४ असार २०८३, बिहीबार
,
Latest
रासायनिक मलमा कालोबजारी नियन्त्रण गर्न पहल स्वास्थ्य बिमाको पुनःसंरचनाका लागि तयारी सुरु गण्डकी प्रदेशसभाः बजेटमाथि छलफल सुरु फोटोपत्रकार वन्त ‘कर्पोरेट फोटोग्राफी एक्सीलेन्स अवार्ड’बाट सम्मानित संविधान संशोधन बहसपत्र तयारी कार्यदलद्वारा पूर्वप्रधानमन्त्री डा भट्टराईसँग छलफल सार्वजनिक ऋण परिचालन गर्नुको विकल्प छैनः अर्थमन्त्री डा वाग्ले नेपाली चिया निर्यातको अवरोध हटाउन पहल गर्न परराष्ट्रमन्त्रीलाई महासंघको आग्रह मौरीपालक किसानलाई प्रविधिका सामग्री वितरण प्रधानमन्त्रीको जवाफ अर्थमन्त्रीमार्फत: एमालेको प्रश्न-औपचारिक जिम्मेवारी हस्तान्तरण भयो? सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिप जारीः तेस्रो दिन सुवास शिर्ष स्थानमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाली कांग्रेसको १६ जिल्लाको अधिवेशन सर्यो, माघ १५ मा हुने



अ+ अ-

काठमाडौं । नेपाली कांग्रेसको १६ जिल्लाको अधिवेशन पुनः सरेको छ । कांग्रेस केन्द्री निर्वाचन समितिका सचिव केशव रिजालद्वारा जारी विज्ञप्ति अनुसार माघ १२ गते हुन लागेको राष्ट्रियसभा निर्वाचनलाई मध्यनजर गरी जिल्ला निर्वाचन माघ १५ गतेलाई सारिएको हो ।

१६ जिल्लाको अधिवेशन तथा कार्यसमिति निर्वाचन पुस २७ गते गर्ने भनिए पनि आज बसेको केन्द्री निर्वाचन समिति बैठकले माघ १५ गते गर्ने निर्णय गरेको हो ।

सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, सिन्धुली, मकवानपुर, सिन्धुपाल्चोक, चितवन, बाँके, कैलाली, अछाम र नवलपुरका जिल्ला अधिवेशन हुन बाँकी छ ।

जारी विज्ञप्ति: