१९ श्रावण २०८३, मंगलवार
,
Latest
शैक्षिक परामर्श तथा भाषा शिक्षणसम्बन्धी २०७३ को निर्देशिका खारेज गृहमन्त्री गुरुङ र मृतक मेहताका परिवारबीच वार्ता सुरु माकलबारी–देशे सडक विस्तारमा नेपाली सेनासँग विवाद नभएको सांसद पाण्डेको स्पष्टोक्ति प्रतिनिधिसभामा जरुरी सार्वजनिक महत्त्वको प्रस्ताव प्रस्तुत मुन्दडाको घरमा खानतलासी गर्ने मोरङ प्रहरी प्रमुखसँग स्पष्टीकरण माग सुकुम्बासी समस्या समाधानका लागि सात दिनभित्र एकीकृत कार्ययोजना ल्याउन माग काँग्रेसले भन्यो ‘मधेसमा ज्यान जानेगरी गोली चलाउने अवस्था कसरी आयो, सरकारले चित्तबुझ्दो जवाफ देओस्’ विराटनगर नाकाबाट तेस्रो मुलुकका २१० पर्यटक भित्रिए तीन महिनासम्म मासिक ५० हजार मेट्रिक टनभन्दा बढी एलपी ग्यास आयात गर्ने सरकारको निर्णय राजनीतिक स्टन्ट होइन, सुकुमवासीको समस्या कानुनी रूपमा समाधान गर्नुपर्छ; पद्मा अर्याल
तपाईं के खोज्दै हुनुहुन्छ ?

काठमाडौँ महानगरले ३५ गाउँपालिकालाई एम्बुलेन्स वितरण गर्ने



अ+ अ-

काठमाडौँ। काठमाडौँ महानगरपालिकाले मङ्गलवारदेखि देशभरका दुर्गम तथा मापदण्डका आधारमा छनौट गरिएका ३५ वटा गाउँपालिकालाई एम्बुलेन्स वितरण गर्ने भएको छ।

आइतबार महानगर प्रमुख बालेन शाहले सामाजिक सञ्जालमार्फत जानकारी दिँदै, विगत एक वर्षदेखि रोकिएको वितरण प्रक्रिया अब सुरु हुने बताएका हुन्।

महानगरका अनुसार पारदर्शी मापदण्ड बनाई स्वास्थ्य सुविधा अभावमा पछाडि परेका गाउँपालिकालाई प्राथमिकता दिइएको छ। शाहले भने, “स्वास्थ्य सेवा सबै नेपालीको आधारभूत अधिकार हो, दुर्गम क्षेत्रमा जीवन बचाउनु हाम्रो कर्तव्य हो। यो सुरुवात मात्र हो, अब कसैले स्वास्थ्य सेवाको अभावमा जीवन गुमाउनुपर्ने छैन।”