२२ भाद्र २०८३, सोमबार
,
Latest
दिप्रुङ चुइचुम्माले थाल्यो आफ्नै प्रशासनिक कार्यालय भवनबाट सेवा प्रवाह नुवाकोटमा हराइरहेका व्यक्तिको खोज तथा उद्धारमा तीव्रता आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर प्रधानमन्त्री राहत कोषमा सहयोग रकम सङ्कलन हुँदै बेदकोटमा झोलुङ्गे पुल खस्दा पक्की पुल जोखिममा भोटेकोशी बाढीः वीर अस्पतालमा उपचाररत १७ जना डिस्चार्ज भोटेकोशी बाढीः त्रिशूली-१ मा थर्मल क्यामेराको सहयोगमा खोजी जारी त्रिशूलीमा बाढी आउँदा सुरक्षाकर्मीले यसरी जोगाए ९२३ कैदीबन्दी बाढी प्रभावित क्षेत्रमा खटिने सुरक्षाकर्मीलाई प्रधानमन्त्रीको सन्देशः तपाईंहरुको यो योगदानको उच्च कदर हुनेछ पहिरोले ३२ खम्बा ढलेपछि बाजुरामा विद्युत् आपूर्ति बन्द
तपाईं के खोज्दै हुनुहुन्छ ?

कञ्चनपुरमा भारत सरकारको सहयोगमा विद्यालय भवन



अ+ अ-

काठमाडौं । भारत सरकारको सहयोगमा कञ्चनपुरको भीमदत्त नगरपालिका–१० स्थित श्री महेश्वर माध्यमिक विद्यालयको भवन निर्माण हुने भएको छ ।

उक्त भवनको आज नेपालस्थित भारतीय राजदूतावासका प्रथम सचिव बशिष्ट नन्दन र भीमदत्त नगरपालिकाका उपप्रमुख नीलम लेखक जोशीले संयुक्त रुपमा शिलान्यास गर्नुभयो ।

दूतावासले सञ्चालन गरेको उच्च प्रभाव सामुदायिक विकास परियोजनाअन्तर्गत निर्माण हुने उक्त भवन कञ्चनपुरको भीमदत्त नगरपालिकामार्फत कार्यान्वयन हुनेछ । परियोजनामार्फत कञ्चनपुरमा सञ्चालन भइरहेको यो ११औँ उच्च प्रभाव सामुदायिक विकास परियोजना हो ।

भवन निर्माणमा रु एक करोड नौ लाख खर्च हुनेछ । भीमदत्त नगरपालिकाका उपप्रमुख नीलम लेखक जोशीले भारत सरकारद्वारा प्रदान गर्दै आएको सहयोगको प्रशंसा गर्नुभयो । उहाँले नयाँ पूर्वाधारले भीमदत्त नगरपालिकाका विद्यार्थी र शिक्षकहरुका लागि सिकाइको वातावरण बढाउन मद्दत गर्ने विश्वास व्यक्त गर्नुभयो ।