२२ भाद्र २०८३, सोमबार
,
Latest
‘केनाइन’को प्रयोग गर्दै खोज तथा उद्धारमा सक्रिय नेपाल प्रहरी दिप्रुङ चुइचुम्माले थाल्यो आफ्नै प्रशासनिक कार्यालय भवनबाट सेवा प्रवाह नुवाकोटमा हराइरहेका व्यक्तिको खोज तथा उद्धारमा तीव्रता आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर प्रधानमन्त्री राहत कोषमा सहयोग रकम सङ्कलन हुँदै बेदकोटमा झोलुङ्गे पुल खस्दा पक्की पुल जोखिममा भोटेकोशी बाढीः वीर अस्पतालमा उपचाररत १७ जना डिस्चार्ज भोटेकोशी बाढीः त्रिशूली-१ मा थर्मल क्यामेराको सहयोगमा खोजी जारी त्रिशूलीमा बाढी आउँदा सुरक्षाकर्मीले यसरी जोगाए ९२३ कैदीबन्दी बाढी प्रभावित क्षेत्रमा खटिने सुरक्षाकर्मीलाई प्रधानमन्त्रीको सन्देशः तपाईंहरुको यो योगदानको उच्च कदर हुनेछ
तपाईं के खोज्दै हुनुहुन्छ ?

खोलामा पौडी खेल्ने क्रममा डुबेर एक बालकको मृत्यु



अ+ अ-

काठमाडौं । कैलालीको घोडाघोडी नगरपालिका–१ लोहारपुरमा खोलामा पौडी खेल्ने क्रममा डुबेर एक बालकको मृत्यु भएको छ ।

आज दिउँसो करिब १ः०० बजे स्थानीय डोडा नदीमा नुहाउन गएका चार जना बालकमध्ये नदीमा डुबेका स्थानीय १२ वर्षीय टेकेन्द्र बोहराको उपचारका क्रममा निधन भएको जिल्ला प्रहरी कार्यालय कैलाली प्रहरी निरीक्षक कैलाशसिंह विष्टले जानकारी दिनुभयो ।

बोहराका साथीहरुले घटनाबारे जानकारी गराएपछि निजकी आमा पुष्पा बोहरासहित स्थानीयवासीको सहयोगमा नदीबाट निकालिएका टेकेन्द्रलाई उपचारका लागि घोडाघोडी अस्पताल, सुखड लगिएको थियो ।

बोहराको उपचारकै क्रममा आज अपराह्न मृत्यु भएको प्रहरीले जनाएको छ । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।