३१ श्रावण २०८३, आईतवार
,
Latest
विश्व बैंकको सहयोगमा पोखरामा दुई सडक निर्माण, एक निर्माणाधीन राष्ट्रिय ब्याडमिन्टनमा क्षितिज र प्रिन्सबीच फेरि भेट मन्त्री लम्साललाई हेलिकप्टरमार्फत धनगढी लगियो नेपाल ‘ए’ क्रिकेट टोली अष्ट्रेलियातर्फ  बस्ती पसेको बाघ नियन्त्रणमा सुदूरपश्चिममा वर्षाको सम्भावनाः सतर्कता अपनाउन आग्रह जनकपुरधामको फोहोर व्यवस्थापनमा बर्सेनि करोडौं खर्च, अहिलेसम्म छैन ल्यान्डफिल साइट गुल्मीमा दुई महिनादेखि हवाई सेवा प्रभावित मानवीय सहायताका लागि सात सयभन्दा बढी ट्रक पाकिस्तान हुँदै अफगानिस्तान भित्रिए ‘बङ्गलादेशः हसिना फिर्ता नभएसम्म प्रधानमन्त्री रहमान भारत भ्रमण नगर्ने ‘
तपाईं के खोज्दै हुनुहुन्छ ?

जेन जी आन्दोलनको आडमा राजनीतिक दलले ल्याएका परिवर्तनमाथि धावा बोलिँदैछः प्रकाशमान सिंह



अ+ अ-

काठमाडौं । नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले जेन जी आन्दोलनको आडमा राजनीतिक दलहरुले ल्याएका उपलब्धिहरु केही होइनन् भन्ने भाष्य सिर्जना गर्ने दुष्प्रयास भइरहेको बताउनुभएको छ ।

बिहीवार गणेशमान सिंहको २८ औं पुण्यतिथिमा आयोजित स्मृति सभालाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले प्राप्त गरेका अधिकार सुरक्षित राख्दै त्यसलाई संस्थागत गरेर आम नेपाली जनताको चाहनाअनुसार काम गर्नुपर्ने जिम्मेवारी रहेको बताउनु भयो । उहाँले जेन जीको प्रदर्शनको आडमा कोईराला निवास, कृष्णप्रसाद भट्टराईको आश्रम, सिंहदरबार, संसद भवन लगायतका सरकारी सम्पतीमा आगजनी गरिएको भन्दै यसको निष्पक्ष छानविन हुनुपर्ने माग राख्नुभयो । लोकतन्त्रमाथि खेल्ने काम नगर्न पनि चेतावनी दिनुभयो । यसमा सरकार र राजनीतिक दलहरु सतर्क हुनुपर्ने उहाँको भनाइ छ ।

नेता सिंहले भन्नुभयो, ‘हाम्रो जिम्मेवारी प्राप्त गरेका अधिकार सुरक्षित राख्दै त्यसलाई संस्थागत गरेर आम नेपाली जनताको चाहनाअनुसार काम गर्नुपर्छ । अहिलेको वर्तमान परिस्थितिमा जुन अब जेन जीको प्रदर्शन भयो । सबै भयो । अब यो आन्दोलन भयो, तर विराटनगरमा कोईराला निवास जल्ने, काठमाडौंमा चाक्सीबारी जल्ने, कृष्णप्रसाद भट्टराईजीको आश्रम जल्ने, यसले के देखाएको छ भने जेन जीको आन्दोलनको कभरअपमा यहाँ दल र दलले गरेको कन्ट्रिब्युसन केही होइन भनेर मेट्नको लागि दुष्प्रयास गरिरहेको छ । यसमा राम्रोसँग छानविन गरेर यो अन डेमोक्रेटिक प्रोसेसहरु जसले यहाँ खेल्न प्रयास गरिरहेका छन्, त्यसमा सरकार अलर्ट हुनुपर्छ ।’

नेता सिंहले लोकतन्त्रात्मक पद्धतिमा जनताले चित्त नबुझाएको कुराहरु सुधार गरेर राजनीतिक दलहरु अघि बढ्नुपर्ने बताउनु भयो । अहिलेको परिस्थितिबाट देशलाई माथि उकास्न अबका दिनमा नेपाली काँग्रेसले नेतृत्व लिएर अघि बढ्ने बताउनु भयो । जनतालाई केन्द्रबिन्दुमा राखेर अघि बढ्नुपर्ने सन्देश अहिलेको आन्दोलनले दिएको बताउनु भयो ।