३ भाद्र २०८३, बुधबार
,
Latest
मानवीय सेवामा जिम्मेवार र कर्तव्यनिष्ठ भएर लाग्न गृहसचिव श्रेष्ठको आग्रह किरण थापालाई समर्थनबारे बुझाइएको पत्र आधिकारिक नभएको राप्रपाको स्पष्टोक्ति ‘केटीएम पब्लिक ट्रान्सपोर्ट’ एप सार्वजनिक, १ हजार २ सय सवारी जीपीएसमा जोडिए ओभरलोड र पानी चुहाउने ट्रकका कारण कलंकी–नागढुङ्गा सडक जोखिममा सरकारी कार्यालयमा अनुशासन कडाइ, ११ हजार कर्मचारी कारबाहीको दायरामा राहदानी ऐन संशोधन विधेयक : के–के बदलिँदैछन् ? भद्रकाली मन्दिर परिसरको पुनर्निर्माण तीव्रगतिमा ‘इतिहास नपढी ३५ वर्षलाई गाली गरेर मात्र देश चल्दैन’: नेकपा सांसद विष्ट गोर्खाली सैनिकको साहस र योगदानको भारतीय सेनाध्यक्षद्वारा प्रशंसा रेडक्रसलाई तदर्थवादबाट मुक्त गरी अतिक्रमित सरकारी जग्गा फिर्ता ल्याउन सांसद शाहीको माग
तपाईं के खोज्दै हुनुहुन्छ ?

अमेरिकामा महिला फुटबल खेलाडीमाथि विभेद, बराबर तलब दिनु पर्दैन– अदालत



अ+ अ-

संयुक्तराज्य अमेरिकाको एक अदालतले अमेरिकी महिला फुटबल खेलाडीहरुलाई पुरुष सरह तलब दिनु नपर्ने फैसला गरेको छ । महिला खेलाडीहरुले आफूहरुलाई कम तलब दिएको गुनासो गर्दै अदालतमा दायर गरेको मुद्दा नै खारेज भएको छ । महिला फुटबल टिममा आबद्ध २८ जना खेलाडीले गत वर्ष अमेरिकी फुटबल महासंघ विरुद्ध मुद्दा दायर गरेका थिए । 
समान ज्याला ऐन बमोजिम आफूहरुले ६ करोड ६० लाख अमेरिकी डलर क्षतिपूर्ति पाउनु पर्ने दाबी गरिएको थियो ।

खेलाडीका तर्फकी प्रवक्ता मोल्ली लेभिन्सनले आफूहरुले अदालतको आदेशविरुद्ध अपिल गर्ने बताएकी छिन् । लेभिन्सनले भनिन्, “अदालतको फैसलाबाट हामीहरु अति बेखुशी छौं । हामी समान ज्यालाका लागि अझै लड्ने छौं ।” अदालतको आदेशमा भनिएको छ, “महिला टिमले समग्रमा र प्रति खेलका आधारमा हिसाब गर्दा पुरुषभन्दा बढी भुक्तानी भाइरहेका छन् ।”
अमेरिकी महिला टिमले गत वर्ष महिला विश्व कप जितेको थियो । यो सहित अमेरिकी टोली चार पटक विश्व च्याम्पियन बनिसकेको छ ।

महिला टिमले ५ पटक ओलम्पिक स्वर्ण पदक पनि जितेको छ । अदालतको आदेशपछि ट्वीट गर्दै अमेरिकी टोलीकी अग्रपंक्तिकी खेलाडी मेगान रापिनोले भनेकी छिन्ः “समानताको हकका लागि आफूहरुको आन्दोलन जारी रहनेछ ।” अमेरिकी फुटबल महासंघले सकारात्मक नतिजाका लागि खेलाडीसँग बसेर नयाँ मार्ग कोर्न आफूहरु तयार रहेको जनाएको छ ।