१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar राष्ट्रिय महिला क्रिकेटर उपाध्याय खेल सामग्रीसहित सम्मानित News Polar ‘बागमती प्रदेश सरकारको मुख्य प्राथमिकता भोटेकोशी क्षेत्र पुनःस्थापना’ News Polar चाडपर्व लक्षित विशेष अभियान सञ्चालन गर्दै ट्राफिक प्रहरी News Polar पछिल्लो २४ घण्टामा दुई सय ७२ विपद्का घटना, २१ जनाको मृत्यु News Polar एसियाड टेनिस : शिभाली–स्वस्तिका जोडी पहिलो चरणमै पराजित News Polar पूर्वप्रधानन्यायाधीश जबरालाई मध्यरातमा नियन्त्रणमा लिएको भन्दै सांसद मल्लको आपत्ति News Polar व्यक्तिगत इगोका लागि राज्यसत्ताको दुरुपयोग भइरहेको छ : ज्ञानबहादुर शाही News Polar थेबेको आरोप– ‘राज्यकै नाममा गुण्डागर्दी भयो, सरकार अराजकता निम्त्याउँदैछ’ News Polar ६ महिनाको सुत्केरी बिदालाई कर्मचारी सुविधाका रूपमा मात्र हेर्न नहुने : मन्त्री मेहता News Polar बाढीपहिरोले २७ जलविद्युत आयोजना प्रभावित, करिब १ हजार मेगावाट उत्पादन प्रणालीबाट बाहिर News Polar काठमाडौं उपत्यकाबाहिर केन्द्रिय वधशाला बनाउन माग News Polar पशु वधशाला नभएका क्षेत्रमा तोकिएको स्थान र समयमा मात्र पशु वध गर्नुपर्ने News Polar सुक्खायाममा १ हजार १५४ मेगावाट विद्युत् भारतबाट आयात गर्ने प्राधिकरणको योजना News Polar वर्षा र बाढीपहिरोको कारण प्रभावित भएको विद्युत आपूर्ति मंगलवारसम्म देशभर सुचारु हुने News Polar मंसिर १ देखि काठमाडौं उपत्यकामा पशु वधशाला तथा मासु जाँच ऐन लागू गरिने News Polar मस्र्याङ्दीमा तत्काल ठूलो बाढीको जोखिम छैन News Polar हिमलुङ हिमपहिरोमा परी गोरखाका दुई जना बेपत्ता News Polar टिमुरेको टेलिफोन टावरमा सोलार प्रणाली जडान, डिजेल ढुवानीको बाध्यता हट्यो News Polar साढे तीन महिनापछि सुकेटारमा हवाई उडान News Polar राष्ट्रिय समावेशी आयोगको वार्षिक प्रतिवेदन राष्ट्रपति पौडेलसमक्ष

एनएफपिजे नेपालद्वारा ‘फोटो पत्रकारका लागि कृत्रिम बौद्धिकता सीप’ कार्यशाला सम्पन्न

एनएफपिजे नेपालद्वारा ‘फोटो पत्रकारका लागि कृत्रिम बौद्धिकता सीप’ कार्यशाला सम्पन्न
अ अ+ अ-

काठमाडौं ।  राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) नेपालद्वारा आयोजित ‘फोटो पत्रकारका लागि कृत्रिम बौद्धिकता सीप : व्यावसायिक क्षमता अभिवृद्धि’ विषयक दुईदिने कार्यशाला सम्पन्न भएको छ।

कार्यशालामा एआई विज्ञ अजय शर्माले प्रशिक्षकका रूपमा सहजीकरण गर्दै फोटो पत्रकारितामा कृत्रिम बौद्धिकताको प्रभावकारी प्रयोग, अन्तर्राष्ट्रिय मापदण्डअनुसार समाचार तस्बिरको विवरण (क्याप्सन) लेखन, समाचार भिडियो निर्माण, गुणस्तरीय ध्वनि अभिलेखन, मोबाइल पत्रकारिता, कृत्रिम बौद्धिकतामार्फत तस्बिर तथा भिडियो सम्पादन, तथ्य प्रमाणीकरण, कृत्रिम बौद्धिकताको नैतिक प्रयोग तथा डिजिटल पत्रकारिताको भविष्यलगायत विषयमा सैद्धान्तिक तथा प्रयोगात्मक प्रशिक्षण दिनुभयो।

सहभागीहरूले वास्तविक समाचार सामग्रीमा आधारित अभ्यासमार्फत व्यावसायिक तस्बिर विवरण लेखन, भिडियो समाचार निर्माण, ध्वनि अभिलेखन तथा कृत्रिम बौद्धिकता उपकरणको सुरक्षित र जिम्मेवार प्रयोगसम्बन्धी व्यावहारिक सीप हासिल गरेका थिए। समाचार कक्षमा कृत्रिम बौद्धिकताको प्रभावकारी उपयोग, उत्पादकत्व अभिवृद्धि तथा सम्पादकीय मापदण्ड कायम राख्ने उपायबारे पनि प्रशिक्षण प्रदान गरिएको थियो।

कार्यक्रमको समापन समारोहका प्रमुख अतिथि बागमती प्रदेशका पूर्वमन्त्री तथा प्रदेशसभा सदस्य रामकृष्ण महर्जनले सहभागीलाई प्रमाणपत्र तथा प्रशिक्षकलाई प्रशंसापत्र प्रदान गर्नुभयो। उहाँले कृत्रिम बौद्धिकता सबै क्षेत्रका लागि अपरिहार्य बन्दै गएको उल्लेख गर्दै यसको सही प्रयोगले कार्यलाई छिटो, सहज र प्रभावकारी बनाउने भए पनि दुरुपयोगले गम्भीर चुनौती सिर्जना गर्न सक्ने भएकाले जिम्मेवारीपूर्वक प्रयोग गर्नुपर्नेमा जोड दिनुभयो।

राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) नेपालका पूर्वअध्यक्ष राजभाइ सुवालले आधुनिक फोटो पत्रकारितामा कृत्रिम बौद्धिकतासम्बन्धी ज्ञान अत्यावश्यक भइसकेको उल्लेख गर्दै समयअनुकूल प्रविधि आत्मसात् नगर्ने पत्रकार भविष्यमा प्रतिस्पर्धामा पछि पर्न सक्ने धारणा व्यक्त गर्नुभयो।

समारोहमा स्वस्तिश्री गुरुकुल आईबी वर्ल्ड स्कुलका प्रवन्ध निर्देशक मिना महर्जन तथा प्राचार्य नेहा केसी विशिष्ट अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो।

कार्यक्रमको अध्यक्षता गर्नुभएका एनएफपिजे नेपालका अध्यक्ष प्रदीपराज वन्तले सञ्चार प्रविधिको तीव्र विकाससँगै फोटो पत्रकारलाई कृत्रिम बौद्धिकतामैत्री सीप प्रदान गरी व्यावसायिक दक्षता अभिवृद्धि गर्ने उद्देश्यले कार्यशालाको आयोजना गरिएको बताउनुभयो। यस्ता तालिमले फोटो पत्रकारको ज्ञान, सीप, आत्मविश्वास तथा व्यावसायिक क्षमता अभिवृद्धि गर्दै डिजिटल पत्रकारितामा सक्षम र प्रतिस्पर्धी बन्न सहयोग पुग्ने विश्वास उहाँले व्यक्त गर्नुभयो।

अध्यक्ष वन्तले कार्यशालाको सफल आयोजनामा सहयोग पुर्‍याएको स्वस्तिश्री गुरुकुल आईबी वर्ल्ड स्कुलप्रति धन्यवाद ज्ञापन गर्दै आगामी दिनमा पनि समयसापेक्ष तथा प्रविधिमैत्री तालिम निरन्तर सञ्चालन गरिने जानकारी दिनुभयो।

एनएफपिजे नेपालका सदस्य फोटो पत्रकारहरूको सक्रिय सहभागितामा सम्पन्न कार्यशालाले कृत्रिम बौद्धिकताको जिम्मेवार, नैतिक तथा प्रभावकारी प्रयोगमार्फत अन्तर्राष्ट्रिय स्तरको फोटो पत्रकारिता अभ्यासलाई प्रवर्द्धन गर्न महत्वपूर्ण योगदान पुग्ने विश्वास आयोजकले व्यक्त गरेको छ।

साउन ९ र १० गते काठमाडौंको सानोभर्याङस्थित स्वस्तिश्री गुरुकुल आईबी वर्ल्ड स्कुलमा सञ्चालन गरिएको कार्यशालाको प्रायोजन विद्यालयले गरेको हो।