६ आश्विन २०८३, मंगलवार Tuesday, September 22, 2026
६ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar अमेरिकी प्रतिबन्धबीच उडान रोक्ने निर्देशन नआएको ‘इरान एयर’को दाबी News Polar चीनले नेपाललाई एआईयुक्त मौसम पूर्व–सूचना प्रणाली हस्तान्तरण गर्‍यो News Polar महासभाको उच्चस्तरीय राजनीतिक बहस प्रारम्भ, नेपालबाट परराष्ट्रमन्त्री सहभागी News Polar भोटेकोशी बाढी पीडितका लागि भूतपूर्व सैनिकद्वारा २४ लाख बढी सहयोग News Polar लोक कल्याणकारी विज्ञापनको बिल–बीजक बुझाउने समय थप News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar नेपाल–युगाण्डाबीच असंलग्न आन्दोलनको मन्त्रीस्तरीय बैठकबारे छलफल News Polar पर्यटन बोर्डको सीईओका लागि पूर्वमन्त्री श्रेष्ठसहित ४२ जनाको आवेदन News Polar इजरायली नागरिक अपहरण भए गाजा सहरका बासिन्दालाई धपाउने इजरायली रक्षामन्त्रीको चेतावनी News Polar इरान युद्ध, एआई र राष्ट्रसङ्घको भविष्यबीच ट्रम्पको राष्ट्रसङ्घमा पुनरागमन News Polar प्रधानमन्त्री शाहलाई कार्यकक्षबाट कार्यवाहक प्रधानमन्त्री वाग्लेद्वारा बिदाइ News Polar गगन सभापति, देउवा सम्मानित नेता बन्नुपर्छ : उपसभापति भुसाल News Polar जेन–जी आन्दोलनका सहिद परिवार र घाइतेलाई स्नातक तहसम्म निःशुल्क शिक्षा दिइने News Polar २०औँ एसियाली खेलकुदः महिला कबड्डीमा नेपाल विजयी News Polar राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान News Polar असोज ९ देखि ११ सम्म भारी वर्षा पूर्वानुमान ,विपद्को पूर्वतयारीमा जुट्न मन्त्रीद्वयको निर्देशन News Polar ‘नेतृत्व परिवर्तनको भाष्य निरर्थक’– महर News Polar एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा News Polar नेकपा संयोजन समितिको बैठकः दुई महिने राष्ट्रिय अभियान घोषणा, पार्टी एकताका लागि वार्ता टोली गठन News Polar रासायनिक मल आपूर्ति गर्न अर्थ मन्त्रालयबाट १० अर्बको स्रोत सहमति

मुन्दडाको घरमा खानतलासी गर्ने मोरङ प्रहरी प्रमुखसँग स्पष्टीकरण माग

मुन्दडाको घरमा खानतलासी गर्ने मोरङ प्रहरी प्रमुखसँग स्पष्टीकरण माग
अ+ अ-

काठमाडाैँ । कोशी प्रदेश प्रहरी कार्यालयले व्यवसायी बेनी गोपाल मुन्दडाको घरमा खानतलासी गरिएको सम्बन्धमा मोरङका प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) कवित कटवालसँग २४ घण्टे स्पष्टीकरण माग गरेको छ । कार्यालयले सो समयभित्र सम्बन्धित प्रमाण, अभिलेख र कागजातसहित लिखित स्पष्टीकरण पेश गर्न निर्देशन दिएको हो ।

विराटनगर महानगरपालिका–७, गोश्वारा रोडस्थित मुन्दडाको घरमा यही साउन १८ गते ठूलो सङ्ख्यामा प्रहरी परिचालन गरी गरिएको खानतलासी गरिएको थियो । कोशी प्रदेश प्रहरी कार्यालयले उक्त घटनाका सम्बन्धमा प्राप्त सूचना, उपलब्ध विवरण तथा प्रारम्भिक तथ्यका आधारमा प्रहरी परिचालनको वैधता, निर्णय प्रक्रिया र कार्यसम्पादनका विषयमा गम्भीर कानुनी तथा कार्यविधिगत प्रश्न उठेको जनाएको छ ।

कार्यालयले प्रहरी सङ्गठनको कार्यसम्पादन कानुनी शासन, आवश्यकताको सिद्धान्त, समानुपातिकताको सिद्धान्त, जवाफदेहिता तथा प्रचलित कानुन र प्रहरी नियमावलीअनुसार भएको सुनिश्चित हुनुपर्ने उल्लेख गरेको छ । स्पष्टीकरण पत्रमा प्रदेश प्रहरी कार्यालयले प्रहरी परिचालन कुन सूचना वा गोप्य सूचनाको आधारमा गरिएको थियो ? सूचनाको विश्वसनीयता कसरी परीक्षण गरिएको थियो ? ठूलो संख्यामा प्रहरी परिचालन गर्नुको औचित्य के थियो ? परिचालन आदेश कुन अभिलेखका आधारमा जारी गरिएको थियो ? खानतलासीका लागि आवश्यक कानुनी प्रक्रिया पूरा गरिएको थियो वा थिएन ? बरामद भएको वस्तु वा प्रमाण के थिए ? अपराधसम्बन्धी प्रमाण नपाइए पनि ठूलो संख्यामा प्रहरी परिचालन गर्नुको आवश्यकता र औचित्य के थियो ?

उक्त घटनाले उद्योगी–व्यापारी र सर्वसाधारणमा परेको प्रभावबारे धारणा मागेको छ । एसपी कटवालसँग प्रहरी म्यानुअल, आन्तरिक कार्यविधि तथा व्यावसायिक आचारसंहिताको पालना भएको पुष्टि गर्ने आधार, आफ्नो भूमिका र जिम्मेवारीको सीमा पनि स्पष्ट रूपमा खुलाउन स्पष्टीकरणमा भनिएको छ । तोकिएको अवधिमा चित्तबुझ्दो स्पष्टीकरण प्राप्त नभए वा सन्तोषजनक नदेखिए प्रहरी ऐन, प्रहरी नियमावली तथा अन्य प्रचलित कानुनबमोजिम विभागीय कारबाहीको प्रक्रिया अघि बढाइने चेतावनी पनि दिएको छ ।