१६ भाद्र २०८३, मंगलवार
,
Latest
कालीगण्डकी करिडोर र मदन भण्डारी राजमार्ग अवरुद्ध जलवायु परिवर्तनको प्रभावलाई पनि राखेर हेर्दा यो जोखिम अहिले भोटेकोसी र रसुवामा आएको जोखिममा मात्र… प्रतिनिधिसभा बैठक बुधबार बस्दै भोटेकोशी बाढी : चार हजार २७० जनाको उद्धार, चार हजार ५९९ अझै बेपत्ता झाङ्मु पोर्ट अनिश्चितकालको लागि बन्द सुदूरपश्चिमका नागरिकको उद्धारमा जुट्न मुख्यमन्त्री भट्टको निर्देशन पोखरामा भोटेकोशी बाढीमा ज्यान गुमाएका १६ जनाको सनाखत, अन्य शवको व्यवस्थापन गरिँदै (तस्बिरहरु) जुम्ला उद्योग वाणिज्य संघले बाढीपीडितलाई सहयोग बाढीपीडितका लागि मधेस सरकारले आज दोस्रो चरणको राहत पुर्‍याउँदै बाढीले ३५ भन्दा बढी पुल बगाउँदा गल्छीको पुल कसरी जोगियो ?
तपाईं के खोज्दै हुनुहुन्छ ?

गायिका रिया खत्रीको ‘कोशेली’ म्युजिक भिडियो सार्वजनिक



अ+ अ-

काठमाडौँ। गायिका तथा मोडल रिया खत्रीको नयाँ एकल म्युजिक भिडियो सार्वजनिक भएको छ ।

आज यहाँ सार्वजनिक गरिएको ‘कोशेली केरा चाहिन्छ’ नामक गीतमा रिया खत्री र कलाकार विश्वास नेपालको स्वर रहेको छ । गीतमा राजेश नेपाल बबिनको शब्द रहेको छ भने विश्वास नेपालले सङ्गीत दिनुभएको छ । भिडियोको निर्देशन निर्देशक प्रकाश भट्टले गर्नुभएको छ ।

गीतमा गायिका रिया खत्रीसँगै मोडल लोमस शर्माले अभिनय गर्नुभएको छ । गायिका तथा मोडल खत्रीले विगतमा जस्तै आफ्नो कोशेलीलाई दर्शकले मन पराउने विश्वास व्यक्त गर्नुभएको छ ।

उहाँले हालसम्म एक दर्जनभन्दा बढी म्युजिक भिडियोमा स्वर र अभिनय गर्दै नेपाली साङ्गीतिक क्षेत्रमा आफ्नो पहिचान बनाउनुभएको छ ।रासस