२० मंसिर २०८२, शनिबार
,
Latest
दाङको लमही बजारमा दिनदहाडै सुनचाँदी पसलमा गोली प्रहार पोखराविरुद्ध टस जितेर चितवन ब्याटिङमा दोहा फोरम: वैश्विक चुनौतीको सामना गर्न संवादको मञ्च टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै विपद्मा दमकल र एम्बुलेन्ससँगै परिचालन हुने व्यवस्था गरेका छौंः चिरिबाबु महर्जन सुदूरपश्चिममाथि सानदार जितका साथ विराटनगरले पहिलो क्वालिफायर खेल्ने नेपालको साना तथा मझौला व्यवसायमा चिनियाँ चासोः दुईपक्षीय व्यापार प्रवर्द्धनमा सहकार्य गर्न इच्छुक निर्माण व्यवसायी महासंघद्वारा एफक्यान रोड रेस आयोजना, धावकहरूको उत्साहजनक सहभागिता सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

महिला क्रिकेट विश्वकपको पुरस्कार रकम पुरुषको भन्दा बढी



अ+ अ-

काठमाडौँ । महिला एकदिवसीय विश्वकप २०२५ मा पुरस्कार रकम पुरुषहरूभन्दा बढी हुने भएको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले सोमबार यसबारे घोषणा गरेको छ ।

३० सेप्टेम्बरदेखि भारत र श्रीलंका आयोजना हुने प्रतियोगितामा कुल १३.८८ मिलियन अमेरिकी डलर (करिब १९५ करोड रुपैयाँ) पुरस्कार वितरण हुने छ । च्याम्पियन टोलीले ४.४८ मिलियन डलर (करिब ६२ करोड रुपैयाँ) पाउनेछ, जुन अहिलेसम्मको सबैभन्दा ठूलो पुरस्कार हो ।

उपविजेता टोलीले २.२४ मिलियन डलर (करिब ३२ करोड रुपैयाँ) पाउनेछ भने सेमीफाइनलमा हारेका टोलीहरूलाई समेत १.१२ मिलियन डलर (करिब १६ करोड रुपैयाँ) वितरण गरिनेछ । समूह चरणको जितमा प्रत्येक टोलीलाई ३४,३१४ डलर (करिब ४८ लाख रुपैयाँ) दिइनेछ ।

कुल आठ शीर्ष टोलीले प्रतिस्पर्धा गर्ने यस प्रतियोगिताको पुरस्कार रकमलाई चार गुणा बढाइएको छ ।