२५ जेष्ठ २०८३, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

विद्या भण्डारीको सदस्यता रोक्न मिल्दैनः उपाध्यक्ष पाण्डे



अ+ अ-

काठमाडौँ । नेकपा (एमाले)का उपाध्यक्ष सुरेन्द्र पाण्डेले कोही व्यक्तिलाई पार्टीमा काम गर्नको लागि संविधानले निषेध नगरेको बताएका छन् ।

सेन्टर फर पब्लिक पोलिसि रिसर्चद्वारा राजधानीमा आयोजित ‘एमालेमा आन्तरिक लोकतन्त्र’ विषयक अन्तरसंवादमा यस्तो प्रतिक्रिया दिएका हुन् ।

पूर्वराष्ट्रपति विद्या भण्डारीबारे आफूहरूको फरक मत अपानीमा समावेश नभएपछि पार्टीको छलफलको विषय बनाउन माग गरेर निवेदन दिएको जनाउँदै उपाध्यष पाण्डेले विधान महाधिवेशनमा यो विषय छलफलमा लैजाने बताए ।

उनले भने, ‘विधान महाधिवेशनमा आउने प्रस्तावहरूमा पनि विमतिलाई समेटेर नगए फरक मत लेख्ने कुरा गरेका छौँ, राख्छौँ । कोही व्यक्तिलाई पार्टीमा काम गर्नको लागि संविधानले निषेध गरेको छैन ।’

यस्तै, कोही व्यक्ति पार्टी सदस्य हुँदैमा अध्यक्ष नहुने, सदस्य हुन कसैलाई रोक्न नमिल्ने उनको भनाई छ । विधान महाधिवेशनमा यसबारे कुरा उठ्ने पनि उनले बताए ।

आफूहरूले पार्टीमा चलाएको बहसलाई पार्टी फुटाउन हल्ला चलाइएको भन्दै यसले विभाजित नहुने पनि प्रस्ट पारे ।

पार्टीमा स्थापित मूल्य र मान्यताभित्र बसेर यो बहसलाई निष्कर्षमा पुर्‍याइने उनले बताए । केन्द्रीय कमिटी बैठकमा आफूले फरक मत राखेको र उक्त विषय आगामी विधान महाधिवेशनमा पनि राख्ने उनले प्रस्ट पारे ।