३१ श्रावण २०८३, आईतवार
,
Latest
विश्व बैंकको सहयोगमा पोखरामा दुई सडक निर्माण, एक निर्माणाधीन राष्ट्रिय ब्याडमिन्टनमा क्षितिज र प्रिन्सबीच फेरि भेट मन्त्री लम्साललाई हेलिकप्टरमार्फत धनगढी लगियो नेपाल ‘ए’ क्रिकेट टोली अष्ट्रेलियातर्फ  बस्ती पसेको बाघ नियन्त्रणमा सुदूरपश्चिममा वर्षाको सम्भावनाः सतर्कता अपनाउन आग्रह जनकपुरधामको फोहोर व्यवस्थापनमा बर्सेनि करोडौं खर्च, अहिलेसम्म छैन ल्यान्डफिल साइट गुल्मीमा दुई महिनादेखि हवाई सेवा प्रभावित मानवीय सहायताका लागि सात सयभन्दा बढी ट्रक पाकिस्तान हुँदै अफगानिस्तान भित्रिए ‘बङ्गलादेशः हसिना फिर्ता नभएसम्म प्रधानमन्त्री रहमान भारत भ्रमण नगर्ने ‘
तपाईं के खोज्दै हुनुहुन्छ ?

पार्टीको नयाँ कार्यालय भवन अझै भव्य बनाइन्छः अध्यक्ष दाहाल



अ+ अ-

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले पार्टीको नयाँ कार्यालय भवन अझै भव्य बनाइने बताउनुभएको छ ।

मंगलवार पार्टी केन्द्रिय कार्यालय पेरिस डाँडा अनुगमनका लागि पुग्नुभएका अध्यक्ष दाहालले यस्तो घोषणा गर्नुभएको हो । उहाँले पार्टी कार्यालयमा ठूलो क्षति पुगेको तर सिंगो पार्टी पंक्ति, देशभित्र र बाहिरका सबै पार्टी सदस्यहरुको सहयोगमा भव्य भवन बनाइने बताउनु भयो । उहाँले पार्टीका माइन्युटहरु बँचेको र पुस्ताकालय बँच्नु राम्रो पक्ष भएको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘पार्टी काार्यलयका सबै कोठाहरुको अवलोकन हामीले ग¥यौँ । निकै ठूलो क्षति भएको देख्यौँ । पार्टीका माइन्युटहरु बँचेको भन्ने सुनेँ, त्यसको लागि यहाँ काम गर्ने साथीहरुलाई धन्यवाद छ । केही कम्प्युटर, लाइबेरी र केही रेकर्डहरु बँचेको रहेछ, त्यो बचाउन भुमिका खेल्नेहरुलाई पनि धन्यवाद । क्षति त पुग्यो तर अब पार्टीको नयाँ कार्यालय भवन सिंगो पार्टी पंक्ति, देशभित्र र बाहिरका सबै पार्टी सदस्यहरुको सहयोगमा भव्य भवन बनाइनेछ ।’

जेन जी आन्दोलनका क्रममा आन्दोलनकारीले माओवादी केन्द्रको पार्टी कार्यालयमा पनि आगजनी र तोडफोड गरेका थिए ।