१ पुष २०८२, मंगलवार
,
Latest
बाघ संरक्षणमा नेपालले प्राप्त गरेको उपलब्धि उदाहरणीय छः मन्त्री चौलागाईं सरकार र नागरिक बचाउ महाअभियानबीचको वार्ता सकारात्मक पुस दोस्रो साता राष्ट्रियसभाको बैठक बस्छः अध्यक्ष दाहाल युक्रेनमा क्षतिपूर्तिको निर्णयका लागि नयाँ समिति गठन बुधवारदेखि कार्यक्रम ‘कठघरा’ प्रसारण हुने: प्रश्न, जवाफ र उत्तरदायित्वको मञ्चको रुपमा विकास गरिने नेपालले चिकित्सकीय क्षमतालाई प्रदर्शन गरी महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्छः प्रधानमन्त्री अफगानिस्तानमा जबर्जस्ती निर्वासन रोक्न आममाफीको आग्रह नेपालगन्जमा शेयर साक्षरता कार्यक्रम निर्वाचनसम्बन्धी ७० प्रतिशत काम सम्पन्न भइसक्योः आयोग वैदेशिक रोजगारबाट फर्कने महिलाहरूमा मानसिक र सामाजिक समस्या बढ्दो
तपाईं के खोज्दै हुनुहुन्छ ?

विद्या भण्डारीको सदस्यता रोक्न मिल्दैनः उपाध्यक्ष पाण्डे



अ+ अ-

काठमाडौँ । नेकपा (एमाले)का उपाध्यक्ष सुरेन्द्र पाण्डेले कोही व्यक्तिलाई पार्टीमा काम गर्नको लागि संविधानले निषेध नगरेको बताएका छन् ।

सेन्टर फर पब्लिक पोलिसि रिसर्चद्वारा राजधानीमा आयोजित ‘एमालेमा आन्तरिक लोकतन्त्र’ विषयक अन्तरसंवादमा यस्तो प्रतिक्रिया दिएका हुन् ।

पूर्वराष्ट्रपति विद्या भण्डारीबारे आफूहरूको फरक मत अपानीमा समावेश नभएपछि पार्टीको छलफलको विषय बनाउन माग गरेर निवेदन दिएको जनाउँदै उपाध्यष पाण्डेले विधान महाधिवेशनमा यो विषय छलफलमा लैजाने बताए ।

उनले भने, ‘विधान महाधिवेशनमा आउने प्रस्तावहरूमा पनि विमतिलाई समेटेर नगए फरक मत लेख्ने कुरा गरेका छौँ, राख्छौँ । कोही व्यक्तिलाई पार्टीमा काम गर्नको लागि संविधानले निषेध गरेको छैन ।’

यस्तै, कोही व्यक्ति पार्टी सदस्य हुँदैमा अध्यक्ष नहुने, सदस्य हुन कसैलाई रोक्न नमिल्ने उनको भनाई छ । विधान महाधिवेशनमा यसबारे कुरा उठ्ने पनि उनले बताए ।

आफूहरूले पार्टीमा चलाएको बहसलाई पार्टी फुटाउन हल्ला चलाइएको भन्दै यसले विभाजित नहुने पनि प्रस्ट पारे ।

पार्टीमा स्थापित मूल्य र मान्यताभित्र बसेर यो बहसलाई निष्कर्षमा पुर्‍याइने उनले बताए । केन्द्रीय कमिटी बैठकमा आफूले फरक मत राखेको र उक्त विषय आगामी विधान महाधिवेशनमा पनि राख्ने उनले प्रस्ट पारे ।