१० श्रावण २०८३, आईतवार
,
Latest
संवैधानिक राजसंस्था र हिन्दु राष्ट्रको माग गर्दै भदौ अन्तिम सातादेखि आन्दोलन गर्ने प्रजातान्त्रिक पार्टी नेपालको… सीमा अपराध नियन्त्रण र राजस्व चुहावट नियन्त्रणमा नतिजामुखी काम गर्न निर्देशन सीमा अपराध नियन्त्रण र राजस्व चुहावट नियन्त्रणमा नतिजामुखी काम गर्न निर्देशन ग्रीसमा हुने अन्तर्राष्ट्रिय फोटो महोत्सवका लागि फोटो पत्रकार सुशील श्रेष्ठका तीन तस्बिर थानाभर्‍याङ क्षेत्रमा पुरुष मृत अवस्थामा फेला जलसम्पदालाई राष्ट्रिय समृद्धिको आधार बनाउनुपर्छः अध्यक्ष यादव मोबाइल नदिएको निहुँमा साथीको हत्या झापामा गत आवमा ३९३ लागुऔषधका मुद्दा दर्ता कञ्चनपुरमा भारत सरकारको सहयोगमा विद्यालय भवन रोल्पामा पहिरोमा पुरिएर बेपत्ता भएका दुई जनाको शव भेटियो
तपाईं के खोज्दै हुनुहुन्छ ?

महिला क्रिकेट विश्वकपको पुरस्कार रकम पुरुषको भन्दा बढी



अ+ अ-

काठमाडौँ । महिला एकदिवसीय विश्वकप २०२५ मा पुरस्कार रकम पुरुषहरूभन्दा बढी हुने भएको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले सोमबार यसबारे घोषणा गरेको छ ।

३० सेप्टेम्बरदेखि भारत र श्रीलंका आयोजना हुने प्रतियोगितामा कुल १३.८८ मिलियन अमेरिकी डलर (करिब १९५ करोड रुपैयाँ) पुरस्कार वितरण हुने छ । च्याम्पियन टोलीले ४.४८ मिलियन डलर (करिब ६२ करोड रुपैयाँ) पाउनेछ, जुन अहिलेसम्मको सबैभन्दा ठूलो पुरस्कार हो ।

उपविजेता टोलीले २.२४ मिलियन डलर (करिब ३२ करोड रुपैयाँ) पाउनेछ भने सेमीफाइनलमा हारेका टोलीहरूलाई समेत १.१२ मिलियन डलर (करिब १६ करोड रुपैयाँ) वितरण गरिनेछ । समूह चरणको जितमा प्रत्येक टोलीलाई ३४,३१४ डलर (करिब ४८ लाख रुपैयाँ) दिइनेछ ।

कुल आठ शीर्ष टोलीले प्रतिस्पर्धा गर्ने यस प्रतियोगिताको पुरस्कार रकमलाई चार गुणा बढाइएको छ ।