३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar संविधानको अक्षर र भावना दुवैप्रति सरकार पूर्ण प्रतिबद्ध छ: प्रधानमन्त्री News Polar संविधानको प्रभावकारी कार्यान्वयनमा तीनवटै तहका क्रियाशील हुनुपर्ने News Polar संविधानको रक्षा र कार्यान्वयनमा उच्चतम समझदारी आवश्यकः प्रदेश प्रमुख देवकोटा News Polar भोटेकोशी बाढीपछि सम्पर्कविहीन पत्रकार टेकराज थामीको कुशको शव बनाएर अन्त्येष्टि News Polar गत भदौको उपद्रवमा कसको संलग्नता थियो, खुल्दै गएको छ–ओली News Polar शंकर पोखरेलको टिप्पणी–‘दलहरुसँगको संवाद प्रधानमन्त्रीका लागि एकादेशको कथा बन्यो’ News Polar राष्ट्रपति पौडेल संविधान दिवस विशेष समारोहमा सरिक News Polar संविधानका लक्ष्य पूरा गर्न सबै पक्ष प्रतिबद्ध हुनुपर्ने News Polar बालेनलाई विश्वप्रकाशको सुझावः जलावयु विपद्बारे दूरदर्शी राजनीतिज्ञको रूपमा सिङ्गो संसारकै प्रतिनिधित्व गर्नुस् News Polar संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको समीक्षा मागेको छ: रवि लामिछाने News Polar नेवानिका दुई वटै वाइडबडी ग्राउन्डेड News Polar संविधानको प्रभावकारी कार्यान्वयनमा प्रदेश प्रमुख कर्णको जोड News Polar भन्सार छलेर ल्याइएका १७ लाख ५६ हजार बराबरका सामान बरामद News Polar संविधानको रक्षा र राष्ट्रिय एकताका लागि एकजुट हुनुपर्नेमा अध्यक्ष ओलीको जोड News Polar दरवाङ–मुना–ढोरपाटन सडक : १४ महिनामा २५ प्रतिशत प्रगति News Polar मन्त्रिपरिषद्का पूर्वअध्यक्ष रेग्मीद्वारा संविधान दिवसको शुभकामना News Polar सङ्घर्षका सात वर्ष : सूचना र सामाजिक उत्तरदायित्वको प्रतिबद्धता News Polar भक्तपुरमा ट्याङ्करको ठक्करबाट मोटरसाइकलमा सवार महिलाको मृत्यु, श्रीमान् घाइते News Polar आज कागे अष्टमी पर्व मनाइँदै News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

व्यावसायिक गतिविधि बढाउन निजी क्षेत्रको प्रोत्साहन आवश्यक: चन्द्रप्रसाद ढकाल

व्यावसायिक गतिविधि बढाउन निजी क्षेत्रको प्रोत्साहन आवश्यक: चन्द्रप्रसाद ढकाल
अ+ अ-

ललितपुर, ३१ साउनः नेपाल उद्योग वाणिज्य महासङ्घका पूर्वअध्यक्ष एवं ग्लोबल आईएमई बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले व्यवसायिक गतिविधि बढाउन र अर्थतन्त्रलाई चलायमान बनाउन निजी क्षेत्रलाई प्रोत्साहन गर्न आवश्यक भएको बताउनुभएको छ ।

नेपाल–कोरिया उद्यमी व्यवसायी सङ्घको आयोजनामा आज ललितपुरमा भएको ‘नेपाल–कोरिया व्यवसायिक अन्तरक्रिया कार्यक्रम’लाई सम्बोधन गर्दै पूर्वअध्यक्ष ढकालले नेपालमा जुनसुकै क्षेत्रमा पनि लगानी गरेर उपलब्धि हासिल गर्न सकिने सम्भावना रहेको उल्लेख गर्दै सीप, प्रविधि र जाँगरलाई प्रोत्साहन गर्न व्यवसायिक गतिविधिलाई प्रोत्साहन गर्नुपर्ने बताउनुभयो ।

“कोरियाले छोटो समयमा विश्वकै शक्तिशाली अर्थतन्त्र निर्माण गर्न सक्नुको कारण कामप्रतिको लगाव, इमानदारी, नैतिकता, समयको परिपालन नै हो, जति धेरै निजी क्षेत्रलाई प्रोत्साहन गर्छौँ, त्यति धेरै रोजगारी र राजश्व सङ्कलन हुन्छ, उत्पादनमा होस् वा नवप्रवर्तन र उद्यमशीलता विकासमा होस्, हरेक कुरालाई प्रवद्र्धन गर्न बाँकी छ, विदेश जानुपर्ने अवस्था अन्त्य गर्न यहाँ रोजगारी सृजना गर्नु आवश्यक छ”, पूर्वअध्यक्ष ढकालले भन्नुभयो ।

नेपालमा नकारात्मक भाष्य मात्रै निर्माण भइरहेको अवस्थामा नेपाल उद्योग वाणिज्य महासङ्घमार्फत सम्भावना र सकरात्मक सन्देश दिन प्रयत्न गरेको उहाँले बताउनुभयो । नेपाल–कोरिया उद्यमी व्यवसायी सङ्घले नेपाल र कोरियाबीचको आर्थिक गतिविधि बढाउन पुलको रुपमा काम गर्ने विश्वास व्यक्त गर्नुभयो ।

नेपालका लागि दक्षिण कोरियाका राजदूत पार्क तेयोङले यस किसिमको अन्तरक्रियाले कोरियाली सीपमार्फत रोजगारी प्रवद्र्धन, उद्यमशीलता विकास, राष्ट्रिय अर्थतन्त्रमा योगदान पुर्याउन महत्त्वपूर्ण भूमिका खेल्ने धारणा राख्नुभयो । उहाँले कोरिया र नेपालबीच सम्बन्ध सुमधुर रहेको उल्लेख गर्दै कोरियाली कम्पनीहरु नेपालमा दक्ष जनशक्तिको विकासका लागि सूचना प्रविधिको क्षेत्रमा लगानी गर्न इच्छुक रहेको धारणा राख्नुभयो ।

नेपाल उद्योग वाणिज्य महासङ्घका कार्यसमिति सदस्य एवं रोजगार परिषद्का उपाध्यक्ष बाबुकाजी कार्कीले नेपालमा दुई तिहाईको नजिकैको बहुमत प्राप्त सरकार रहेकाले उद्यमशीलता, रोजगारी प्रवर्द्धनका क्षेत्रमा स्थायित्वका साथै प्रभावकारी नीतिगत व्यवस्था गर्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले राष्ट्रिय रोजगारीमा ८६ प्रतिशत र अर्थतन्त्रमा ८१ प्रतिशत योगदान रहेको बताउँदै सरकारले यसका लागि आवश्यक सुधार गर्दै विश्वसनीय वातावरण तयार गर्नुपर्नेमा जोड दिनुभयो ।

नेपाल–कोरिया उद्यमी व्यवसायी सङ्घका वरिष्ठ उपाध्यक्ष विकी श्रेष्ठले नेपाल कोरियाबीचको सम्बन्ध श्रम सम्बन्धको मात्रै नभइ अनुभव आदानप्रदान र व्यवसाय तथा व्यापारिक साझेदारीसमेत भएको बताउनुभयो ।

नेपाल–कोरिया उद्यमी व्यवसायी सङ्घका महासचिव जीतेन्द्र बानियाँले कोरियाबाट फर्किएका नेपालीको सीप, अनुभव र पुँजीलाई नेपालको उत्पादन तथा रोजगारीमा रूपान्तरण गर्दै नेपाल र कोरियामा रहेका उद्यमी, व्यवसायी तथा लगानीकर्तालाई एउटै सञ्जालमा आबद्ध गराउने सङ्घको मुख्य ध्येय रहेको जानकारी गराउनुभयो । उहाँले कोरियाली प्रविधि र उत्पादनलाई नेपालमा भित्र्याउन र कोरियाबाट आधुनिक औद्योगिक सीप, संस्कृति, प्राविधिक ज्ञान, र पुँजी आर्जन सहित नेपाल फर्किएका ‘रिटर्नी’ मा रहेको उद्यमशीलता तथा आर्थिक रूपान्तरणको महत्त्वपूर्ण सम्भावना बोकेका मानव पूँजीलाई नेपालमा उत्पादन, रोजगारीमा प्रोत्साहित गरि व्यवहारमा कार्यान्वयन गरिनुपर्नेमा जोड दिनुभयो ।

नेपाल र दक्षिण कोरियाबीचको आर्थिक, व्यावसायिक तथा उद्यमशील सम्बन्धलाई थप सुदृढ बनाउने उद्देश्यले आयोजना गरिएको ‘नेपाल–कोरिया व्यावसायिक अवसर, चुनौती र रिटर्नी उद्यमीको भूमिका’ विषयक कार्यक्रममा सरकारी तथा गैरसरकारी निकायका प्रतिनिधिहरू, बैंक तथा वित्तीय संस्थाका पदाधिकारीहरू, सफल रिटर्नी उद्यमी, व्यवसायी, शिक्षाविद्लगायतको सहभागिता रहेको थियोे ।