३१ श्रावण २०८३, आईतवार
,
Latest
विश्व बैंकको सहयोगमा पोखरामा दुई सडक निर्माण, एक निर्माणाधीन राष्ट्रिय ब्याडमिन्टनमा क्षितिज र प्रिन्सबीच फेरि भेट मन्त्री लम्साललाई हेलिकप्टरमार्फत धनगढी लगियो नेपाल ‘ए’ क्रिकेट टोली अष्ट्रेलियातर्फ  बस्ती पसेको बाघ नियन्त्रणमा सुदूरपश्चिममा वर्षाको सम्भावनाः सतर्कता अपनाउन आग्रह जनकपुरधामको फोहोर व्यवस्थापनमा बर्सेनि करोडौं खर्च, अहिलेसम्म छैन ल्यान्डफिल साइट गुल्मीमा दुई महिनादेखि हवाई सेवा प्रभावित मानवीय सहायताका लागि सात सयभन्दा बढी ट्रक पाकिस्तान हुँदै अफगानिस्तान भित्रिए ‘बङ्गलादेशः हसिना फिर्ता नभएसम्म प्रधानमन्त्री रहमान भारत भ्रमण नगर्ने ‘
तपाईं के खोज्दै हुनुहुन्छ ?

संविधान र लोकतान्त्रिक व्यवस्थाको रक्षाका लागि राष्ट्रिय एकता जरुरीः सिटौला



अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका सांसद कृष्णप्रसाद सिटौलाले संविधान र संघीय लोकतान्त्रिक व्यवस्थाको रक्षाका लागि राष्ट्रिय एकताको आवश्यकता रहेको बताउनुभएको छ ।

संविधान दिवसको अवसरमा शुक्रवार काठमाडौंमा आयोजित ‘मौजुवा संविधान र यसका चुनौती’ विषयक विषयक अन्तरसंवाद कार्यक्रममा बोल्दै उहाँले यस्तो धारणा राख्नुभएको हो । उहाँले जेन–आन्दोलनपश्चात मुलुकमा संविधान विपरित गतिविधि भइरहेको भन्दै लोकतान्त्रिक मूल्य र संविधानको रक्षा गर्न दलहरूबीच आपसी सहकार्यको आवश्यक भएको बताउनु भयो ।

लामो संघर्षपछि प्राप्त संविधानलाई जोगाउन राष्ट्रिय एकतालाई मजबुत बनाउँदै अगाडि बढ्न जरुरी रहेको उहाँको भनाइ छ । उहाँले राष्ट्रिय एकता नै जनता, लोकतन्त्र, संवैधानिक व्यवस्था र संविधानको सुरक्षा कवच भएको उल्लेख गर्दै जनताका मुद्दा र मागलाई सम्बोधन गर्नेगरी दलहरु परिमार्जित हुन जरुरी रहेको बताउनु भयो । सिटौलाले कार्यपालिका, व्यवस्थापिका, न्यायपालिका तथा औद्योगिक–व्यापारिक क्षेत्रहरूमा आक्रमण हुँदा मुलुकको अर्थतन्त्र नै संकटमा परेको बताउनु भयो । भ्रष्टाचार, जनआक्रोश र सामाजिक असन्तोषलाई सम्बोधन गर्न दलहरु गम्भीर हुनुपर्ने धारणा राख्नुभयो ।

उहाँले भन्नुभयो, ‘संविधान विपरित कार्य भएको छ । नेपाली काँग्रेस एकतावद्ध रहेर अन्य दलहरुसँग पनि छलफल गर्नुपर्छ भन्ने आजै बसेको बैठक भएको छ । विगत लामो समयको संघर्षबाट प्राप्त उपलब्धी र जनताको सर्वोच्चताका रुपमा रहेको संविधान जोगाउन आवश्यक छ । राष्ट्रिय एकतालाई जति बलियो बनाउन सकियो त्यो नै अहिले जनता, लोकतन्त्र, संवैधानिक व्यवस्था र संविधानको सुरक्षा कवच हुन्छ । हामी सबैले एकताबद्ध भएर कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाको मनोबल उच्च बनाउनुपर्ने भएको छ । हाम्रो पार्टीको भित्र अनेक मत होला । तर अहिले मत मतान्तर र होडबाजी गर्ने बेला नभई एकताबद्ध भएर अगाडि बढ्ने हो । यो इतिहास लामो भएको छैन । हामीले यो इतिहासलाई सम्झिएर हाम्रा गतिविधि अगाडि हुनुपर्छ । अर्को कुरा, कार्यपालिका, व्यवस्थापिका, न्यायपालिका, औद्योगिक तथा व्यापारिक केन्द्रमा आक्रमण भएको छ । यो देशको अर्थतन्त्रमाथि आक्रमण भएको छ । यसको लुटपात र तोडफोड आजसम्म भएको थिएन । यो संकटबाट देशलाई मुक्त गर्न सबैलाई सम्झाएर अगाडि बढ्नुपर्छ ।’

उहाँले जेन–जी आन्दोलनका क्रममा सरकारद्वारा गरिएको दमनको समेत विरोध गर्नुभयो ।