१ पुष २०८२, मंगलवार
,
Latest
नेपाल आउने भारतीय र भारत जाने नेपालीले प्रतिव्यक्ति भा.रु. २५ हजारसम्म बोक्न पाउने रेडपाण्डा म्याराथनः पुरुषतर्फ गजेन्द्र र महिलातर्फ निर्मलाले उपाधि जिते दोहोरो अङ्कले बढ्यो नेप्से परिसूचक सभापति देउवा र नेता कोइरालाबीच भेट जेनजी सुशासन योद्धा: भट्ट परिवारको सहारा, कान्छो ढल्यो… भृकुटीमण्डपमा एमालेको ११ औं राष्ट्रिय महाधिवेशन (तस्बिरहरु) वैदेशिक रोजगारमा हुने ठगी रोक्न श्रम मन्त्रालयले ‘हेल्प टु हेल्प १० सेल’ सञ्चालनमा ल्याउने सडक पीडित श्रेष्ठ भन्छन् – हामी सुकुम्वासी हुने भयौँ ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा बिलबिजक नभएको सामानसहित पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

अमेरिकामा महिला फुटबल खेलाडीमाथि विभेद, बराबर तलब दिनु पर्दैन– अदालत



अ+ अ-

संयुक्तराज्य अमेरिकाको एक अदालतले अमेरिकी महिला फुटबल खेलाडीहरुलाई पुरुष सरह तलब दिनु नपर्ने फैसला गरेको छ । महिला खेलाडीहरुले आफूहरुलाई कम तलब दिएको गुनासो गर्दै अदालतमा दायर गरेको मुद्दा नै खारेज भएको छ । महिला फुटबल टिममा आबद्ध २८ जना खेलाडीले गत वर्ष अमेरिकी फुटबल महासंघ विरुद्ध मुद्दा दायर गरेका थिए । 
समान ज्याला ऐन बमोजिम आफूहरुले ६ करोड ६० लाख अमेरिकी डलर क्षतिपूर्ति पाउनु पर्ने दाबी गरिएको थियो ।

खेलाडीका तर्फकी प्रवक्ता मोल्ली लेभिन्सनले आफूहरुले अदालतको आदेशविरुद्ध अपिल गर्ने बताएकी छिन् । लेभिन्सनले भनिन्, “अदालतको फैसलाबाट हामीहरु अति बेखुशी छौं । हामी समान ज्यालाका लागि अझै लड्ने छौं ।” अदालतको आदेशमा भनिएको छ, “महिला टिमले समग्रमा र प्रति खेलका आधारमा हिसाब गर्दा पुरुषभन्दा बढी भुक्तानी भाइरहेका छन् ।”
अमेरिकी महिला टिमले गत वर्ष महिला विश्व कप जितेको थियो । यो सहित अमेरिकी टोली चार पटक विश्व च्याम्पियन बनिसकेको छ ।

महिला टिमले ५ पटक ओलम्पिक स्वर्ण पदक पनि जितेको छ । अदालतको आदेशपछि ट्वीट गर्दै अमेरिकी टोलीकी अग्रपंक्तिकी खेलाडी मेगान रापिनोले भनेकी छिन्ः “समानताको हकका लागि आफूहरुको आन्दोलन जारी रहनेछ ।” अमेरिकी फुटबल महासंघले सकारात्मक नतिजाका लागि खेलाडीसँग बसेर नयाँ मार्ग कोर्न आफूहरु तयार रहेको जनाएको छ ।