३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौं’को नयाँ आउटलेट, ५० प्रतिशतसम्म छुट News Polar बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड News Polar कोरला नाकाबाट  भित्रिन थाले भेडाच्याङ्ग्रा News Polar जेसिके फाइट नाइटः चिनियाँ फाइटरविरुद्ध युकी आङदेम्बेको सहज जित News Polar कांग्रेसको १५औँ महाधिवेशनः ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न News Polar ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली News Polar रियादस्थित विमानस्थल परिसरमा आगलागीको सङ्केतपछि उडान अबरूद्ध News Polar युक्रेनलाई २.७ अर्ब डलरको हवाई प्रतिरक्षा उपकरण बिक्रीका लागि अमेरिकाको स्वीकृति News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आइतबार अमेरिका जाँदै News Polar छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते News Polar जलवायु संकट न्यूनीकरणमा शक्तिशाली राष्ट्रले जिम्मेवारी लिनुपर्छ: पूर्वराष्ट्रपति भण्डारी News Polar यसपालीको पलेँटीमा गुञ्जदै छन् नीर शाहका गीत News Polar एसियाली खेलकुदले ओलम्पिकमा योगदान बढाउनुपर्छः कोभेन्ट्री News Polar भोटेकोशी बाढीः काभ्रेका ३७ जना सम्पर्कविहीन, तीनको कुशको शव बनाएर अन्त्येष्टि News Polar पाटनमा दश महाविद्या परिक्रमा पूजा सम्पन्न- फोटो फिचर News Polar अर्थमन्त्री डा वाग्लेद्वारा भारतीय उद्योगी, व्यवसायीलाई नेपालमा लगानी गर्न आह्वान News Polar एसियाली खेलकुदको भब्य उद्घाटन News Polar रास्वपा संविधानको स्टेकहोल्डर हो – रास्वपा सांसद न्यौपाने News Polar एशियन गेम्समा पदक जित्ने लक्ष्य छः दीपेन्द्र सिंह ऐरी News Polar संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल

काँग्रेसले भन्यो ‘मधेसमा ज्यान जानेगरी गोली चलाउने अवस्था कसरी आयो, सरकारले चित्तबुझ्दो जवाफ देओस्’

काँग्रेसले भन्यो ‘मधेसमा ज्यान जानेगरी गोली चलाउने अवस्था कसरी आयो, सरकारले चित्तबुझ्दो जवाफ देओस्’
अ+ अ-

काठमाडाैँ । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले सुनसरीसहित मधेसी जिल्लामा भएको धार्मिक तनावको घटनामा नागरिकको ज्यान जानेगरी प्रहरीले गोली चलाउनुपर्ने अवस्था किन सिर्जना भयो ? भन्दै प्रश्न गर्नुभएको छ ।

प्रतिनिधि सभाको मंगलवारको बैठकमा बोल्दै नेता आङ्देम्बेले सरकारसँग उक्त प्रश्नको चित्तबुझ्दो जवाफ माग गर्नुभएको हो । उहाँले उक्त घटनाको जिम्मोरी लिनुपर्ने समेत माग गर्नुभयो ।

उहाँले उहाँले घटनामा घाइते भएकाहरूको शिघ्र स्वास्थ्यलाभको कामना गर्दै क्षतिको यकिन गरी उचित क्षतिपूर्तिको व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराउनु भयो । साथै, घटनाको सत्यतथ्य, निष्पक्ष र विश्वसनीय छानबिनका लागि न्यायिक छानबिन समिति गठन गर्नुपर्ने उहाँको माग छ । उहाँले विपद् पूर्वतयारी तथा प्रतिकार्यमा सरकार सुस्त गतिमा काम गरिरहेको भन्दै आलोचना समेत गर्नुभयो ।

उहाँले भन्नुभयो,‘सुनसरी, सिरहा, पर्सा र धनुषा लगायतका जिल्लाहरुमा भएका घटना र त्यसक्रममा सरकारले नागरिकको ज्यानै जानेगरी गोली चलाउनुपर्ने अवस्था किन आयो ? भन्नेबारेमा हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ । यसबारे सरकारले चित्तबुझ्दो जवाफ दिनुपर्छ । र घटनाको जिम्मा लिनुपर्छ । उक्त घटनामा ज्यान गुमाउनेप्रति भावपूर्ण श्रद्धाञ्जलीका साथै शोक सन्तप्त परिवारजनमा गहिरो संवेदना प्रकट गर्दछु । साथै घटनामा घाइते सबैको शिघ्र स्वास्थ्य लाभको कामना गर्दै क्षतिको यकिन गरी क्षतिपूर्तीको व्यवस्था गर्न सम्माननीय सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराउन चाहन्छु । हाम्रो स्पष्ट माग छ यस घटनाको सत्यतथ्य, निष्पक्ष र विश्वसनीय छानविनका लागि न्यायिक छानविन समिति गठन गर्नुपर्छ ।’

मधेस प्रदेशको सुनसरी, सिरहासहितका जिल्लामा उत्पन्न साम्प्रदायिक तथा धार्मिक तनाव कम गर्ने क्रममा प्रहरीको गोली लागेर तीन जनाको मृत्यु भएको थियो भने दर्जनौँ व्यक्ति घाइते भएका छन् ।