३१ श्रावण २०८३, आईतवार
,
Latest
विश्व बैंकको सहयोगमा पोखरामा दुई सडक निर्माण, एक निर्माणाधीन राष्ट्रिय ब्याडमिन्टनमा क्षितिज र प्रिन्सबीच फेरि भेट मन्त्री लम्साललाई हेलिकप्टरमार्फत धनगढी लगियो नेपाल ‘ए’ क्रिकेट टोली अष्ट्रेलियातर्फ  बस्ती पसेको बाघ नियन्त्रणमा सुदूरपश्चिममा वर्षाको सम्भावनाः सतर्कता अपनाउन आग्रह जनकपुरधामको फोहोर व्यवस्थापनमा बर्सेनि करोडौं खर्च, अहिलेसम्म छैन ल्यान्डफिल साइट गुल्मीमा दुई महिनादेखि हवाई सेवा प्रभावित मानवीय सहायताका लागि सात सयभन्दा बढी ट्रक पाकिस्तान हुँदै अफगानिस्तान भित्रिए ‘बङ्गलादेशः हसिना फिर्ता नभएसम्म प्रधानमन्त्री रहमान भारत भ्रमण नगर्ने ‘
तपाईं के खोज्दै हुनुहुन्छ ?

म्यान्चेस्टर युनाइटेडको संघर्षपूर्ण जित, चेल्सीले फुलहमलाई हरायो



अ+ अ-

काठमाडौँ । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत म्यान्चेस्टर युनाइटेड विजयी भएको छ ।

गएराति भएको खेलमा युनाइटेडले बर्नलेविरुद्ध ३–२ को संघर्षपूर्ण जित निकालेको हो । घरेलु मैदान वल्र्ड ट्राफोर्डमा खेलको २७ औं मिनेटमा युनाइटेडले अग्रता लियो । बर्नलेका जोश कुलेनले आत्मघाती गोल गरेपछि युनाइटेडले अग्रता बनाएको हो ।

५५ औं मिनेटमा लिल फोस्टरले गोल गर्दै बर्नलेलाई बराबरीमा ल्याए । त्यसको दुई मिनेटमा नै युनाइटेडले पुनः अग्रता लियो । ब्रायन एम्बेउमोले गोल गर्दै युनाइटेडलाई २–१ ले अघि बढाए । यता, ६६ औं मिनेटमा जेडोन एन्थोनीले गोल गर्दै बर्नलेलाई २–२ को स्थितीमा ल्याए ।

खेल बराबरीमै सकिने अवस्थामा थियो । तर, अन्तिम समयमा युनाइटेडले पेनाल्टी पायो । ब्रुनो फर्नान्डेजले त्यसको सदुपयोग गर्दै युनाइटेडलाई जित दिलाए ।

शनिबार नै भएको अर्को खेलमा चेल्सीले फुलहमलाई २–० गोलले हरायो । घरेलु मैदान स्टामफोर्ड ब्रिजमा टोलिलाई जित दिलाउन खेलको पहिलो हाफको इन्जुरी समयमा जोआओ पेड्रोेले तथा ५६ औं मिनेटमा एन्जो फर्नान्डेजले (पेनाल्टी) गोल गरे ।

जितसँगै चेल्सीले तीन खेलबाट ७ अंक जोड्दै अंकतालिकाको शीर्षस्थानमा पुगेको छ । फुलहम २ अंकका साथ १६ औं स्थानमा छ ।