११ भाद्र २०८३, बिहीबार
,
Latest
विपद्मा खटिने सुरक्षाकर्मीको भत्ता र खाजा खर्च बढाइने प्रधानमन्त्री राहत कोषमा लेयर्स कुखुरापालक सङ्घको १० लाख सहयोग भोटेकोशी बाढीः शिक्षण अस्पतालमा ३६ जनाको उपचार हुँदै नुवाकोटमा अधिकांश स्थानमा विद्युत् सेवा नियमित, रसुवामा पनि पुनःस्थापनाको तयारी राष्ट्रपति पौडेलद्वारा बाढीपीडितका लागि एक महिनाको पारिश्रमिक सहयोग भोटेकोशीमा पुन: बाढीको जोखिम, नदी थुनिएर ताल बनेको प्रारम्भिक सूचना रसुवा बाढीः वीरमा पाँच र ट्रमा सेन्टरमा १८ घाइतेको उपचार हुँदै बाढी प्रभावित क्षेत्रको अवस्थाबारे सभामुख अर्यालद्वारा सचिवालयसँग छलफल जलवायु विपद्सँग जुध्न नेपाल, भारत र चीनबीच सहकार्य आवश्यक : रास्वपा सभापति लामिछाने सरकारी कोषमा रकम जम्मा गर्दा कारोबार सीमा नलाग्ने
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रतिनिधिसभामा जरुरी सार्वजनिक महत्त्वको प्रस्ताव प्रस्तुत



अ+ अ-

काठमाडाैँ । प्रतिनिधिसभामा भूमिहीन, सुकुमवासी तथा अव्यवस्थित बसोबासी नागरिकको अवस्था र व्यवस्थापन सम्बन्धीको जरुरी सार्वजनिक महत्त्वको विषय प्रस्तुत गरिएको छ ।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बे प्रस्तावक रहेको उक्त प्रस्तावको समर्थकमा नेकपा (एमाले) का प्रमुख सचेतक ऐनबहादुर महर र नेपाली कम्युनिष्ट पार्टीका प्रमुख सचेतक युवराज दुलाल र श्रम संस्कृति पार्टीका प्रमुख सचेतक आरेन राई रहनुभएको छ । नेता आङ्देम्बेले तत्काल गर्नुपर्ने कामको साझा कार्ययोजना तयार पारी कार्यान्वयन सुरु गर्न उक्त प्रस्ताव ल्याइएको बताउनुभयो ।

उहाँले सभामुखमार्फत सरकारलाई सात दिनभित्र एकीकृत कार्ययोजना सार्वजनिक गर्न माग गर्नुभयो । सरकारले प्रत्येक १५ दिनमा प्रगति विवरण समितिमा पेस गर्नुपर्ने र र समस्या समाधान नभएसम्म मासिक रूपमा सदनलाई जानकारी गराउनुपर्ने प्रस्तावमा उल्लेख छ ।