९ भाद्र २०८३, मंगलवार
,
Latest
प्रदेशवासीको मुद्दा प्राथमिकतामा राखिने छ : मुख्यमन्त्री थापामगर प्रदेश तथा स्थानीय सरकारको अन्तरसम्बन्ध सुदृढीकरण गर्छौँ : मुख्यमन्त्री शाही गाजाका बासिन्दालाई धपाउने इजरायली धम्की ‘अत्यन्त आपत्तिजनक’ : राष्ट्रसङ्घ १७ हजार भेन्टिलेटर खरिदमा सम्भावित ठगीः हङ्गेरीमा आपराधिक उजुरी सुर्तीजन्य पदार्थको लत छाड्दै सेवनकर्ता सीमा सुरक्षामा कुनै कमीकमजोरी हुनुहुँदैन : सशस्त्र महानिरीक्षक पौडेल राष्ट्रपति पौडेलबाट चाँगुनारायणको कलश यात्राको कलशमा छाँया दर्शन पोखरा–दुबई उडान दिगो बनाउन पर्यटन व्यवसायीको अग्रसरता सगरमाथा आरोही सङ्घको अध्यक्षमा पोखरेल निर्वाचित सूचना प्रविधि क्षेत्र लगानी बढाउनुहोस्, सरकार साथमा छ: अर्थमन्त्री डा. स्वर्णिम वाग्ले
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘कुमारी’ घोषणामा टुँडिखेलमा प्रत्यक्ष गाइएको गीत ‘कहाँ छौ’ युट्युबमा रिलिज



अ+ अ-

काठमाडौं। दुई दिन अघि काठमाडौंको टुँडिखेलमा नेपाली चलचित्र ‘कुमारी’ घोषणा कार्यक्रममा प्रत्यक्ष गाउँदै सार्वजनिक गरिएको गीत ‘कहाँ छौ’लाई इन्टरनेटमा सार्वजनिक गरिएको छ।

चलचित्र घोषणाको लागि नै उक्त गीतलाई ‘केहर एन्ड द लुङ्गा’ ब्यान्डले प्रत्यक्ष प्रस्तुत गरेको थियो। यो गीत ‘कुमारी’ चलचित्रको एक प्रमुख गीत हो। गीतलाई चलचित्रको डिजिटल वितरक केन्द्र मोशन पिक्चर्स मार्फत सार्वजनिक गरिएको हो।

यस गीतमा यही चलचित्रबाट पार्श्व गायनमा डेब्यु गरेका गायक केहर सिंह लिम्बुको स्वर रहेको छ। यसमा उनको ब्यान्ड सदस्यहरूको शब्द तथा सङ्गीत रहेको छ। गीतको भिडियोमा चलचित्रको घोषणा, पोस्टर अनावरण र कलाकार परिचयसमेत समावेश गरिएको छ।

यसअघि ‘आइ एम सरी’, ‘नोभेम्बर रेन’, ‘क्लासिक’जस्ता हिट प्रेमकथाका फिल्म निर्देशन गरेका थिए भने पछिल्ला वर्षमा ‘पर्व’, ‘प्रसाद’, ‘प्रकाश’ र ‘पुजार सार्की’जस्ता सामाजिक मुद्दा उठाउने चलचित्र निर्देशन गरेका दिनेश राउतले ‘कुमारी’को निर्देशन गर्दैछन्।

मङ्गलवारबाट छायाङ्कन सुरु हुने यो चलचित्र प्रेमकथामा आधारित छ, जसमा अबिशेक खड्का र आकृति राजभन्डारीले अभिनय गर्नेछन्। दुवै कलाकारले यही चलचित्रबाट प्रमुख भूमिकामा डेब्यु गरेका हुन्।

चलचित्रमा अबिशेक र आकृतिसहित घनश्याम जोशी, सुनिता श्रेष्ठ, आकाङ्क्षा कार्की, मधु खड्का, सनम श्रेष्ठ, सकु शाह, सरोज लामिछाने, मनीषा शर्मा, भूपी लुहारलगायतका कलाकारको पनि अभिनय रहनेछ।

‘कुमारी’को निर्माण बिनिश इन्टरटेन्मेन्टले गर्दैछ भने पिक्चर फ्रेम सह निर्माता रहेको छ। निर्माता महेन्द्र अधिकारी, लेखक विकास सुवेदी, र छायाङ्कन निर्देशक सुसन प्रजापति रहेका छन्।

यस चलचित्रमा चार वटा गीत समावेश हुनेछन्। अन्य गीतमा गीतमा केहर सिंह लिम्बुको ब्यान्ड ‘केहर एन्ड द लुङ्गा’सँगै प्रशान्त सिवाकोटीले सङ्गीत गर्नेछन् भने शब्द सागर लामिछाने मगर, सुमन तामाङ र युवराज काफ्लेले लेखेका छन्।