२६ श्रावण २०८३, मंगलवार
,
Latest
नेशनल प्याब्सन कास्कीको २०औँ जिल्लास्तरीय हाजिरीजवाफ प्रतियोगिता सम्पन्न, आज घण्टाकर्ण पर्व मनाइँदै स्रोत नखुलेको ५२ लाख ५० हजार रुपैयाँसहित चार जना पक्राउ मागभन्दा बढी आयात हुँदा पनि बजारमा ग्यासको कृत्रिम अभाव, सञ्चय नगर्न व्यवसायीको आग्रह बजेट पेश गर्न नसकेका ४ नगरपालिकामा सहजीकरण गर्दै मन्त्रालय, सहसचिव नेतृत्वको टोली आज फिल्डमा जाँदै वरिष्ठ साहित्यकार डा. राजेन्द्रप्रसाद विमलको निधन फिलिपिन्सको पहिरोमा परी चार जनाको मृत्यु, ६ जना बेपत्ता होर्मुज जलडमरूमध्य भएर आवतजावत गर्ने जहाजसँग सेवा शुल्क लिनुपर्ने इरानको धारणा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पद्वारा इरानसँग क्षतिपूर्तिको माग बढ्यो अण्डाको मूल्य, कति पुग्याे प्रतिक्रेट ?
तपाईं के खोज्दै हुनुहुन्छ ?

झिलीमिली बन्दै जनकपुरधाम



अ+ अ-

काठमाडौं । केही समयअघिसम्म साँझपर्नासाथ अँध्यारो र सुनसान देखिने जनकपुरधाम उपमहानगर क्षेत्रका सडक अहिले झिलीमिली उज्यालो भएका छन् ।

जनकपुरधाम उपमहानगरपालिकाले ‘उज्यालो जनकपुरधाम’ अभियानअन्तर्गत मुख्य सडक तथा गल्लीका खम्बामा हाइमास्ट र सेन्सरयुक्त सडकबत्ती जडान गरेपछि नगर क्षेत्र उज्यालो बनेको हो । जनकपुरधाम–४ का रोशन कर्णले केही महिनाअघिसम्म साँझ भएपछि सडकमा हिँडडुल गर्न समस्या हुने गरेको बताउनुभयो ।

अहिले भने रातिको समयमा पनि सडक उज्यालो हुने भएकाले आफूहरू सुरक्षित महसुस गरिरहेको उहाँको भनाइ छ । सोही वडाका सहदेव साहका अनुसार पहिले अधिकांश खम्बामा बत्ती थिएनन्, भएका बत्ती पनि धेरैजसो नबल्ने अवस्थामा थिए ।

अहिले सडक उज्यालो भएपछि जुनसुकै समयमा निर्धक्क भएर आवतजावत गर्न सकिने भएको उहाँले बताउनुभयो । साहले विगतमा अँध्यारोका कारण चोरी, लुटपाटजस्ता घटना हुने गरे पनि अहिले त्यस्ता घटनामा कमी आएको दाबी गर्नुभयो । उहाँका अनुसार सडकबत्ती जडान भएपछि नगर क्षेत्रको सौन्दर्यसमेत बढेको छ । स्थानीयका अनुसार उपमहानगरपालिकाले विभिन्न विकास योजना कार्यान्वयन गरेसँगै जनकपुरधामको स्वरूप परिवर्तन हुँदै गएको छ ।

उपमहानगरपालिकाले ‘उज्यालो जनकपुरधाम’ अभियानअन्तर्गत नगरका सडक र गल्लीमा सडकबत्ती जडानलाई तीव्रता दिएको जनाएको छ । नगर प्रमुख मनोज साहले रेल्वे स्टेशनदेखि विमानस्थलसम्म, जानकी मन्दिरदेखि रामानन्द चोकसम्म तथा परिक्रमा मार्गमा ‘हाइमास्ट’ र सेन्सरयुक्त बत्ती जडान गरिएको बताउनुभयो ।

बाँकी क्षेत्रमा पनि जडानको काम जारी रहेको उहाँले जानकारी दिनुभयो । विगतमा फोहर र अव्यवस्थित सहरका रूपमा चिनिने जनकपुरधाम पछिल्लो समय पूर्वाधार विकास र सरसफाइका कार्यक्रमसँगै आकर्षक बन्दै गएको छ ।