३१ श्रावण २०८३, आईतवार
,
Latest
विश्व बैंकको सहयोगमा पोखरामा दुई सडक निर्माण, एक निर्माणाधीन राष्ट्रिय ब्याडमिन्टनमा क्षितिज र प्रिन्सबीच फेरि भेट मन्त्री लम्साललाई हेलिकप्टरमार्फत धनगढी लगियो नेपाल ‘ए’ क्रिकेट टोली अष्ट्रेलियातर्फ  बस्ती पसेको बाघ नियन्त्रणमा सुदूरपश्चिममा वर्षाको सम्भावनाः सतर्कता अपनाउन आग्रह जनकपुरधामको फोहोर व्यवस्थापनमा बर्सेनि करोडौं खर्च, अहिलेसम्म छैन ल्यान्डफिल साइट गुल्मीमा दुई महिनादेखि हवाई सेवा प्रभावित मानवीय सहायताका लागि सात सयभन्दा बढी ट्रक पाकिस्तान हुँदै अफगानिस्तान भित्रिए ‘बङ्गलादेशः हसिना फिर्ता नभएसम्म प्रधानमन्त्री रहमान भारत भ्रमण नगर्ने ‘
तपाईं के खोज्दै हुनुहुन्छ ?

उखु किसानका मागहरु सम्बोधन गर्न एमाले सांसद महतोद्वारा सरकारको ध्यानाकर्षण



अ+ अ-

काठमाडौँ । नेकपा (एमाले)का सांसद जुलीकुमारी महतोले उखु किसानका मागहरु सम्बोधान गर्न सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।

प्रतिनिधि सभाको बुधवारको बैठकमा बोल्दै उहाँले यस्तो ध्यानाकर्षण गराउनुभएको हो । उहाँले किसानको लागत र मेहनतको प्राथमिकता राखेर उखुको मूल्य निर्धारण गर्न तथा अनुदान वितरणमा रहेको अपारदर्शिता हटाउन समेत सरकारसँग माग गर्नुभयो ।

उहाँले किसानहरू सधैं आफ्नो पसिनाको मूल्य प्राप्तिका लागि सडकमा आउनुपर्ने बाध्यता अन्त्य गर्न समेत माग गर्नुभयो । उहाँले सरकारलाई किसानमैत्री अनुदान, सिंचाई सुविधा र चुरे संरक्षणको ठोस कार्यक्रम ल्याउन आग्रह गर्नुभयो । उहाँले चुरे संरक्षणमा भएको लापरवाहीका कारण मधेशमा ठूलो समस्या उत्पन्न भएको भन्दै यसबारे गम्भीर कदम चाल्नुपर्नेमा जोड दिनुभयो ।

उहाँले भन्नुभयो, ‘उखु किसानको पीडा सरकारले अबमूल्यन गर्न मिल्दैन । उखुको मूल्य राख्दा किसानको लागत र मेहेनतलाई प्राथमिकतामा राखेर अनुदान र वितरणको ढिलाई र अपारदर्शीताको कमीका कारण किसानहरु असन्तुष्ट भएका छन् । उखु किसानको समस्या सरकारले समाधान गरोस् । सधैंजसो आफ्नो पसिनाको मूल्यका लागि सडकमा पुग्नुपर्ने बाध्यताको अन्त्य होस् ।

किसालाई धोका होइन, संरक्षण चाहिन्छ । किसानहरुको समस्या सुन्ने र समाधान गर्ने संस्कारको विकास गर्नुपर्छ । अनिमात्रै समृद्धिको सपना पूरा हुन्छ सभामुख महोदय । त्यसैले किसानमैत्री अनुदान, सिंचाई र चुरे संरक्षणको ठोस कार्यक्रम ल्याउन सरकारको ध्यानाकर्षण गराउन चाहान्छु । चुरे संरक्षणमा गरेको लापरवाहीकै कारण आज मधेशले ठुलो समस्या भोग्नु परिरहेको छ ।’

उहाँले प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमण राष्ट्रिय हित र सार्वभौमिकताका सवालमा महत्वपूर्ण सावित हुने विश्वास व्यक्त गर्नुभयो ।