२७ जेष्ठ २०८३, बुधबार
,
Latest
सरकारी जग्गा कब्जा गरी भाडा नतिर्ने उद्योगविरुद्ध मन्त्री यादवको कडा कदम, एकै दिनमा १२ भन्दा… टर्कियेमा अवैध अनलाइन जुवाविरुद्धको कारबाहीः ४७ जना पक्राउ, विमानस्थलमा बच्चाको डायपरभित्र लुकाइएको नगद बरामद भन्सार दर र ‘गायब १६ पाना’को विवादमा अर्थमन्त्री डा. वाग्लेको स्पष्टीकरणः ‘चियाको कपमा तुफान ल्याउन… आर्थिक विधेयकमा गरिएका संशोधनहरू जनहित र प्राविधिक सुधारका लागि हुन्, राजनीतिक रङ दिनु गलत छः… अर्थ समितिमा अर्थमन्त्रीको आक्रोश: संगठित रुपमा अफवाह फैलाईयो करको दर हेरफेर गर्ने अधिकार सरकारसँग सुरक्षित छः अर्थमन्त्री डा. वाग्ले इरानद्वारा अमेरिकी हेलिकप्टर खसालिएको ट्रम्पको दाबी, जवाफ दिने चेतावनी ‘जहाँ तीन विद्यार्थीका कारण विद्यालय छ’ समूह ‘के’: रोनाल्डो र पोर्चुगललाई समूहमै कोलम्बिया,उज्वेकिस्तान र कंगोको चुनौती प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची
तपाईं के खोज्दै हुनुहुन्छ ?

सरकार सत्ताकब्जा गर्नेतिर लाग्यो, हामी आन्दोलनमा जान्छौंः अग्नि सापकोटा



अ+ अ-

काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र)का उपाध्यक्ष अग्निप्रसाद सापकोटाले सरकारविरुद्ध आन्दोलन गर्ने बताउनुभएको छ ।

अखिल नेपाल ट्रेड युनियन महासंघले सोमबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उहाँले सरकार निरंकुशतातर्फ गएकाले आफ्नो पार्टीले आन्दोलनमा जाने तयारी रहेको बताउनुभएको हो ।

उपाध्यक्ष सापकोटाले संसदमा पार्टीको संख्या पनि कम भएकाले सरकारलाई दवाव दिन जनतालाई जागृत गर्न पनि सडक आन्दोलनमा जानुको विकल्प नरहेको तर्क गर्नुभयो । सरकारविरुद्ध आन्दोलनमा जानुपर्ने अवस्था आएको त्यसको तयारी रहन पनि उहाँले पार्टीका नेता, कार्यकर्तालाई आह्वान गर्नुभयो ।  सरकार अधिनायकवाद, तानाशाही र निरंकुशतातिर गईरहेकाले आफूहरुले जनतालाई सचेत गराउन आन्दोलनमा जाने बाटो तय गरेको उपाध्यक्ष सापकोटाको भनाई थियो ।

उहाँले भन्नु भयो, ‘अब विस्तारै आन्दोलनको तयारी गर्नु पर्छ । जनतालाई नै जागृत गरेर जनताको दबाब सुष्टि नगरी अहिले हुनेवाला छैन । किनभने संसदमा हाम्रो संख्या पनि कम छ भनेर हामीले अव आन्दोलनको तयारी गर्नुपर्छ भन्ने समझदारी बनाएका छौ । र, म अहिले तपाईहरुलाई आन्दोलनको तयारीतिर त्यसको मानसिकता बनाउनका लागि म आग्रह गर्न चाहन्छु ।

अहिलेको दुई दलीय सरकार राज्य सत्ता कब्जा गर्नेतिर अगाडि बढेको छ । त्यसमा पनि कसले बाजी मार्छ । त्यसमा पनि उनीहरुको बीचमा भयानक ठूलो अन्तर्विरोध छ काँग्रेस–एमालेको बीचमा पनि । तर फेरी पनि कुरा के हो भने राज्य अधिनायकवादतिर, तानाशाहीकरणतिर, निरंकुशतातिर गईरहेको छ । अझ म त के भन्छु भने अहिले सरकार त भनिएको छ । तर शक्ति राष्ट्र भनिएकाहरुमा चाँही सरकार छैन त्यहाँ एउटा गुण्डा दल छ । गुण्डा दलले त्यहाँ मनलाग्दी गरिरहेको छ ।’

उपाध्यक्ष सापकोटाले सत्तारुढ काँग्रेस–एमालेबीच पनि भयानक ठूलो अन्तर्विरोध रहेको जिकिर गर्नुभयो ।




भर्खरै