३१ श्रावण २०८३, आईतवार
,
Latest
विश्व बैंकको सहयोगमा पोखरामा दुई सडक निर्माण, एक निर्माणाधीन राष्ट्रिय ब्याडमिन्टनमा क्षितिज र प्रिन्सबीच फेरि भेट मन्त्री लम्साललाई हेलिकप्टरमार्फत धनगढी लगियो नेपाल ‘ए’ क्रिकेट टोली अष्ट्रेलियातर्फ  बस्ती पसेको बाघ नियन्त्रणमा सुदूरपश्चिममा वर्षाको सम्भावनाः सतर्कता अपनाउन आग्रह जनकपुरधामको फोहोर व्यवस्थापनमा बर्सेनि करोडौं खर्च, अहिलेसम्म छैन ल्यान्डफिल साइट गुल्मीमा दुई महिनादेखि हवाई सेवा प्रभावित मानवीय सहायताका लागि सात सयभन्दा बढी ट्रक पाकिस्तान हुँदै अफगानिस्तान भित्रिए ‘बङ्गलादेशः हसिना फिर्ता नभएसम्म प्रधानमन्त्री रहमान भारत भ्रमण नगर्ने ‘
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्री कार्की नियमित आँखा जाँचका लागि तिलगङ्गा अस्पतालमा



अ+ अ-

काठमाडौँ । नवनियुक्त प्रधानमन्त्री सुशीला कार्की नियमित आँखा जाँचका लागि तिलगङ्गा अस्पताल जानुभएको छ ।

प्रधानमन्त्री कार्कीले आज तिलगङ्गा पुगी आँखाको नियमित जाँच गर्नुभएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । वरिष्ठ नेत्रविशेषज्ञ डा सन्दुक रुइटले प्रधानमन्त्री कार्कीको आँखा जाँच गर्नुभएको अस्पताल व्यवस्थापनले जनाएको छ ।

आँखाको उपचारका क्रममा तीन महिनाअघि उहाँको मोतिबिन्दु (आँखाको नानीमा जालो पर्ने एक रोग)को शल्यक्रिया गरिएको थियो ।

प्रधानमन्त्री कार्कीको आँखाको शल्यक्रिया गरेपछि नियमित जाँचका क्रममा यहाँ आउनुभएको तिलगङ्गा अस्पताल व्यवस्थापनले स्पष्ट गरेको छ ।