३१ श्रावण २०८३, आईतवार
,
Latest
मन्त्री लम्साललाई हेलिकप्टरमार्फत धनगढी लगियो नेपाल ‘ए’ क्रिकेट टोली अष्ट्रेलियातर्फ  बस्ती पसेको बाघ नियन्त्रणमा सुदूरपश्चिममा वर्षाको सम्भावनाः सतर्कता अपनाउन आग्रह जनकपुरधामको फोहोर व्यवस्थापनमा बर्सेनि करोडौं खर्च, अहिलेसम्म छैन ल्यान्डफिल साइट गुल्मीमा दुई महिनादेखि हवाई सेवा प्रभावित मानवीय सहायताका लागि सात सयभन्दा बढी ट्रक पाकिस्तान हुँदै अफगानिस्तान भित्रिए ‘बङ्गलादेशः हसिना फिर्ता नभएसम्म प्रधानमन्त्री रहमान भारत भ्रमण नगर्ने ‘ इन्डोनेसियामा ३४१ परकम्प; भूकम्पमा मृत्यु सङ्ख्या ५१ पुग्यो, हजारौँ विस्थापित खोटाङमा स्थानीय तहको सङ्ख्या र सीमा हेरफेरसम्बन्धी छलफल सुरु
तपाईं के खोज्दै हुनुहुन्छ ?

युनाइटेडले चेल्सीलाई हरायो



अ+ अ-

काठमाडौँ । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत म्यान्चेस्टर युनाइटेडले जित निकालेको छ ।

गएराति भएको खेलमा युनाइटेडले चेल्सीलाई २–१ गोलले हराएको हो ।

घरेलु मैदान वल्ड्र ट्राफोर्डमा १४ औं मिनेटमा ब्रुनो फर्नान्डेजले गोल गर्दै युनाइटेडलाई सुरुवाती अग्रता दिलाएका थिए । उनले युनाइटेडका लागि १०० औं गोल गर्न सफल भए । २०० खेलमा उनले यो उपलब्धी हासिल गरेका हुन् ।

त्यसअघि खेलको पाँचौं मिनेटमा नै चेल्सीका गोलकिपर रोबर्टो सान्चेजले रातो कार्ड खान पुगेका थिए । उनले युनाइटेडका एम्बुएमोमाथि खराब ट्याकल गरेपछि रेफ्रिले उनलाई सिधै रातो कार्ड देखाए ।

३७ औं मिनेटमा कासेमिरोले गोल गर्दै युनइटेडको अग्रता दोब्बर पारे । उनले हेडिङमार्फत गोल गरे । तर, पहिलो हाफको इन्जुरी समयमा उनै कासेमिरो दोहोरो पँहेलो कार्डसहित रातो कार्ड खाँदै मैदानबाट बाहिरिए । उनले चेल्सीका एन्ड्री सान्तोसमाथि फउल गर्न पुगे ।

यता, ८० औं मिनेटमा ट्रेवो चालोबाले गोल गर्दै चेल्सीलाई १–२ को अवस्थामा ल्याएपनि टोलिको हार भने टार्न सकेनन् । यो नतिजापछि चेल्सी ५ खेलबाट ८ अंकका साथ तालिकाको छैटौं स्थानमा छ भने युनाइटेड ७ अंकका साथ १० औं स्थानमा छ ।