२७ जेष्ठ २०८३, बुधबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

हामी अलग अलग भएपनि एकसाथ लड्छौँ, एकसाथ मर्छौंः महन्थ ठाकुर



अ+ अ-

काठमाडौँ । लोकतान्त्रिक समाजवादी पार्टी, नेपालका अध्यक्ष महन्थ ठाकुरले मधेसी नागरिकलाइ भगाउने प्रयास भइरहेको आरोप लगाउनुभएको छ ।

संघीय लोकतान्त्रिक मोर्चाले जनकपुरधाममा शुक्रवार आयोजना गरेको वर्तमान राजनीतिक अवस्थाः जनजागरण अभियानलाई सम्बोधन गर्दै उहाँले यस्तो आरोप लगाउनुभएको हो । उहाँले मधेसी नागरिकलाई भगाउने प्रयास हुँदा आफूहरु एक भएको बताउनु भयो । मधेसी राजनीतिक दलहरुको एउटै आवाज रहेको बताउँदै अलग अलग पार्टी भएपनि मधेसी मुद्दामा एकै ठाउँमा रहेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘हामीलाई भगाउने प्रयास भइरहेको छ । त्यसैले हामी एक ठाउँमा उभिएका छौँ । हाम्रो एउटै आवाज छ, हामी अलग अलग भएर पनि एक साथ लड्छौँ । एकसाथ मर्छौं त्यसैले यहाँ जम्मा भएका छौँ । यो आवश्यकता हो । आपसमा चाहे जतिसुकै मतभेद होस्, एक भएर हामी लड्छौँ । मधेसको मामिलामा हामी एक छौँ र अन्तिमसम्म एक भएर लडिरहन्छौँ ।’

अध्यक्ष ठाकुरले मधेसको मामिलामा आफूहरु एक रहेको र अन्तिमसम्म एक भएर लड्ने बताउनु भयो ।