याहरु समाधान गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । उहाँले फागुन २१ गते निर्वाचन गराउने सरकारको मुख्य कार्यभार भएको उल्लेख गर्दै सोहीअनुसार सबै पक्षको सहयोगमा अघि बढ्ने पनि बताउनु भयो । उहाँले किसानको समस्या समाधान गर्ने कुरा आफ्नो प्राथमिकतामा रहने उहाँको भनाइ छ ।

मन्त्री घिसिङले भन्नुभयो, ‘सबैभन्दा पहिले फागुन २१ गते जुन निर्वाचन गर्ने भनिएको छ । त्यसलाई पूरा गर्नको लागि हामी सबै मिलेर लाग्नुपर्छ । त्यो नै सरकारको पहिलो प्राथमिकतामा छ । अर्को कुरा शासकीय सुधार र मुलुकमा विद्यमान बेथितिको अन्त्य गर्ने हाम्रो कार्यभार हो । मैले कृषि मन्त्रालयका सचिवज्युहरुसँग पनि सल्लाह गरेर मन्त्रालयको कार्यभार कसरी पूरा गर्ने भन्नेकुरामा धयान जान्छ । किसानका समस्याहरु समाधान गर्ने कुरा मेरो प्राथमिकतामा हुन्छ ।’ 

मल आयातमा हुने अवरोधलाई अध्ययन गरेर समस्या समाधान गर्ने आफ्नो प्रयास रहने उहाँको भनाइ छ ।