३१ श्रावण २०८३, आईतवार
,
Latest
विश्व बैंकको सहयोगमा पोखरामा दुई सडक निर्माण, एक निर्माणाधीन राष्ट्रिय ब्याडमिन्टनमा क्षितिज र प्रिन्सबीच फेरि भेट मन्त्री लम्साललाई हेलिकप्टरमार्फत धनगढी लगियो नेपाल ‘ए’ क्रिकेट टोली अष्ट्रेलियातर्फ  बस्ती पसेको बाघ नियन्त्रणमा सुदूरपश्चिममा वर्षाको सम्भावनाः सतर्कता अपनाउन आग्रह जनकपुरधामको फोहोर व्यवस्थापनमा बर्सेनि करोडौं खर्च, अहिलेसम्म छैन ल्यान्डफिल साइट गुल्मीमा दुई महिनादेखि हवाई सेवा प्रभावित मानवीय सहायताका लागि सात सयभन्दा बढी ट्रक पाकिस्तान हुँदै अफगानिस्तान भित्रिए ‘बङ्गलादेशः हसिना फिर्ता नभएसम्म प्रधानमन्त्री रहमान भारत भ्रमण नगर्ने ‘
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमाले नेतृ रचना खड्काले भनिन्ः जेनजीले अभिमत प्रकट गर्नु असाध्यै सकारात्मक



अ+ अ-

काठमाडौं । नेकपा (एमाले) केन्द्रीय सदस्य रचना खड्काले नयाँ पुस्ता (जेनजी) ले उठाइरहेको मुद्दा सकारात्मक रहेको बताएकी छिन् ।

सामाजिक सञ्जालमार्फत उनले आफ्नो सन्देश दिँदै राजनीतिक आन्दोलनमा संलग्न हुँदा अघिल्ला पुस्ताले भविष्यमा नयाँ पुस्ताले निरंकुश शासनको विरुद्धमा लड्नु नपरोस् भन्ने आशा गरेको उल्लेख गरेकी छन् ।

वर्तमान पुस्ताले व्यवस्था परिवर्तनको लडाइँ लड्नु नपरेपनि राजनीति केवल व्यवस्था परिवर्तनमा सीमित नभई न्याय, समानता, सुशासन, समुन्नत नेपाल र राष्ट्रिय स्वाभिमानसहित ‘परिपूर्ण लोकतन्त्र’ निर्माणमा केन्द्रित हुनुपर्ने उनको धारणा छ ।

खड्काले नयाँ पुस्ताले सामाजिक–राजनीतिक चेतना अभिव्यक्त गर्ने क्रममा परिपक्वता देखाइरहेको भन्दै प्रसंशा गरिन् । उनले भनेकी छन्, “तपाईंहरुको पुस्ताले यस्ता मुद्दाहरुमामा आफ्नो अभिमत जसरी प्रकट गरिरहनु भएको छ, यो असाध्यै सकारात्मक छ । आशा छ, यस चेतलाई कसैले पनि दलीय राजनीतिक उद्देश्य पूर्तिको माध्यम बनाउने छैनन् ।”

उनले फेसबुकमा लेखेकी छन्ः
प्रिय  Gen-Z
हाम्रो पुस्ता राजनीतिक आन्दोलनमा जोडिँदा हामी भन्ने गर्दथ्यौ – हामी भन्दा पछिल्लो पुस्ताले निरंकुश शासन ब्यबस्थाको बिरुद्ध लड्नु नपरोस । जन्मदै प्रजा भएर जन्मन नपरोस ।

नभन्दै तपाइँहरुको पुस्ता यसमा लड्नु परेन । तर राजनीति भनेको ब्यबस्था परिवर्तन मात्रै अबश्य हैन । यो राजनीतिक ब्यबस्थालाई न्याय, समानता, शुसाशन, समुन्नत नेपाल र राष्ट्रिय स्वाभीमान अर्थात ुपरिपुर्ण लोकतन्त्रु सहितको बनाउने एजेन्डा अब हाम्रो साझा एजेन्डा हुनुपर्दछ । तपाईंहरुको पुस्ताले यस्ता मुद्दाहरुमा आफ्नो अभिमत जसरी प्रकट गरिरहनु भएको छ यो असाध्यै सकारात्मक छ

आशा छ तपाइहरुको यो चेतलाई कसैले पनि आफ्नो दलीय राजनीतिक उद्देश्य परिपुर्तिको माध्यम बनाउने छैनन । तपाइहरुको पुस्ताले यो परिपक्वता देखाउनेछ । जसरी आजको तपाइहरुको उमेरमा हुँदा अघिल्ला पुस्ताहरुले पनि आफ्नो समय अनुसारको जिम्मेवारि सोही अनुसार पूरा गरेका थिए ।