१९ मंसिर २०८२, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

रुपन्देही -३ मा राप्रपा नेपालबाट अर्जुन थापा सिफारिस



अ+ अ-

काठमाडौं। रुपन्देही–३ मा हुन गइरहेको उपनिर्वाचनमा राप्रपा नेपालले अर्जुन थापा ‘काल’ लाई उम्मेदवारको रुपमा अघि सारेको छ ।

जिल्ला कार्य समितिको सिफारिस बमोजिम पार्टीको लुम्बिनी बिकास क्षेत्र समन्वय समितिले थापालाई उम्मेदवारको रुपमा केन्द्रमा आज एकल सिफारिस गरेको हो ।

राप्रपा नेपालका महामन्त्री राजाराम बर्तौलाका अनुसार क्षेत्रीय समन्वय समितिको सिफारिस केन्द्रमा आएको जानकारी दिदै केही दिनभित्रै उम्मेदवारी बारे केन्द्रले निर्णय गर्ने बताए ।