३१ श्रावण २०८३, आईतवार
,
Latest
विश्व बैंकको सहयोगमा पोखरामा दुई सडक निर्माण, एक निर्माणाधीन राष्ट्रिय ब्याडमिन्टनमा क्षितिज र प्रिन्सबीच फेरि भेट मन्त्री लम्साललाई हेलिकप्टरमार्फत धनगढी लगियो नेपाल ‘ए’ क्रिकेट टोली अष्ट्रेलियातर्फ  बस्ती पसेको बाघ नियन्त्रणमा सुदूरपश्चिममा वर्षाको सम्भावनाः सतर्कता अपनाउन आग्रह जनकपुरधामको फोहोर व्यवस्थापनमा बर्सेनि करोडौं खर्च, अहिलेसम्म छैन ल्यान्डफिल साइट गुल्मीमा दुई महिनादेखि हवाई सेवा प्रभावित मानवीय सहायताका लागि सात सयभन्दा बढी ट्रक पाकिस्तान हुँदै अफगानिस्तान भित्रिए ‘बङ्गलादेशः हसिना फिर्ता नभएसम्म प्रधानमन्त्री रहमान भारत भ्रमण नगर्ने ‘
तपाईं के खोज्दै हुनुहुन्छ ?

राज्य व्यवस्था तथा सुशासन समिति सभापतिको प्रतिवद्धताः निष्पक्ष, पारदर्शी र परिणाममुखि कार्यशैली अवलम्वन गर्छु



अ+ अ-

काठमाडौँ । नवनिर्वाचित संघीय संसद प्रतिनिधि सभा राज्य व्यवस्था तथा सुशासन समितिका सभापति ईश्वरीदेवी न्यौपानेले आफूले निष्पक्ष, पारदर्शी र परिणाममुखि कार्यशैली अवलम्वन गर्ने बताउनुभएको छ ।

समितिको मंगलवार सिंहदरबारमा बसेको बैठकमा बोल्दै उहाँले समितिलाई सबै सांसदहरुको मत लिएर अघि बढाउने प्रतिवद्धता व्यक्त गर्नुभएको हो । उहाँले आफूबाट काम गर्ने क्रममा गल्ती भए सच्याउनका लागि तत्काल सुुझाव दिन पनि सबै सांसदहरुलाई आग्रह गर्नुभयो । विधेयक निर्माण, सुशासन र जनताको पक्षमा काम गर्न आफू एककदम पनि पछाडि नहटने सभापति न्यौपानेको भनाई थियो । उहाँले हरेक सांसदका कुरालाई सुनेर आफू अघि बढन चाहेको पनि बताउनु भयो ।

सभापति न्यौपानेले भन्नुभयो, ‘समितिलाई व्यवस्थित ढंगले चलाउ भन्ने नै मेरो कोशिस हुन्छ । म सफल हुनु भनेको फेरी म एक्लो सफल हुुन होइन नि । सिंगो समिति नै सफल हुनु हो, तपाईहरु पनि सफल हुनु हो । तपाईहरु सबै एक्टिभ भएर मात्रै सिंगो समिति सफल हुने हो । व्यक्तिगत रुपमा सफल हुने भन्ने कुरा होइन । त्यसैले माननीयजीहरु खुला रुपले म पनि मान्छु हुँ । मेरो पनि गल्ती कमजोरी हुनसक्छ । खुला रुपले मलाई तपाईहरुले भन्न पनि सक्नु हुन्छ । जे पनि मलाई भन्न सक्नु हुन्छ ।

किनभने यहाँ विधेयक बनाउने कुरा, सुशासनको कुरा, जनताको पक्षमा कुरा त्यो गर्नलाई म एककदम पनि पछाडि हटने छैन । तपाईहरुको साथमा छु । त्यसैले माननीय सदस्यज्यूहरु यहाँहरुले प्रकट गर्नु भएको शुभकामना र बधाईका लागि धन्यवाद प्रकट गर्दछु । यहाँहरुको सुभेच्छा र विश्वासले मलाई थप उत्साह र जिम्मेवारी बोध गराएको छ । आगामी दिनमा समितिको बैठकमा हामी सबैको सहयोको अपेक्षा गरेको छु । हरेक माननीयको विचार र सुझावलाई सम्मान गर्दै निष्पक्ष, पारदर्शी र परिणाममुखि कार्यशैलीलाई म निरन्तर अगाडि बढाउने संकल्प गर्दछु । तपाईहरुको निरन्तर सहयोगको अपेक्षा गरेको छु ।’

सभापति न्यौपानेले आफूले काम गर्ने क्रममा सांसदहरुमाथि विभेद गर्ने कुनै मनशाय नराख्ने पनि बताउनु भयो ।